४ पुस २०८२, शुक्रबार | December 20, 2025

मौसम : देशभर आंशिकदेखि सामान्य बदली, धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षा, उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात



काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै रहेको छ । हाल सुदूरपश्चिम, कर्णाली प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको मौसममा सामान्य बदली भएको छ ।

त्यस्तै बागमती प्रदेशको मौसममा आंशिक बदली रहेको छ । आज काठमाडौंको न्युनतम तापक्रम ५ डिग्री सेल्सियस रहेको छ भने अधिकतम तापक्रम १८ डिग्री सेल्सियस पुग्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज दिउँसो देशभरको मौसममा आंशिकदेखि सामान्य बदली हुने सम्भावना छ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश, र लुम्बिनी प्रदेशका धेरैजसो स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना देखिएको छ ।

त्यसैगरी प्रदेश न १ र बागमती प्रदेशका केही स्थानहरुमा पनि हल्कादेखि मध्यम बर्षा हुने संभाबना छ । देशका उच्च पहाडी र हिमाली भू-भागका धेरैजसो स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना समेत रहेको विभागले जनाएको छ ।

आज राती देशभरको मौसममा आंशिकदेखि सामान्य बदली रहने सम्भावना छ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र वाग्मती प्रदेशका पहाडी भू-भागका धेरैजसो स्थानहरुमा हल्का वर्षा हुने सम्भावना देखिएको छ ।

त्यस्तै प्रदेश न १ का केही स्थानहरुमा पनि हल्का वर्षाको संभावना रहेको छ । देशका उच्च पहाडी र हिमाली भू-भागका धेरैजसो स्थानमा हल्का हिमपातको सम्भावना पनि रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

प्रकाशित मिति : २३ माघ २०७७, शुक्रबार  ७ : ०५ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको