४ पुस २०८२, शुक्रबार | December 20, 2025

श्रीमती हत्याको अभियोगमा श्रीमान पक्राउ



कास्की । आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्वतको जलजला गाउँपालिका-७ घर भई हाल पोखरा महानगरपालिका-३३ बस्दै आएका ५० वर्षीय गमबहादुर पुन रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले उनलाई श्रीमती हत्याको अभियोगमा पक्राउ गरेको हो । पुनले ४२ वर्षीया श्रीमती हरिमायाको बन्चरो प्रहार गरी हत्या गरेको अनुशन्धानबाट खुलेको छ ।

हरिमाया शुक्रबार आफ्नै सुत्ने कोठामा मृत अवस्थामा फेला परेकी थिइन् । घटनाको अनुसन्धान गर्ने क्रममा गमबहादुरलाई शुक्रबार पोखरा महानगरपालिका-३३, लामगादीबाट पक्राउ गरेको प्रहरी जनाएको छ ।

खाना नबनाएको विषयमा एकापसमा झगडा हुँदा गमबहादुरले श्रीमतीलाई बन्चरो प्रहार गरी हत्या गरेको अनुसन्धानको क्रममा खुल्न आएको कास्की प्रहरीले जनाएको छ ।

उनीउपर कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले शनिबार जानकारी दिएको छ ।

प्रकाशित मिति : २५ माघ २०७७, आइतबार  ७ : ०७ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको