१६ चैत्र २०८०, शुक्रबार | March 29, 2024

कोरोना विरुद्ध चिनियाँ खोप : कालो अँध्यारोमा आशाको किरण



पश्चिम लामो समयदेखि वैश्विक शक्तिको रुपमा चीनको उदयदेखि त्रसित छ । सबैभन्दा पहिला यसले बेल्ट एण्ड रोड इनिसियटिभ बीआरआईको आलोचना गरेको थियो, जबकी बीआरआईले पाकिस्तान एवं पुरै दक्षिण एशियामा सडक, रेल, बन्दरगाह एवं बिजुली स्टेशनमा काफी रुपान्तरण हुँदैथियो । अब, पश्चिम चीनको वैज्ञानिक महाशक्तिलाई रोक्नका लागि चिनियाँ चिकित्सा परीक्षण एवं कोरोना खोप विरुद्ध भ्रामक गतिविधि गरिरहेको छ ।

एकातिर विश्वको सबैभन्दा धनी देशहरु जसरी भएपनि बढी भन्दा बढी कोरोना खोप किन्न र भण्डारण गर्नका लागि एकआपसमा कुस्ती खेलिरहेका छन्, अर्कोतिर गरिब देश कोरोना खोप कसरी पाउने भन्ने चिन्तामा छन् । धनी देशहरु समेत कोरोना खोपको अभाव झेलिरहँदा चीनले भने विश्वलाई नै कोरोनाका अलगअलग खोप वितरण गरिरेर एकप्रकारको छलाङ नै लगाइरहेको छ ।

विभिन्न प्रमाणहरुले स्पष्ट पारेका छन् कि चिनियाँ खोपको प्रभावकारीता उच्च छ । सफलताको एक कारण पाकिस्तानसहित विभिन्न देशमा ती चिनियाँ खोपको चिकित्सकीय परीक्षण भएको थियो । परीक्षणपछि आपतकालीन प्रयोगको अनुमतिका लागि ५ लाख डोज अनुदान प्राप्त गर्ने पाकिस्तान पहिलो मुलुक बनेको थियो । चीन र पाकिस्तानबीचको अनन्त मैत्री र कुटनीतिक एवं जनता–जनता बीचको गहिरो सम्बन्धको प्रमाण थियो त्यो ।

सन् २०२१ का लागि खरिद गर्न सक्ने देशहरुले चिनियाँ खोपको दाबी गरिसकेका छन् । संयुक्त अरब इमिरेट्स यूएई र बहराइन पहिला दुई अरब देश हुन् जसले चिनियाँ कोरोना खोपलाई प्रयोगको मान्यता दिएका थिए । चिनियाँ खोप विश्वव्यापी बनाउनका लागि ती दुई देशको खरिद योजना महत्वपूर्ण कदम थियो ।

भाइरोलोजिष्ट एवं पाकिस्तानसहित विभिन्न देशका अधिकारीहरुले चीनको राज्यद्वारा संचालिन सिनोफार्म भ्याक्सिन ‘सिनोभ्याक’लाई सुरक्षित र प्रभावकारी घोषणा गरेका छन् । उनीहरुले सिनोभ्याक महामारी विरुद्ध लड्न सक्षम भएको निस्कर्ष निकालेका छन् ।

सिनोफार्म जस्ता अन्य चिनियाँ खोप उत्पादक कम्पनीहरुले अर्बौ डोज खोप उत्पादन क्षमता राख्छन् । किनकी उनीहरुसँग क्षमता र विशेषज्ञता छ । त्यसैले विश्वका धेरै देश चिनियाँ खोपप्रति आशावादी छन् । चिनियाँ कम्पनीले धनी देशले गरेको खोप नियन्त्रणको अवस्थालाई पूर्ति गर्न सक्छन् । किनकी धनी देशले खोपको नियन्त्रण गर्दा गरीब देशले खोप पाउन सक्ने अवस्था निकै कम हुन्छ ।

युएई, बहराइन, इराक, जोर्डन, सर्बिया, इजिप्ट, हंगेरी, मोरक्को र पाकिस्तानले चीनबाट सिनोफर्म खोपलाई अनुमोदन गरिसकेका छन् । युएईमा त १८ लाख मानिसले जनवरीको मध्यसम्ममा यो खोप लगाइसकेका छन् । चीनबाट अनुदानको रुपमा प्राप्त भएको एक दिन पछि, पाकिस्तानले पनि खोप अभियान सुरु ग¥यो । तर, खोपका प्रतिकूल प्रभावहरूको एक पनि रिपोर्ट दर्ता नभएको पाकिस्तानले जनाएको छ । ब्राजिल, इन्डोनेसिया, टर्की, चिली र बोलिभियालगायत अन्य पाँच देशले पनि सिनोभ्याकबाट अर्को खेप खोप लिने अनुमति लिइसकेका छन् ।

विश्वका धनी देशहरुले आफ्ना नागरिकलाई धेरै चरणमा खोप लगाउन सक्ने गरी खोप भण्डारण गरिरहेका छन् । धेरै गरीब देशले सन् २०२१ मा आफ्नो कुल जनसंख्याको २० प्रतिशतलाई मात्र खोप लगाउन सक्ने लक्ष राखेका छन् । ती देशको अवस्थाप्रति चिनियाँ नेतृत्वको ध्यानाकर्षण भएको छ । त्यसैले चीनले धेरै देशलाई अनुदानमा खोप उपलब्ध गराइरहेको छ । अन्य खोपको तुलनामा चिनियाँ खोप सस्तो समेत छ र भण्डारण गर्न सजिलो छ ।

यहाँ उल्लेखनीय यो छ कि राष्ट्रपति सी चिङफिङद्वारा सुरु गरेको खोप अभियान विरुद्ध पश्चिमले नकारात्मक प्रचार युद्ध चलाएको थियो । राष्ट्रपति सी ले चिनियाँ खोप विश्वमा सार्वनिक वस्तु सरह उपलब्ध हुने प्रतिवद्धता जनाएका थिए । ‘चीनले आफ्नो प्रतिवद्धताको सम्मान गर्दै खोपलाई विश्वव्यापी वितरण सुरु गरिसकेको छ’ पाकिस्तानस्थित चिनियाँ राजदूत नोङ रोङले केही दिन पहिले पाकिस्तानका विदेशमन्त्रीलाई खोप हस्तान्तरण गर्दै भनेका थिए ।

विभिन्न देशसँग हस्ताक्षर गरेको खोप सम्झौता बाहेक विश्वले चिनियाँ खोपसँगै भरोसा राखेको छ । चीनले विभिन्न देशलाई यो खोप उपलब्ध गराउने प्रयास गरेको छ ( उनीहरूलाई खोप प्रक्रिया सुरु गर्न सहयोग पु-याउने, चिकित्सा उपकरण सहयोग पु-याउने र चिकित्सकहरूले प्रशिक्षण दिइरहेको छ । जसबाट अन्य देशका लागि कालो अँध्यारोमा आशाको किरण देखा परेको छ ।

कोरोना भाइरस विरूद्ध लड्न विश्वव्यापी समुदायलाई सहयोग पु-याउन राष्ट्रपति सी र चिनियाँ कम्युनिष्ट पार्टीको अथक प्रयासले अविस्मरणीय सफलता साबित गरिसकेको छ । विज्ञानको अपूर्व विकास र मानवताको साझा भविष्य अब टाढाको सपना छैन ।
विश्वलाई सम्झना गर्नेछ, चीनको अन्तर्राष्ट्रिय स्वास्थ्य प्रयास र कोभिडसँग लड्ने विषयको विरुद्ध जब धेरै पश्चिमा देशहरु चीन विरुद्ध कूटनीति युद्ध गर्न व्यस्त थिए, राष्ट्रपति सी नेतृत्वको चीन आफ्नो चिकित्सा उपलब्धिलहरु संसारलाई बाँड्न र विश्वव्यापी जनस्वास्थ्यको रक्षा गर्न व्यस्त थिए ।

बिलाल साबरी पाकिस्तान टुडे समाचारपत्र र डिप्लोमेग पत्रिकामा इस्लामाबादस्थित पत्रकार हुन् -चाइना डेलीबाट

प्रकाशित मिति : ३० माघ २०७७, शुक्रबार  १० : ४९ बजे

बुटवल उपमहानगरमा ज्येष्ठ नागरिक र फरक क्षमता भएका व्यक्तिको घरदैलोमा पुगेर स्वास्थ्य परीक्षण

बुटवल । बुटवल उपमहानगरपालिकामा ज्येष्ठ नागरिक र फरक क्षमता भएका

एन आई सी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

काठमाडौ । एन आई सी एशिया बैंकले कोशी प्रदेशमा आयोजना

कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा

काठमाडौं। नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ

सुदूरपश्चिम सरकार छोड्न नाउपा अध्यक्ष रञ्जिताको लिखित निर्देशन

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)की अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिम

लोकेश बमको शतकका बाबजुद आयरल्याण्ड वोल्भ्ससँग नेपाल पराजित

काठमाडौं। आयरल्याण्ड वोल्भ्सले नेपाल ए लाई पराजित गरेको छ ।