७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

पत्थरी कसरी हुन्छ ? यस्तो छ घरेलु उपचार विधि



काठमाडौं । मूत्राशय (मूत्रनली) मा रहेको वायुले मूत्राशयको वीर्य, मूत्र, पित्त र कफलाई सुकाएर क्रम–क्रमबाट पत्थरीलाई उत्पन्न गर्दछ ।

जसरी गौको हृदय (पित्त) अन्तःस्थलमा गोरोचन बढ्दछ, त्यसरी नै मनुष्यको पत्थरी बढ्दछ । यो तीनै दोषहरुको प्रकोपबाट हुन्छ, एकबाट मात्र होइन । यो रोग वात, पित्त, कफ र वीर्यावरोधबाट उत्पन्न हुन्छ, यससँग कफको संसर्ग सदैव बनिरहन्छ ।

घरेलु उपचार

१. पेठो (कुभिण्डो) को रसमा हिङ र जवाखार हालेर पिउनाले पत्थरी ठीक हुन्छ ।

२. ८ ग्राम गोरखुको चूर्ण, मह र भेडाको दूधसँग खानाले पत्थरी ठीक हुन्छ ।

३. अदुवाको रस, जवाखार, हर्रोको बोक्रा र मलयगिरी चन्दनको घोल पिउनाले पत्थरी नष्ट हुन्छ ।

४. २० ग्राम बेसारको चूर्ण र ३६० ग्राम सखरमा दैनिक १ ग्रामको मात्रा लिएर कान्जीसँग पिउनाले पत्थरी ठीक हुन्छ ।

५. सोंचर नुन, मह, दूध र तिल, मदिरामा हालेर तीन दिनसम्म पिउनाले पत्थरी ठीक हुन्छ ।

६. ८ ग्राम तिल र २० ग्राम मह, दूधमा हालेर पन्ध्र दिनसम्म पिउनाले पत्थरी ठीक हुन्छ ।

७. मजीठा, जीरा, सुपको दाना, अमला, बयरको बीउ, शुद्ध अमलासार, गन्धक र शुद्ध मैनसिल-यी सबैको ८ ग्राम चूर्ण दैनिक महसँग खानाले पत्थरी ठीक हुन्छ ।

प्रकाशित मिति : १० फाल्गुन २०७७, सोमबार  ६ : ५० बजे

आगलागी हुँदा सात बिघा जमिनको गहुँबाली नष्ट

कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा बिहीबार गहुँबालीमा आगलागी हुँदा

भेरी करिडोरमा तल्लुको पुल अन्तिम चरणमा

सुर्खेत । भेरी करिडोर सडक आयोजनाअन्तर्गत तल्लुस्थित भेरी नदीमा बेलिब्रिज

भारतमा लोकसभा निर्वाचनका लागि मतदान सुरू, पहिलो चरणमा १२० सिटका लागि मतदान

नयाँ दिल्ली । लोकसभा चुनावको पहिलो चरणको मतदान केही बेरमा

इन्डोनेसियामा भयानक ज्वालामुखी विष्फोट, ११ हजार बढीलाइ अन्यत्र सारियो

जाकार्ता । इन्डोनेसियामा निरन्तर भयानक ज्वालामुखी विष्फोट भए पछि ११

एसीसी प्रिमियर कपको सेमिफाइनल आज, नेपालको सामना युएईसँग

काठमाडौं । आज एसीसी प्रिमियर कपको सेमिफाइनलका दुवै खेल हुदै