१५ चैत्र २०८०, बिहिबार | March 28, 2024

नेकपाको प्रचण्ड-नेपाल पक्ष लोकतान्त्रिक आन्दोलनका लागि अन्तराष्ट्रिय समर्थन जुटाउँदै



काठमाडौं । नेकपाको प्रचण्ड-नेपाल पक्षले प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनसँगै लोकतन्त्रको पक्षधर अन्तराष्ट्रिय समूदायको समर्थन जुटाउन थालेको छ । काठमाडौंमा अन्तरराष्ट्रिय सञ्चारमाध्यमका सम्बाददाताहरुलाई आमन्त्रण गरेर प्रचण्ड-नेपाल पक्षका नेताहरुले संसद विघटन संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र र शान्ति प्रक्रियामाथिकै प्रहार भएको बताएका छन् ।

विदेशी सञ्चारकर्मीहरुसंग कुरा गर्दै अध्यक्ष द्वय माधवकुमार नेपाल र प्रचण्डले नेपालमा लोकतन्त्रको हत्या भइरहेको भन्दै यस्तो बेलामा लोकतन्त्रको पक्षमा हुने सबैको समर्थन नेपाललाई आवश्यक रहेको बताएका थिए । पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले लोकतन्त्रको रक्षाका लागि सबैको सहयोग चाहियो भनेर औपचारिक अपील गरेको बताए । ‘लोकतान्त्रबादी राष्ट्रसँग अलग–अलग भेटेर कुरा गरेका छौं । अन्तर्राष्ट्रिय समुदायसँग छिट्टै संयुक्त छलफलसमेत हुनसक्छ ।’ उनले भने ।

चीन, भारत, अमेरिका र युरोपेली युनियनलगायत लोकतन्त्र पक्षधरहरुको समर्थन खोजिएको नेकपाको उच्च श्रोतले जनाएको छ ।

५ पुसमा प्रतिनिधिसभा विघटन भएपछि विभाजित नेकपाको प्रचण्ड–माधव समूह सडक आन्दोलनमा छ । देशका प्रमुख शहरहरुमा विरोधसभाहरु सम्पन्न गरेको नेकपाले भोलि काठमाडौंमा आमसभा गर्दैछ ।

पत्रकारहरुले सोधेको प्रश्नको जवाफ दिँदै प्रचण्ड–नेपाल पक्षका अध्यक्ष प्रचण्डले सर्वोच्च अदालतले संविधानको भावना अनुसार नै फैसला गर्ने विश्वास व्यक्त गरे । उनले संविधानभन्दा बाहिर गएर असंवैधानिक र अलोकतान्त्रिक ढंगले गरिएको निर्णयलाई अदालतले सदर नगर्ने बताए ।

उनले असंवैधानिक र अलोकतान्त्रिक ढंगले संविधान मिचिसकेपछि त्यसको मातहतमा हुने चुनाव पनि असंवैधानिक र अलोकतान्त्रिक नै हुने संवाददताहरुलाई स्पष्ट पारे ।

प्रचण्डले प्रधानमन्त्री निकट मानिसहरुले नै ‘सेटिङ भइसकेको छ, सर्वोच्च र निर्वाचन आयोगले हामीले भनेअनुसार नै निर्णय गर्छ’ भनेर तलसम्म प्रचार गरेपनि त्यस्तो नहुने विश्वास व्यक्त गरे । अदालत र निर्वाचन आयोग संवैधानिक व्यवस्थाअनुसार आफ्नो काम स्वतन्त्र ढंगले गर्छन् भन्ने हाम्रो विश्वास छ ।’उनले भने ।

एक । डेढ वर्षपछि आम निर्वाचन हुने भएकाले आफूहरुले तयारी गरिसकेको भन्दै प्रचण्डले भने, ‘हाम्रो पार्टी निर्वाचनबाट भाग्ने वा निर्वाचन विरोधी हुनै सक्दैन । तर असंवैधानिक र अलोकतान्त्रिक ढंगले जबर्जस्ती निर्वाचन भनियो भने हामीले जे मुद्दा बनाएर सडकमा छौं, त्यतिबेला असंवैधानिक र अलोकतान्त्रिक निर्वाचनबारे गम्भीर रुपमा विचार गर्नैपर्छ ।’

पार्टीका दुबै अध्यक्षले आफूहरुको प्रयास भने नेपालमा लोकतन्त्र र संविधान ट्रयाकमा रहिराखोस् भन्ने नै रहेको बताएका थिए ।

प्रकाशित मिति : २७ माघ २०७७, मंगलबार  ३ : १६ बजे

एमाले रुपन्देहीको दशौं अधिवेशन जेठ १६ र १७ गते, विभिन्न समितिहरु गठन गर्दै तयारी सुरु

बुटवल । नेकपा एमाले रुपन्देहीको दशौं अधिवेशन आगामी जेठ १६

लुम्बिनी प्रादेशिक अस्पतालमा निसन्तान दम्पत्तिका लागि ‘आइयुआई’ सेवा सुरु

बुटवल । प्रसुती सेवालाई बिस्तार गर्दै लगेको लुम्बिनी प्रादेशिक अस्पताल

नेपाली राष्ट्रिय क्रिकेट टिमको बिदाई

काठमाडौं । भारतमा हुने बरोडा र गुजरातसँगको फ्रेन्डसिप सिरिज तथा

रुपन्देही प्रहरीले हराएका १२ थान मोवाईल फेला पारी मोबाइल धनिलाई बुझायो

बुटवल । रुपन्देही प्रहरीले जिल्लाका बिभिन्न स्थानबाट मोबाइल हराएको भन्दै

स्वास्थ्यमन्त्री यादवलाई रास्वपाको २६ बुँदे सुझाव

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को स्वास्थ्य विभागले बिहीबार