८ चैत्र २०८२, आइतबार | March 22, 2026

काठमाडौका पत्रकारलाई मुख्यमन्त्री पोखरेलको चुनौती, सभा कस्तो हुन्छ हेर्न १ गते बुटवल आउनु !



बुटवल । । गत माघ ९ गते प्रचण्ड–नेपाल पक्षले काठमाडौमा गरेको विरोधसभा सकिए लगत्तै प्रधानमन्त्री केपी ओलीले चुनौती दिए, ‘आमसभा कस्तो हुन्छ २३ गते देखाउँछौं ।’ २३ गते ओली पक्षले सभाको आयोजना पनि ग¥यो । तर ओलीले भने जस्तै सभामा उपस्थिति नभएको ओलीकै समर्थक एवं ओलीकै सभाको मञ्च बनाउने विनोद श्रेष्ठले टिप्पणी गरे ।

ओली पक्षको सभा सकिए लगत्तै प्रचण्ड–नेपाल पक्षको हुँकार सुरुभयो, उनीहरुले पनि भने जनता हेर्न माघ २८ गते सभामा आउनुहोस् । मंगलबार विरोधसभा सकिएको छ । सभामा कति कार्यकर्ता थिए त्यो बिषयमा उनीहरुले नै दाबी गर्लान् । तर प्रचण्ड–नेपालको सभा नसकिँदै ओलीकै शैलीमा प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले काठमाडौका पत्रकारहरुलाई हुंकार देखाउँदै आफ्नो फेसबुकमा लेखे, ‘सभा कस्तो हुन्छ र उपस्थिति कस्तो हुन्छ हेर्न फागुन १ गते बुटवल आउनुहोस् । बुटवलमा प्रचण्ड–नेपाल पक्षले सभा गरिसकेका छन् भने ओली पक्षले माघ २८ गते तय भएको सरकारी सभालाई फागुन १ गते सारेको छ ।

केहिदिन पहिले कांग्रेसले गरेको वडा स्तरको सभामा बोल्दै कांग्रेसका युवा नेता गगन थापाले ओलीलाई असंवैधानिक कदम चाल्न उक्साउने मुख्यमन्त्री शंकर पोखरेलनै भएको किटानी गरेका थिए । थापाले लगाएको आरोप जस्तै ओलीले भाषणबाट जस्तो तितो ओकल्छन् त्यस्तै शैलीमा मुख्यमन्त्री पोखरेलले पनि सामाजिक सञ्जालमा बेलाबेलामा तीतो ओकलेको पढ्न पाईन्छ ।

प्रदेशका मुख्यमन्त्री तथा सत्तारुढ नेकपाको ओली समूहका विद्वान मानिएका नेता पोखरेलले जनसहभागिता हेर्नका लागि राजधानीका पत्रकारहरुलाई बुटवलमा उपस्थित हुन गरेको निम्तो उनको उत्ताउलोपन भएको विश्लेषकले टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जालमार्फत मुख्यमन्त्री पोखरेलले देशभरको नभएर प्रदेशको मात्रै जनसहभागिता भनेको कस्तो हुन्छ, हेर्नका लागि बुटवलमा आउन काठमाडौका पत्रकारलाई डाकेका छन् । काठमाडौका पत्रकारले प्रचण्ड–नेपाल पक्षको प्रदर्शनमा देखिएको उपस्थितिी समाचार लेख्न नभ्याउँदै पोखरेलले पोष्ट गरेको स्ट्याटसले काठमाडौंको उपस्थितीदेखेर पोखरेलको मनमा उब्जेको ज्वारभाटा त होईन ? भनेर अनुमान पनि गर्न सकिन्छ ।

आगामी फागुन १ गते एउटै प्रदेशका जनताको जनसहभागिता हेर्नका लागि राजधानीका पत्रकारहरुलाई बुटवलमा स्वागत गर्ने पोखरेलले बताएका छन् । काठमाडौंमा प्रचण्ड–नेपाल पक्षको आजको भेलाप्रति संकेत गर्दै उनले केन्द्रका पत्रकारहरुलाई बुटवलमा बोलाएका हुन् ।

मुख्यमन्त्री, त्यसपछि नेपाली जनतामा बौद्धिक ब्यक्तित्वका रुपमा पहिचान बनाएका पोखरेलको उत्ताउलोपनाले गगन थापाको आरोप पुष्टि गर्ने तर्फ नै मद्दत गर्दछ । अन्यथा फागुन १ मा ओली पक्षको जनसहभागिता देखाउन बुटवलकै पत्रकारहरु सक्षम छन् भन्ने मुख्यमन्त्रीलाई हेक्का नहोला र ? कि पोखरेललाई बुटवलका पत्रकारको बिश्वास नभएर हो ? पोखरेलले यसअघि प्रचण्ड नेपाल पक्षले बुटवलमा आयोजना गरेको सभापछि तत्कालै प्रतिक्रिया जनाउँदै बिगाहा र कठ्ठाको हिसाब निकालेका थिए ।

प्रकाशित मिति : २८ माघ २०७७, बुधबार  ६ : २१ बजे

देशभरिका निजी अस्पतालको सर्वेक्षण गरिँदै

काठमाडौँ । राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को

क्षितिज थापालाई ‘मिस्टर रामपिथेकस २०८२’ उपाधि

बुटवल । बुटवलमा सम्पन्न ‘मिस्टर रामपिथेकस राष्ट्रव्यापी शारीरिक सुगठन तथा

पाल्पाको तिनाउ ड्याममा डुबेर दुई भारतीय किशोर बेपत्ता

बुटवल । पाल्पाको तिनाउ ड्याम साइटमा डुबेर दुई जना भारतीय

नेप्से परिसूचकमा उच्च अङ्कको उछाल

काठमाडौं । साताको कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)

बेमौसमी वर्षाका कारण नौ करोड बराबरको काँचो इँटामा क्षति

नेपालगन्ज । दुई दिनसम्म परेको बेमौसमी वर्षाले करिब नौ करोड