५ चैत्र २०८२, बिहिबार | March 19, 2026

श्रीमती हत्याको अभियोगमा श्रीमान पक्राउ



कास्की । आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्वतको जलजला गाउँपालिका-७ घर भई हाल पोखरा महानगरपालिका-३३ बस्दै आएका ५० वर्षीय गमबहादुर पुन रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले उनलाई श्रीमती हत्याको अभियोगमा पक्राउ गरेको हो । पुनले ४२ वर्षीया श्रीमती हरिमायाको बन्चरो प्रहार गरी हत्या गरेको अनुशन्धानबाट खुलेको छ ।

हरिमाया शुक्रबार आफ्नै सुत्ने कोठामा मृत अवस्थामा फेला परेकी थिइन् । घटनाको अनुसन्धान गर्ने क्रममा गमबहादुरलाई शुक्रबार पोखरा महानगरपालिका-३३, लामगादीबाट पक्राउ गरेको प्रहरी जनाएको छ ।

खाना नबनाएको विषयमा एकापसमा झगडा हुँदा गमबहादुरले श्रीमतीलाई बन्चरो प्रहार गरी हत्या गरेको अनुसन्धानको क्रममा खुल्न आएको कास्की प्रहरीले जनाएको छ ।

उनीउपर कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले शनिबार जानकारी दिएको छ ।

प्रकाशित मिति : २५ माघ २०७७, आइतबार  ७ : ०७ बजे

मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु

काठमाडौं । गृह मन्त्रालय प्रवेश गर्दै गर्दा सिँढी नजिकैको भित्तामा

‘लालीबजार’ मा फरक भूमिकामा छु : अभिनेत्री खड्का

काठमाडौं । अभिनेत्री स्वस्तिमा खड्काले सामाजिक विषयवस्तुमा आधारित रहेर तयार

समानुपातिक सांसदलाई आज प्रमाणपत्र प्रदान गरिंदै

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ निर्वाचित ११० सांसदलाई आज

पौवादुङमा हावाहुरी पीडितलाई प्रतिपरिवार रु २० हजार राहत उपलब्ध गराइने

भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकाले हावाहुरीका कारण क्षति बेहोरेका परिवारलाई

बाख्रापालनमा निर्भर धारापानीका बासिन्दा

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-८, चुरे फेदीस्थित धारापानी बस्तीका अधिकांश