२२ बैशाख २०८३, मंगलबार | May 5, 2026

डा. केसीद्वारा २०औँ सत्याग्रह स्थगित



काठमाडौं । डा. गोविन्द केसीले २०औँ सत्याग्रह स्थगित गरेका छन् । बुधबार माइतीघरमा पत्रकार सम्मेलन गरी उनले सर्वोच्च अदालतबाट नागरिकको आवाज सुनुवाइ भएको भन्दै हाललाई सत्याग्रह स्थगित गर्ने निर्णय गरेको बताए ।

यसअघि, डा. केसीले प्रतिनिधिसभा पुनःस्थापनासहित तीनबुँदे माग राख्दै फागुन १२ गतेसम्म माग पूरा नभए आन्दोलनमा जाने घोषणा गरेका थिए । सत्याग्रह स्थगित भए पनि संसद् पुनःस्थापनाबाहेकका दुईवटा माग पूरा गर्न दबाबमूलक कार्यक्रम भने गरिरहने डा. केसीको भनाइ छ ।

यस्ता छन् बाँकी दुईबुँदे माग

१. अवैध रूपमा संवैधानिक निकायहरुमा गरिएका नियुक्ति रद्द गरियोस् ।

२. चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्र सुधारका लागि हामीसँग भएका सम्झौता कार्यान्वयन गरियोस् ।

चिकित्सा शिक्षालाई गैरनाफामूलक बनाउने, सबै सार्वजनिक शिक्षण संस्थामा पचहत्तर प्रतिशत छात्रवृत्ति कार्यान्वयन गराउनेलगायतका राष्ट्रिय चिकित्सा शिक्षा ऐनका प्रावधानहरुको कार्यान्वयन गरियोस् ।

प्रकाशित मिति : १२ फाल्गुन २०७७, बुधबार  ४ : २० बजे

उन्नाइस जिल्लामा हुलाकको घरमै सेवा : राहदानी, लाइसेन्स, शैक्षिक प्रमाणपत्रलगायत कागजात ढुवानी

काठमाडौं । सरकारले सार्वजनिक सेवा प्रवाहलाई घरदैलोमै पुर्याउने उद्देश्यसहित सुरु

रुपन्देहीका सुकुम्बासीद्वारा आन्दोलनको घोषणा, बुटवलमा बृहत प्रदर्शन गर्ने तयारी

बुटवल । रुपन्देहीका भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूले चरणबद्ध आन्दोलनका

रूपन्देहीको सैनामैनास्थित घमाहा खोलाको पुल भासिँदा राजमार्ग अवरुद्ध, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

बुटवल । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत रूपन्देहीको सैनामैनास्थित घमाहा खोलामा रहेको

रक्षा मन्त्रालयको लक्ष्यअनुसार असी प्रतिशतभन्दा बढी प्रगति

काठमाडौँ । रक्षा मन्त्रालयको चालु आर्थिक वर्षको त्रैमासिक लक्ष्यअनुसार ८०

पछिल्ला २४ घण्टामा दुई हजार २९३ सवारी चालकलाई कारबाही

काठमाडौँ । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यकाका