५ चैत्र २०८२, बिहिबार | March 19, 2026

फलेवासमा नागरिक निवृत्तिभरण योजना सुरु



पर्वत । फलेवास नगरपालिकामा श्रमिक कल्याणकारी कोष तथा नागरिक पेन्सन योजना सुरु भएको छ ।

नगरापालिकाभित्रका असङ्‍गठित मजदुर तथा बेरोजगार नागरिकलाई ६० वर्षको उमेरपछि आर्थिक समस्या नहोस् भनेर नगरपालिकाले नागरिक पेन्सन कार्यक्रम सुरु गरेको हो ।

साठी वर्षको उमेरसम्म मानिस नियमित कामकाज गर्न सक्छन् तर बुढेसकाल लागेपछि श्रम गर्न पनि नसक्ने र आर्थिक समस्या पर्दै जाने भएकाले यस्तो कार्यक्रम सुरु गरिएको हो ।

असङ्‍गठित मजदुरले काम गर्न सक्ने उमेरसम्म मासिक रुपमा नगरपालिकामा पाँच सय रुपैयाँका दरले जम्मा गर्ने र सोही दरमा नगरपालिकाले पनि जम्मा गरिदिन्छ। यसरी जम्मा भएको रकम नगरपालिकाले ६० वर्ष नाघेपछि एकमुष्ठ वा पेन्सनको रुपमा भुक्तानी गर्ने गरी कार्यविधि तयार पारेको फलेवास नगरपालिकाले जनाएको छ । यो रकम नागरिक लगानी कोषमा जम्मा हुने व्यवस्था गरिएको छ ।

नागरिक लगानी कोषले अन्य निजामती कर्मचारीसरह फलेवासका मजदुरलाई पनि ६० वर्षपछि एकमुष्ठ वा पेन्सनको रुपमा भुक्तानी गर्ने गरी नगरपालिकासँग सम्झौता गरिएको छ। फलेवास नगरपालिकाका प्रमुख पदमपाणी शर्मा र नागरिक लगानी कोषका कार्यकारी निर्देशक रमण नेपालबीच सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो। शुक्रबार नागरिक पेन्सन योजनाको शुभारम्भका अवसरमा उक्त सम्झौता पत्रमा दुवै पक्षले हस्ताक्षर गरेका हुन्। यो कार्यक्रममा पहिलो चरणमा नगरभित्रका आठ सय मजदुरलाई सूचीकृत गरिएको छ ।

उनीहरुले गएको पुस महिनादेखि नै रकम जम्मा गर्न थालेको कार्यक्रम संयोजक रमेश शर्माले जानकारी दिए । साठी वर्षको वृद्धावस्था सुरु भएपछि पनि दैनिक घर खर्च चलाउन अरुको भर पर्न नपरोस् र आर्थिक अभावमा वृद्धवृद्धाले खान लगाउनबाट वञ्‍चित हुन नपरोस् भनेर सञ्‍चालन गरिएको यो कार्यक्रम प्रभावकारी हुने शर्माले बताए ।

कार्यक्रममा फलेवास नगरपालिकाका नगरप्रमुख शर्माले फलेवासमा मजदुरको युग सुरु भएको बताए। नेपालमै पहिलोपटक नागरिक कल्याणकारी कोष स्थापना गरेर पेन्सन दिने अभियान थालिएको बताउँदै शर्माले यो कार्यक्रमले कोही पनि आर्थिक अभावमा बाँच्‍नुपर्ने अवस्थाको अन्त्य गर्ने बताए । यस कार्यक्रममा अर्को वर्षसम्म एक हजार तीन सयभन्दा बढी मजदुरलाई आबद्ध गरिने उनले बताए ।

नगरपालिकाकी उपप्रमुख मञ्जु अधिकारीले जनप्रतिनिधि नागरिकको कल्याण र सेवाका लागि दिगो योजनाका साथ लागेका छन् भन्‍ने प्रमाण यो अभियानले देखाएको बताइन् । कार्यक्रममा नागरिक लगानी कोषका कार्यकारी निर्देशक नेपालले वर्तमानमा बचत गरेर भविष्यमा पेन्सन पाउने यो कार्यक्रम निकै उपयोगी हुने बताए। उनले मजदुरको कल्याण र गरिबी निवारण तथा बेरोजगारी अन्त्यका लागि यो कार्यक्रम फलदायी हुने विश्वास गर्दै मजदुरलाई मासिकरुपमा पाँच सय रुपैयाँ बचत गर्न नछाड्नसमेत आग्रह गरे । रासस

प्रकाशित मिति : ८ फाल्गुन २०७७, शनिबार  ८ : १३ बजे

६४ अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ६४ दशमलव ६९

नैनीतालका नेपाली मजदुर भन्छन्, ‘नयाँ सरकारबाट स्वेदशमै रोजगारीको आशा राखेका छौँ’

नैनीताल (भारत) । दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिकाका ५२ वर्षीय भवानीप्रसाद रेग्मी

राप्रपा संसदीय दलको नेता ज्ञानेन्द्र शाही, मुख्य सचेतकमा खुस्बु ओली

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० ले संसदीय दलको नेतामा

अन्योलको वातावरण चिरेर निर्वाचन सम्पन्न गरायौँः कावा प्रमुख आयुक्त भण्डारी

काठमाडौं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन हुन्छ,

तेह्र वर्षमा १३ हजार बढी वन डढेलोका घटना अभिलेख

काठमाडौँ । यही चैत १ देखि ७ गतेसम्म मुलुकभर वन