२० मंसिर २०८२, शनिबार | December 6, 2025

बलात्कार विरुद्ध बसन्तपुर–सिंहदरबार महिला मार्चपास हुने



काठमाडौं । बृहत नागरिक आन्दोलनले बलात्कार विरुद्ध बसन्तपुर-सिंहदरबार मार्चपास गर्नेभएको छ ।

देशभर भैरहेका एकपछि अर्को बलात्कारका घटनाको विरोधमा ‘सिंहदरबार महिला मार्च पास’ गर्न लागेको आन्दोलनले जनाएको छ ।

मार्चपास माघ ३० गते शुक्रबार दिउँसो २ बजे बसन्तपुरमा भेला भएर सिंहदरबारको मुलगेटसम्म हुने वृहत नागरिक आन्दोलनले जनाएको छ। मार्चपासमा सहभागी हुन आन्दोलनले अपि गरेको छ ।

गत बुधबार बैतडीकी भागरथी भट्टको बलात्कारपछि हत्या भएको छ । तर, अहिलेसम्म पनि अपराधी पक्राउ परेका छैनन् ।

वृहत नागरिक आन्दोलनले मार्चपासमा सहभागी हुन अपिल जारी गर्दै ‘एकपछि अर्को बलात्कारीको सुरक्षा गर्ने र सयौं अपराधीको पहरेदारी गर्ने सत्ता नचाहिने जनाएको छ ।

‘एकपछि अर्को बलात्कारीको सुरक्षा गर्ने, सयौं अपराधीको पहरेदारी गर्ने तिम्रो सत्ता हामीलाई चाहिँदैन। यसलाई अब कसरी र कहिलेसम्म टिकाउँछौं ?’ भन्ने प्रश्न गर्दै बृहत नागरिक आन्दोलनले सडकबाट चुनौती दिने जनाएको छ ।

प्रकाशित मिति : २८ माघ २०७७, बुधबार  १० : ३७ बजे

सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको पहिलो

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय