१८ श्रावण २०८३, सोमबार | August 4, 2026

श्रमजीवि पत्रकारहरुको न्यूनतम पारिश्रमिक लागु गर्न सरकारलाई उपराष्ट्रपति पुनको आग्रह



काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले श्रमजिवी पत्रकारहरुको न्यूनतम पारिश्रमिक लागु गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

बुधबार नेपाल पत्रकार महासंघको २६ औँ महाधिवेशनलाई सम्बोधन गर्दै उपराष्ट्रपति पुनले श्रमजिवी पत्रकारहरुको न्यूनतम पारिश्रमिक लागु गर्न र साना लगानीको सञ्चारमाध्यमहरुको उठानका लागि सरकारको ध्यानाकर्षण गराएका हुन् ।

जनतालाई सुसूचित गर्दै नागरिक आन्दोलनको पक्षमा उभिने तथा लोकतन्त्रको रक्षाको निम्ति पहरेदारी गर्ने पत्रकारिता क्षेत्रमा नयाँ पुस्तालाई आर्कषित गर्नका लागि पत्रकारहरुको श्रमको सम्मान हुने व्यवस्थाको सुनिश्चितता गर्नु जरुरी रहेको पुनको भनाइ छ ।

उपराष्ट्रपति पुनले पत्रकारिताको विश्वसनीयता बारे प्रश्न उठ्न थालेको पनि बताए । सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रियता लगायतका विषयमा सञ्चार क्षेत्रले ध्यान दिनुपर्ने कुरा संविधानमै उल्लेख भएको बताउँदै उनले पत्रकार आचारसंहिता समेत रहेको अवस्थामा कानुनहरु प्रेसमैत्री बनाउन पनि ध्यानाकर्षण गराए ।

उपराष्ट्रपति पुनले नेपालको राजनीतिक परिवर्तनमा पत्रकार महासंघको भुमिका महत्वपूर्ण रहेको उल्लेख गरे । पुनले जनताको संघर्षबाट प्राप्त उपलब्धीको रक्षाको निम्ति संविधानलाई स्वस्थ राख्नुपर्ने उनको भनाइ छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०७७, बुधबार  ४ : ५३ बजे

पच्चिस वर्षपछि ‘राष्ट्रिय यातायात नीति’ लागू

काठमाडौँ । सरकारले करिब २५ वर्षपछि राष्ट्रिय यातायात नीति संशोधन

मधेस केन्द्रित दलको नेतृत्वमा ‘अग्रगामी मोर्चा’ घोषणा हुँदै, जनार्दन शर्मापनि सहभागी हुने

काठमाडौं । मुलुकलाई अग्रगामी निकास दिन भन्दै काठमाडौँमा ‘अग्रगामी मोर्चा’

पक्राउ परेको २४ घण्टा नपुग्दै छुटे दुर्गा प्रसाईं

भक्तपुर । मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पक्राउ परेको २४ घण्टा

कांग्रेसद्वारा तराई-मधेशमा भएका घटनाको न्यायिक समिति गठन गर्न माग

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलले सुनसरी, सिरहा, धनुषा र

दश प्रतिशत निःशुल्क स्वास्थ्य सेवा कार्यान्वयनमा मन्त्रालयको जोड

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले १० प्रतिशत निःशुल्क