२८ भदौ २०८३, आइतबार | September 13, 2026

चितुवा मारेर छाला बेच्ने समूह बाँके प्रहरीको नियन्त्रणमा, १० लाख अबैध भारु सहित थप १ जना पक्राउ



नेपालगञ्ज । बाँके प्रहरीले चितुवाको प्रतिबन्धित छालासहित तीन जनालाई पक्राउ गरेको छ । पूर्व पश्चिम राजमार्गको राप्तीसोनारी गाउँपालिका १, कुसुमबाट दुई थान चितुवाको छालासहित तीन जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सल्यानका जीतबहादुर डिसी, हिमेन्द्र वली र कमल डिसी रहेका छन् । बाँके प्रहरी प्रमुख प्रहरी उपरिक्षक ओमबहादुर रानाका अनुसार दुई थान चितुवाको छालासहित उनीहरुलाई पक्राउ गरिएको हो । जीतबहादुरले दुई वर्षअघि पासोमा पारेर चितुवालाई मारेका थिए । उक्त छाला नेपालगञ्जमा बेच्न आउदा उनी सहित अन्य २ जनापनि पक्राउ परेको प्रहरी उपरिक्षक रानाले बताए ।

बाँके प्रहरीले दश लाख रुपैया भारुसहित एकजना भारतीय नागरिकलाई पनि पक्राउ गरेको छ । भारतबाट हिड्दै नेपालगञ्ज आउदै गरेका दिल्ली जफ्फारावादका मुनवर खानलाई प्रहरीले दश लाख भारुसहित पक्राउ गरेको हो । खान नेपालमा पितलको धुलो खरिद गर्न आएको बुझिएको छ ।

प्रकाशित मिति : १० फाल्गुन २०७७, सोमबार  ११ : २२ बजे

छापा सञ्चारमाध्यम सिध्याउने दिशामा सरकार अघि बढेको छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान रास्वपा

शुक्लाफाँटामा हात्तीले दुई घर भत्कायो

महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ पिल्लरीफाँटा आज जङ्गली हात्तीको बथानले

सानेपामा कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसिरहेको छ।

छापा माध्यम बचाउ सुझाव कार्यदलले केपी ओलीलाई बुझायो ध्यानाकर्षणपत्र

काठमाडौं । छापा माध्यम बचाउ सुझाव कार्यदलले लोककल्याणकारी विज्ञापनबापत उपलब्ध

न्यू बुटवल सबस्टेसनदेखि भारत सीमासम्मको १८ किलोमिटर प्रसारण लाइन तयार

काठमाडौं । नेपाल–भारत सीमापार विद्युत् व्यापारका लागि महत्वपूर्ण मानिएको न्यू