२८ भदौ २०८३, आइतबार | September 13, 2026

बलात्कारपछि हत्या गरिएकी भागिरथीको १७ दिनपछि अन्तिम संस्कार गरिँदै



बैतडी । बैतडीकी किशोरी भागिरथी भट्टको हत्यामा संलग्न किशोरले बलात्कार कबोल गरेपछि बलात्कारपछि हत्या गरिएकी भागिरथीको हत्या भएको १७ दिन पछि अन्तिम संस्कार हुने भएको छ । यस अघि घटनाको पूर्ण अनुसन्धान नहुँदा सम्म शव बुझ्न अस्विकार गरेका थिए । हत्या गरेको स्विकार गरेका किशोरले बलात्कार नगरेको बयान दिएपछि परिवारबाट अनुसन्धानमा आशंका गरेका थिए ।

बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको मृत्यु भएको १७ औँ दिनमा दाहसंस्कार गर्न लागिएको हो ।

शव परिक्षणमा बलात्कार भएको देखिएपनि हत्या स्विकार गरेका किशोरले बलात्कार अस्विकार गरेपछि घटना अर्को तर्फ मोडिन खोजेको थियो । तर प्रहरी र किशोरका आफन्तहरुसँग समेत ती किशोरले बलात्कार गरेको कबुल गरेपछि भागिरथीका परिवारले शव बुझेका थिए ।

बिहीबार आरोपित किशोरका बाबु, अनुसन्धान अधिकृत र सरकारी वकिल सामु गर्न लगाएको बयानमा उनले आरोपित किशोरले आफूले नै बलात्कारपछि हत्या गरेको स्वीकारेका थिए ।

भागिरथीका परिवारका सदस्यहरुका अनुसार गोठलापानीबाट बिहान ११ बजे शवयात्रा सुरु हुने सेरास्थित महाकाली आर्यघाटमा अन्तिम संस्कार गरिने भएको छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०७७, शुक्रबार  १० : १६ बजे

छापा सञ्चारमाध्यम सिध्याउने दिशामा सरकार अघि बढेको छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान रास्वपा

शुक्लाफाँटामा हात्तीले दुई घर भत्कायो

महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ पिल्लरीफाँटा आज जङ्गली हात्तीको बथानले

सानेपामा कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसिरहेको छ।

छापा माध्यम बचाउ सुझाव कार्यदलले केपी ओलीलाई बुझायो ध्यानाकर्षणपत्र

काठमाडौं । छापा माध्यम बचाउ सुझाव कार्यदलले लोककल्याणकारी विज्ञापनबापत उपलब्ध

न्यू बुटवल सबस्टेसनदेखि भारत सीमासम्मको १८ किलोमिटर प्रसारण लाइन तयार

काठमाडौं । नेपाल–भारत सीमापार विद्युत् व्यापारका लागि महत्वपूर्ण मानिएको न्यू