१३ कार्तिक २०८३, शुक्रबार | October 30, 2026

एनआरएन डेभलपमेन्ट फन्ड स्थापनाको अन्तिम चरणमा, निकट भविष्यमै आईपीओ जारी गर्ने



काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएन) ले स्थापना गर्न लागेको एनआरएन डेभलपमेन्ट फन्डको आईपीओ जारी हुने भएको छ ।

काठमाडौंमा उपलब्ध संस्थापकहरूले बिहीबार प्रबन्धपत्र, नियमावली र कम्पनी दर्ता कागजातमा हस्ताक्षर पछि संस्थापकहरुले निकट भविष्यमै फन्डको आईपीओ जारी गर्ने प्रतिवद्धता जनाएका छन् ।

१० अर्बको कोषमा नेपाल सरकारबाट पाँच प्रतिशतले हुने ५० करोड रूपैयाँ लगानीको प्रतिबद्धता आइसकेको उपाध्यक्ष डा. बद्री केसीले जानकारी दिएकाछन् ।

उपाध्यक्ष डा. केसीका अनुसार थप संस्थापकको १० प्रतशितले हुने १ अर्ब रूपैयाँ लगानी गर्नुपर्नेमा १ अर्ब ७० करोड जुटिसकेको छ । ८५ प्रतिशतमा संसारभरका गैरआवासीय नेपालीले १० डलर र त्यसभन्दा माथि लगानी गर्न पाउने छन् ।

स्वदेशको विकास र समृद्धिमा योगदान गर्ने अभियानअन्तर्गतको यो योजनाले लामो प्रयासपछि मूर्तरूप प्राप्त गरेको प्रतिक्रिया एनआरएनए अध्यक्ष कुमार पन्तले दिए ।

नेपालको पूर्वाधार क्षेत्रमा लगानी गर्न उत्सुक संसारभरका गैरआवासीय नेपालीको प्रतीक्षाको घडी अब समाप्त भएको पन्तको भनाइ थियो । दर्ता प्रक्रिया सकिएपछि चाँडै नै आईपीओ जारी गरिने उनले बताए ।

प्रकाशित मिति : ६ फाल्गुन २०७७, बिहिबार  ३ : २७ बजे

वनमा लुकाइएका भरुवा बन्दुक बरामद

कपिलवस्तु । कपिलवस्तुको वाणगङ्गा नगरपालिका–९ स्थित सामुदायिक वनबाट प्रहरीले चार

पक्राउ परेका सबै पत्रकार रिहा : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले आज पक्राउ

दुग्ध विकास संस्थानका तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डिडिसी)लाई

कोरला क्षेत्रमा पाँच सय कन्टेनर थन्किए

मुस्ताङ । प्रतिकूल मौसमका कारण नेपाल–चीन सीमाको कोरला नाका क्षेत्रमा

चौतर्फी विरोधपछि गिरफ्तार पत्रकारलाई रिहा गर्न सरकार बाध्य, विश्वमणि सुवेदी रिहा

काठमाडौं । नेपाल प्रेसको समाचार कक्षबाटै पक्राउ परेका पत्रकार विश्वमणि