२३ आश्विन २०८३, शुक्रबार | October 10, 2026

खड्गप्रसाद गौचन मेमोरियल क्रिकेट : धनगढी फाइनलमा



भैरहवा । पूर्व राष्ट्रिय क्रिकेटर शक्तिप्रसाद गौचनको स्टार क्रिकेट एकेडेमी, पड्सरीको आयोजनामा भैरहवामा जारी तेस्रो खड्गप्रसाद गौचन मेमोरियल अन्डर–१६ राष्ट्रिय क्रिकेट प्रतियोगितामा बुधबार भएको सेमिफाइनलमा धनगढी क्रिकेट एकेडेमीले ओसिस क्रिकेट एकेडेमीलाई ९७ रनले पराजित गर्दै फाइनल प्रवेश गरेको छ ।

सिद्धार्थ रंगशालामा टस जितेर ब्याटिङ गरेको धनगढीले निर्धारित ३५ ओभरमा ३२.१ ओभर खेल्दै सबै विकेट गुमाई १८२ रन बनायो । उसका लागि नरेन भट्टले सर्वाधिक ८६ र पुष्पराज उपाध्यायले ४३ रन बनाए । बलिङमा ओसिसका भार्गव खनालले ३ र निश्चल श्रेष्ठले २ विकेट लिए ।

जवाफी व्याटिङ गरेको ओसिस ३२.२ ओभरमा अलआउट हुँदै ८५ रनमै समेटियो । उसका लागि बबिन बोहराले १५ र रोहित शर्माले १३ रन बनाए । बलिङमा धनगढीका रजत राना र खगेन्द्र कुँवरले समान २÷२ तथा निरज ऐरले १ विकेट लिए । खेलमा नरेन भट्ट म्यान अफ द म्याच घोषित भए ।

प्रतियोगितामा विजेता टिमले २० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछ । यस्तै, उपविजेताले १० हजार र ट्रफी प्राप्त गर्ने छ भने बेष्ट ब्याट्सम्यान, बलर, उत्कृष्ट खेलाडीलाई पनि पुरस्कृत गरिने छ ।

प्रकाशित मिति : २१ माघ २०७७, बुधबार  ८ : १५ बजे

राष्ट्रपतिबाट विपद्सम्बन्धी अध्यादेश जारी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले ‘विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन

यात्रुवाहक बसको ठक्करबाट प्रदेश कृषि मन्त्रालयका वरिष्ठ लेखा अधिकृतको मृत्यु

दाङ । लमहीमा यात्रु बसको ठक्करबाट एक जनाको मृत्यु भएको

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

बाँकेमा डेङ्गुको सङ्क्रमण देखिन थाल्यो

नेपालगन्ज । जिल्लामा डेङ्गको सङ्क्रमण देखिन थालेको छ । स्वास्थ्य

सशस्त्रका एआइजी दाहाललाई सेवाबाट हटाइयो

काठमाडौँ । सरकारले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज दाहाललाई सेवाबाट