१८ श्रावण २०८३, सोमबार | August 4, 2026

लमजुङको लोदोखोलामा जीप दुर्घटना हुदा तीन जनाको मृत्य, तीन जना घाइते



लमजुङ । लमजुङमा बिहीबार साँझ बलेरो जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने तीन जना घाइते भएका छन ।

दोर्दी खोलामा निर्माणाधीन ५४ मेगावाटको सुपरदोर्दी ‘ख’ जलविद्युत् आयोजनाको प्रदेश नं ३ ०१-२२ च १३८३ नंको बलेरो जिप दुर्घटना भएको हो ।

दुर्घटनामा परी स्याङ्जा घर भई सोही आयोजनामा कार्यरत वर्ष ३४ का यदुनाथ भट्टराई, उदयपुर-१ घर भएका वर्ष २६ का जिप चालक किशोर राई र तनहुँ भानु नगरपालिका-१० घर भएका वर्ष ४५ का प्रकाश लौडारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । उक्त दुर्घटनामा परी सुनसरीका सुनिलकुमार शाह, लमजुङका अनु घले र दोर्दीकै सुनिता विक घाइते छन् ।

जिप सडकबाट १ सय २० मिटर तल लेदेखोलामा खसेको थियो । घाइतेहरुको जिल्ला सामुदायिक अस्पताल लमजुङमा उपचार भइरहेको लमजुङका प्रहरी प्रमुख डीएसपी गंगाबहादुर थापाले जानकारी दिए ।

जिप पावर हाउसबाट कार्यालयतर्फ जाने क्रममा दुर्घटना भएको तथा के कति कारणले दुर्घटना भयो भन्ने कुरा खुलिनसकेको प्रहरी प्रमुख थापाले बताए ।

प्रकाशित मिति : ३० माघ २०७७, शुक्रबार  ७ : ४५ बजे

पच्चिस वर्षपछि ‘राष्ट्रिय यातायात नीति’ लागू

काठमाडौँ । सरकारले करिब २५ वर्षपछि राष्ट्रिय यातायात नीति संशोधन

मधेस केन्द्रित दलको नेतृत्वमा ‘अग्रगामी मोर्चा’ घोषणा हुँदै, जनार्दन शर्मापनि सहभागी हुने

काठमाडौं । मुलुकलाई अग्रगामी निकास दिन भन्दै काठमाडौँमा ‘अग्रगामी मोर्चा’

पक्राउ परेको २४ घण्टा नपुग्दै छुटे दुर्गा प्रसाईं

भक्तपुर । मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पक्राउ परेको २४ घण्टा

कांग्रेसद्वारा तराई-मधेशमा भएका घटनाको न्यायिक समिति गठन गर्न माग

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलले सुनसरी, सिरहा, धनुषा र

दश प्रतिशत निःशुल्क स्वास्थ्य सेवा कार्यान्वयनमा मन्त्रालयको जोड

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले १० प्रतिशत निःशुल्क