४ पुस २०८२, शुक्रबार | December 20, 2025

आजको मौसम : केही स्थानमा हल्का वर्षा, उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का हिमपात



काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै रहेको छ । हाल देशभरको मौसममा आंशिकदेखी सामान्य बदली रहेको छ ।

आज काठमाडौंको न्युनतम तापक्रम ८ डिग्री सेल्सियस रहेको छ भने अधिकतम तापक्रम १५ डिग्री सेल्सियस रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशको मौसममा आंशिक बदली रहने सम्भावना देखिएको छ । त्यस्तै बाँकी प्रदेशको मौसममा आंशिकदेखि सामान्य बदली रहने सम्भावना छ ।

प्रदेश १ का धेरैजसो स्थानहरु र प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ । देशका उच्च पहाडी र हिमाली भू-भागका केही स्थानमा हल्का देखि मध्यम हिमपातको सम्भावना पनि रहेको विभागले जनाएको छ ।

त्यसैगरी आज राती प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशको मौसममा आंशिकदेखि सामान्य बदली रहने सम्भावना देखिएको छ ।

देशका बाँकी स्थानहरुको मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका केही स्थानहरुका साथै गण्डकी प्रदेशका एक, दुई स्थानहरूमा हल्का वर्षाको संभावना रहेको छ ।

त्यस्तै प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना पनि रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

प्रकाशित मिति : २४ माघ २०७७, शनिबार  ६ : ४३ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको