६ श्रावण २०८३, बुधबार | July 22, 2026

भारतको पश्चिम बङ्गालका श्रममन्त्रीमाथि पेट्रोल बम प्रहार, बम प्रहारबाट मन्त्री हुसेन गम्भिर घाईते



काठमाडौं । भारतमा एकजना प्रदेशमन्त्रीमाथि पेट्रोल बम प्रहार भएको छ । पश्चिम बंगाल राज्यका श्रम मन्त्री जाकिर हुसेनमाथि पेट्रोल बम प्रहार भएको भारतिय सञ्चारमाध्यमहरुले जनाएका छन् । ती सञ्चारमाध्यमहरुका अनुसार बम प्रहारबाट हुसेन गम्भीर घाइते भएका छन् । उनलाई मुर्सिदावाद जिल्लाको एउटा मेडिकल कलेजमा भर्ना गरिएको छ । बम हमलाबाट मन्त्रीसँगै रेल यात्राको तयारीमा रहेका अन्य व्यक्तिहरु पनि घाईते भएका छन् ।

पश्चिम बङ्गालको मुर्सिदावाद जिल्लाको निमटिटा स्टेशनबाट कोलकाता जानका लागि रेल चढ्न जाँदै गर्दा अज्ञात व्यक्तिले मन्त्री हुसेनमाथि बम प्रहार गरेका थिए । स्थानीय रेल स्टेशनको २ नम्बरको प्लेटफर्मबाट उनी रेल चढ्नेक्रममा बम प्रहार भएको भारतीय प्रहरी अधिकारीहरुले बताएका छन् ।

बम प्रहारबाट भारतीय जनता पार्टीका मुर्सिदाबाद जिल्लाका अध्यक्ष शिवाजी राय सहित भाजपाका केहि कार्यकर्ताहरु समेत घाईते भएको सञ्चारमाध्यमहरुले जनाएको छन् । मर्सिबाद मेडिकल कलेजमा प्राथमिक उपचारपछि मन्त्री हुसेनलाई थप उपचारका लागि कोलकता लैजाने तयारी गरिएको छ ।

घटनालाई लिएर भारजपाले विपक्षी पार्टीलाई आक्रमणको दोषी रहेको आरोप लगाएको छ । तृणमुलका नेता एवं प्रदेशका एक बरिष्ठ मन्त्री मलय घटकले आक्रमण विपक्षीहरुले गरेको आरोप लगाए । घटना लगत्तै बङ्गालका केहि स्थानमा भाजपा र टिएमसीका कार्यकर्ताहरुबीच झडप भएको खबर समेत भारतिय सञ्चारमाध्यमले छापेका छन् ।

भारतका रेलान्त्री पीयूष गोयलले बम हमलाको निन्दा गरेका छन् । उनले हमलालाई नृशंस बताउंदै हमलाबाट घाईतेहरुको सिघ्र स्वास्थ्यलाभको कामना पनि गरेका छन् ।

प्रकाशित मिति : ६ फाल्गुन २०७७, बिहिबार  ७ : ४२ बजे

राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै हो : सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीति र धर्मको

बुटवलबाट रिभल्वर र गोली सहित तुङसिङ मगर पक्राउ

बुटवल । बुटवलबाट रिभल्वर र गोली सहित एकजना पक्राउ परेका

हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु

काठमाडौँ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले हदबन्दीभन्दा बढी जग्गा

शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ

काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी तथा शंकर

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क