१६ असार २०८३, मंगलबार | June 30, 2026

पार्टीभित्रैबाट समानान्तर सत्ता सञ्चालनको अभ्यास भएपछि संसद विघटन गरेँ : प्रधानमन्त्री ओली



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताका अगाडि नतमस्तक भएकै कारण ताजा जनादेशमा जाने निर्णय गरेको बताएका छन् ।

आफ्नो नेतृत्वको सरकार गठन भएको तीन वर्ष पुगेको अवसरमा प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले जनादेशप्रति सम्मान भएकै कारण निर्वाचनको बाटो रोजिएको दाबी गरे ।

‘निर्वाचन पद प्राप्तिका लागि अवान्छित हर्कत हैन । प्रणाली रक्षाका लागि जरुरी कदम हो ।’, ओलीले थपे, ‘निर्वाचन लोकतान्त्रिक प्रणालीको जीवन हो । यसले राष्ट्र र पार्टीलाई विभाजित गर्दैन बरु प्रतिस्पर्धात्मक तरिकाले जीवन्त बनाउँछ ।’

एउटा निर्वाचनमा पराजित हुने तर त्यही व्यक्ति जस्केलाबाट असंवैधानिक तरिकाले प्रधानमन्त्री पद चाहियो भन्दै बार्गेनिङ गर्ने अवस्था आएको भन्दै गुटवन्दी जालझेल, तिकडमलाई परास्त पार्न निर्वाचन आवश्यक भएको जिकिर गरे ।

ओलीले आफ्नै पार्टीका केही नेताहरुले समानान्तर सत्ता सञ्चालनको अभ्यास गर्न खोजेपछि प्रतिनिधिसभा विघटन गर्नु परेको दाबी गरे । सरकारले ल्याएका विधेयकहरु अड्काउने, संवैधानिक निकायहरुमा नियुक्ति सिफारिस हुनै नदिने र भए सुनुवाई समितिमा अड्काउने काम भएको गुनासो गरे । अनुपयुक्त ढंगले समानान्तर सत्ता सञ्चालनको अभ्यास भएपछि आजित भएर संसद विघटन गरी नयाँ निर्वाचनको बाटो रोजिएको उनले बताए ।

ओलीले आफुलाई काम गर्न नदिएर पार्टीभित्रैका नेताहरुले गठबन्धन सरकार जस्तो बनाइदिएका कारण एकवर्षदेखि कामले गति लिन नसकेको बताए ।

 

 

प्रकाशित मिति : ३ फाल्गुन २०७७, सोमबार  १२ : ०५ बजे

संघीयमामिला मन्त्री रावल र मधेशका मुख्यमन्त्री यादवबीच छलफल

काठमाडौं । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री

सरकारले परिणाममुखी विकास कूटनीतिमा जोड दिएको छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले कूटनीतिले मुलुकको आर्थिक रूपान्तरणमा प्रत्यक्ष

रास्वपाले सच्यायो महाधिवेशनको नतिजा, बढी मत ल्याएका दुई उम्मेदवारलाई केन्द्रीय सदस्य घोषणा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रथम राष्ट्रिय महाधिवेशनबाट निर्वाचित

सुनचाँदीको मूल्यमा गिरावट

काठमाडौं । स्थानीय बजारमा आज सुन र चाँदी दुवैको मूल्यमा

पहिरोले कान्ति लोकपथ अवरुद्ध

मकवानपुर । हेटौँडा-काठमाडौं सडकको कान्तिलोकपथअन्तर्गत भिमफेदी गाउँपालिका-८ स्थित भरेङडाँडामा बिहानैदेखि