९ चैत्र २०८२, सोमबार | March 23, 2026

कांग्रेस नेता एवं पूर्वसांसद एकनाथ रानाभाटको निधन



चितवन । नेपाली कांग्रेसका नेता एवं पूर्वसांसद एकनाथ रानाभाटको निधन भएको छ । चितवन मेडिकल कलेजमा उपचारका क्रममा दिउँसो १ बजेर ५८ मिनेटमा रानाभाटको निधन भएको हो ।

उच्च रक्तचापका कारण मस्तिष्काघात भई १६ दिनदेखि उनको मेडिकल कलेजमा उपचार भइरहेको थियो ।

रत्ननगर नगरपालिका वडा नं १४ पिठुवा निवासी रानाभाट विसं २०५६ मा चितवन क्षेत्र नं २ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए । कांग्रेस रत्ननगरका सभापति रुपनराज घिमिरेका अनुसार विसं २००९ कात्तिक २८ गते स्याङ्जाको भाटखोलामा उनको जन्म भएको थियो ।

रानाभाट नेपाली कांग्रेस चितवनका पूर्वसचिव, सुकुम्बासी समस्या समाधान आयोग रुपन्देहीका पूर्वअध्यक्ष, राष्ट्रिय सहकारी बोर्डका पूर्वउपाध्यक्षलगायत विभिन्न पदमा रही कार्य गरेका थिए। उनका एक श्रीमती, एक छोरा र एक छोरी रहेका छन् । उनको मङ्गलबार बिहान देवघाटमा अन्त्येष्टि गरिँदैछ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले रानाभाटको निधनप्रति दुःख व्यक्त गरेका छन् । सभापति देउवाले ट्वीट गर्दै भनेका छन्, ‘नेपाली कांग्रेस चितवनका नेता एवं पूर्वसांसद एकनाथ रानाभाटको निधनको खवरले निकै स्तव्ध भएको छु।लोकतन्त्र प्राप्तिको आन्दोलनमा तपाईले खेलेको भूमिकाको पार्टीले सधै उच्च मुल्यांकन गर्नेछ ।तपाईको आत्माको चीरशान्तिको कामना गर्दै परिवारजनमा हार्दिक समवेदना।

नेपाली कांग्रेस चितवनले पनि शोक वक्तव्य जारी गर्दै पार्टीले एक निष्ठावान् नेता गुमाएकामा दुःख प्रकट गरेको छ । जिल्ला सभापति जीतनारायण श्रेष्ठले उहाँको निधनले सिङ्गो कांग्रेसलाई अपूरणीय क्षति पुगेको बताएका छन् । श्रेष्ठका अनुसार बिहान ८ः३० बजेदेखि एक घण्टा उहाँको शव पार्टी कार्यालय नारायणगढमा राखिनेछ ।

प्रकाशित मिति : १० फाल्गुन २०७७, सोमबार  ३ : ५० बजे

इरान-अमेरिका/इजरायल युद्धले सन् १९७० दशकको तेल संकटको सम्झना दिलाउँदै

इरानसँगको अमेरिका–इजरायल युद्धका कारण बढ्दो ऊर्जा संकटले सन् १९७० दशकका

रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धका रिट न्यायाधीश शर्मा र मुसलमानको इजलासमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धका

खाडी जान लागेका कामदारहरू भन्छन्, “साथीहरूले नआउ भन्छन्, नजाऊ जागिर खोसिने डर छ”

काठमाडौँ । छोटो छुट्टीमा घर परिवार भेट्न आउनुभएका लिवेक महतलाई

‘राइड सेयरिङ’का एक सय पचहत्तर जना चालकलाई कारबाही

काठमाडौँ । काठमाडौँ उपत्यकामा बढ्दो ट्राफिक चाप, अव्यवस्थित सवारी सञ्चालन

१६ प्रकारका खनिजजन्य वस्तुको उत्खनन अनुमति

काठमाडौं । खानी तथा भूगर्भ विभागले चुनढुङ्गा, रातोमाटो, धातु, पत्थरलगायत