१ पुस २०८२, मंगलबार | December 16, 2025

बैद्य, डाक्टरले बचाउन नसकेको प्रचण्डलाई झाँक्रीले बचाउन सक्दैन : प्रधानमन्त्री ओली



बिराटनगर । प्रचण्डलाई बप्रधानमन्त्री केपी ओलीले बैद्य र डाक्टरले बचाउन नसकेको प्रचण्डलाई झाँक्रीले बचाउन नसक्ने बताएका छन् । नेकपा ओली पक्षले आज बिराटनगरमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रचण्डमा अहंकार बढेकाले प्रचण्डको बाटोबाट लक्ष्यमा पुग्न नसकिने बताए ।

प्रधानमन्त्री ओलीले प्रचण्डले सुरुमा बैद्यलाई बोकेको र बैद्यले उनलाई छाडेको त्यसपछि डाक्टरलाई बोकेकोे र पछि डाक्टरले पनि छाडेपछि अहिले झँक्रीलाई बोकेर हिँडेको आरोप लगाए । ओलीको संकेत क्रमशः मोहन बैद्य, डा.बाबुराम भट्टराई र रामकुमारी झाँक्री तीर केन््िरत थियो ।

ओलीले प्रचण्ड तर्फ कटाक्ष गर्दै २।४ सिटमा सिमीत हुने च्रचण्डलाई आफैले सिङ्गजुरो होलिदिएको दाबी गर्दै आफुले हालिदिएको सिङ्गजुरोका कारण प्रचण्डमा अहंकार पलाएको आरोप लगाए । ‘प्रचण्ड सच्चिने र फर्कने अवस्थामा हुनुहुन्न, भिरबाट खस्ने गोरुलाई रामराम भन्न सकिन्छ काँढ थाप्न सकिन्न ।’ ओलीले भने । प्रचण्ड फर्कन चाहे अझै स्थान राखिदिएको ओलीको भनाई थियो ।

 

प्रतिनिधिसभा पुनर्स्थापना भए आन्दोलन

प्रधानमन्त्री केपी ओलीले ‘सेटिङ-फेरिङ’ गरेर प्रतिनिधिसभा पुनर्स्थापना गरिए आन्दोलन गर्ने चेतावनी दिए ।

ओलीले संसद पुनर्स्थापनाका लागि ‘सेटिङ’ भइरहेको दाबी समेत गरे। चेतावनीयुक्त भाषाले उनले भने, ‘कुनै सेटिङ-फेटिङ भएर संसद विघटन सदर भएन भने आन्दोलनको विकल्प छैन ।’

प्रधानमन्त्री ओलीले देशभरका आफ्नो पक्षका आमसभा हेर्न सर्वोच्च अदालतलाई आग्रह गरे । ‘सम्मानित सर्वोच्च अदालतले देशभर भइरहेको यस्ता सभालाई हेरेको होला, यस्ता सभामाहरुबाट प्रकट भएको जनताको अभिमत हरेको होला । संविधानको मर्म र भावना हेरेको होला । मुलक कता जान्छ भन्ने विश्लेषण गरेकै होला ।’

अन्यथा भयो भने आन्दोलनको विकल्प नभएको जिकिर गर्दै उनले आन्दोलनका लागि तयार रहन कार्यकर्तालाई निर्देशन दिए ।

प्रधानमन्त्री ओलीले उपराष्ट्रपति र सभामुखको कडा आलोचना गरे । उपराष्ट्रपतिले सरकारको आलोचना गरेको भन्दै ओलीले बोल्न नमिल्ने पदमा बसेर बोल्ने हो भने चुनाव लड्न सुझाव दिए । सभामुख सापकोटालाई कीर्ते गरेको र सरकार विरुद्ध मुद्दा हालेको भन्दै आलोचना गरे ।

प्रकाशित मिति : ८ फाल्गुन २०७७, शनिबार  ४ : ५२ बजे

नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम

नेपालगन्ज । शेयर बजारका लगानीकर्ताका लागि यहाँ शेयर साक्षरता सुरु

निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्यो : निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोग नेपालका कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले

एमाले मतदान पटक पटक सारिँदै, भोलि ८ बजे मतदान सुरु हुने

काठमाडौं । एमालेको नेतृत्व चयनका लागि हुन लागेको मतदान प्रक्रिया

योजना आयोगका नवनियुक्त उपाध्यक्षबाट प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष

एडिबीबाट १४ अर्ब ३८ करोड सहुलियत ऋण स्वीकार गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौँ । सरकारले सार्वजनिक वित्त व्यवस्थापन र हस्तान्तरणसम्बन्धी कार्यक्रमका लागि