२२ भदौ २०८३, सोमबार | September 7, 2026

एनआरएन डेभलपमेन्ट फन्ड स्थापनाको अन्तिम चरणमा, निकट भविष्यमै आईपीओ जारी गर्ने



काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएन) ले स्थापना गर्न लागेको एनआरएन डेभलपमेन्ट फन्डको आईपीओ जारी हुने भएको छ ।

काठमाडौंमा उपलब्ध संस्थापकहरूले बिहीबार प्रबन्धपत्र, नियमावली र कम्पनी दर्ता कागजातमा हस्ताक्षर पछि संस्थापकहरुले निकट भविष्यमै फन्डको आईपीओ जारी गर्ने प्रतिवद्धता जनाएका छन् ।

१० अर्बको कोषमा नेपाल सरकारबाट पाँच प्रतिशतले हुने ५० करोड रूपैयाँ लगानीको प्रतिबद्धता आइसकेको उपाध्यक्ष डा. बद्री केसीले जानकारी दिएकाछन् ।

उपाध्यक्ष डा. केसीका अनुसार थप संस्थापकको १० प्रतशितले हुने १ अर्ब रूपैयाँ लगानी गर्नुपर्नेमा १ अर्ब ७० करोड जुटिसकेको छ । ८५ प्रतिशतमा संसारभरका गैरआवासीय नेपालीले १० डलर र त्यसभन्दा माथि लगानी गर्न पाउने छन् ।

स्वदेशको विकास र समृद्धिमा योगदान गर्ने अभियानअन्तर्गतको यो योजनाले लामो प्रयासपछि मूर्तरूप प्राप्त गरेको प्रतिक्रिया एनआरएनए अध्यक्ष कुमार पन्तले दिए ।

नेपालको पूर्वाधार क्षेत्रमा लगानी गर्न उत्सुक संसारभरका गैरआवासीय नेपालीको प्रतीक्षाको घडी अब समाप्त भएको पन्तको भनाइ थियो । दर्ता प्रक्रिया सकिएपछि चाँडै नै आईपीओ जारी गरिने उनले बताए ।

प्रकाशित मिति : ६ फाल्गुन २०७७, बिहिबार  ३ : २७ बजे

राष्ट्रपति रामचन्द्र पौडेलले गरे बाढी प्रभावित क्षेत्रको निरीक्षण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बाढीबाट प्रभावित नुवाकोटका विभिन्न क्षेत्रको

पीडितले सरकारको अभाव महसुस गर्न नपरोस्ः सभामुख अर्याल

धादिङ ।  सभामुख डोलप्रसाद अर्यालले प्राकृतिक विपद्बाट प्रभावित कुनै पनि

नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव

काठमाडौ । नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२र८३ को वितरणयोग्य

भोटेकोशी बाढीपीडित व्यवसायिक लागि पुनरुत्थान प्याकेजः करमा पूर्ण छुटदेखि सहुलियतपूर्ण कर्जासम्म

काठमाडौ । सरकारले भोटेकोशी बाढीबाट प्रभावित उद्योग, व्यापार, व्यवसाय तथा

भोटेकोशी बाढीः एक हजार ३५५ को मृत्यु भने

काठमाडौ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा