३ भदौ २०८३, बुधबार | August 19, 2026

खड्गप्रसाद गौचन मेमोरियल क्रिकेट : होराइजनलाई उपाधि



भैरहवा । सुपर ओभरमा धनगढी क्रिकेट एकेडेमीलाई ८ रनले पराजित गर्दै न्यू होराइजन क्रिकेट एकेडेमीले भैरहवामा सम्पन्न तेस्रो खड्गप्रसाद गौचन मेमोरियल अन्डर–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । जितसँगै उसले २० हजार रुपैयाँ नगद र ट्रफी प्राप्त गर्यो । उपविजेता धनगढीले १० हजार रुपैयाँ र ट्रफीमै चित्त बुझायो ।

प्रतियोगितामा म्यान अफ द सिरिज र बेष्ट ब्याट्सम्यान धनगढीका कप्तान नरेन भट्ट घोषित भए भने धनगढीकै रजत राना उत्कृष्ट बलर भई पुरस्कृत भए ।

सिद्धार्थ रंगशालामा आज भएको फाइनलमा टस जितेर ब्याटिङ गरेको धनगढीले निर्धारित ३५ ओभरमा ७ विकेट क्षतिमा १४८ रन बनायो । उसका लागि पुष्पराज उपाध्यायले ३९, सचिन साउदले ३३ र खगेन्द्र कुँवरले २७ रन बनाए । बलिङमा होराइजनका सुमित पराजुलीले ३, अनिल थापाले २ र समिर खाँनले १ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको होराइजनले ३४ ओभर ४ बलमा सबै विकेट गुमाई १४८ नै बनायो । उसका लागि राहुल भण्डारीले २९, सुमित पराजुलीले १८ र सचिन थापाले १० रन बनाए । बलिङमा धनगढीका संदीप विष्ट र रजत रानाले समान ३÷३ विकेट लिए । सुपर ओभरमा होराइजनले १ विकेटको क्षतिमा १२ रन बनाएको थियो । धनगढीले भने १ विकेट क्षतिमा ४ रन मात्रै बनाउन सक्यो । होराइजनका सुमित पराजुली म्यान अफ द फाइनल भई पुरस्कृत भए ।

विजेतालाई प्रदेश सभा सदस्य सन्तोषकुमार पाण्डेय, रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्तविक्रक मल्ल र रामकुमारी गौचनलगायतले पुरस्कार प्रदान गरे । पूर्वराष्ट्रि क्रिकेटर शक्तिप्रसाद गौचनको स्टार क्रिकेट एकेडेमीको आयोजनामा प्रतियोगिता भएको थियो ।

प्रकाशित मिति : २३ माघ २०७७, शुक्रबार  ८ : ४४ बजे

प्रधानमन्त्रीद्वारा मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग मन्त्रीहरूले चालु आर्थिक वर्षमा गरिने

रास्वपा सांसदहरूले कुटाई खाने दिन आउन लागेको अमरेशकुमारको दाबी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमरेशकुमार सिंहले पार्टीका सांसदहरूले

लोकतन्त्र संकटमा छ, अहिले वालेन्द्रतन्त्र स्थापित भएको छ : रामबहादुर थापा

काठमाडौं । नेकपा (एमाले) संसदीय दलका नेता रामबहादुर थापाले प्रधानमन्त्री

प्रेस काउन्सिलका चार सदस्यको शपथ

काठमाडौँ । प्रेस काउन्सिल नेपालका नवनियुक्त चार सदस्यले आज कार्यभार

झिनो अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज