१६ असार २०८३, मंगलबार | June 30, 2026

प्रचण्ड-नेपाल र देउवाबीच छलफल, मिलेर जाने प्रस्ताव



काठमाडौं । प्रचण्ड नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गरेका छन् ।

चितवनबाट काठमाडौं फर्किए लगत्तै अध्यक्षद्वय प्रचण्ड र नेपालले देउवा निवास पुगेर भेट गरेका हुन् । दिउँसो सवा १ बजे पुगेका प्रचण्ड नेपाल १ बजेर ३५ मिनेटमा फर्किएका थिए ।

भेटमा सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गरेपछि विकसित घटनाक्रम र उनीहरुबीच अब कसरी अगाडि बढेर जाने भन्ने बारेमा छलफल भएको देउवाका सहयोगी भानु देउवाले बताए ।

आआफ्ना पार्टीभित्र छलफल गरेर फेरि छलफलमा बस्ने सहमति भएको छ । नेकपा स्थायी कमिटी बैठक आजै अपरान्ह बस्दैछ ।

नेपाली काँग्रेसले पनि आजै पार्टी पदाधिकारी बैठक बोलाएको छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०७७, बुधबार  २ : ४९ बजे

विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा दिपक भट्टको सक्कल मिसिल झिकाउन आदेश

काठमाडौं । सर्वोच्च अदालतले एमाले उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री विष्णु पौडेलसँग

साउदी अरेबियाबाट ३३ नेपाली कैदीलाई आममाफी, कानुनी प्रक्रिया पूरा भएपछि नेपाल फर्काइने

काठमाडौं । साउदी अरेबिया सरकारले आफ्नो कारागारमा रहेका ३३ जना

पाठ्यक्रम प्रारुप पुनरावलोकन कार्यदलले पचास हजार विज्ञसँग सुझाव सङ्कलन गर्ने

काठमाडौँ । विद्यालय तहको राष्ट्रिय पाठ्यक्रम प्रारुप पुनरावलोकन कार्यदलले पाठ्यक्रम

विदेशी पीआर लिएर सम्पर्कविहीन बनेका चार निजामती कर्मचारीलाई कारवाही गरिँदै

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र

नेप्से परिसूचक २४.६३ अङ्कले घट्यो

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज