७ बैशाख २०८३, सोमबार | April 20, 2026

तपाईंको इम्यूनिटी पावर यी ५ तरिका सजिलै बढाउँछ



एजेन्सी । शरीरलाई स्वस्थ्त तथा स्फुर्त राख्न इम्यूनिटी पावर बलियो हुनुपर्छ । इम्यूनिटी बढाउनका लागि डाइट तथा जीवनशैली दुवै सही हुनु अत्यावश्यक हुन्छ । यहाँ इम्यूनिटी बूस्ट गर्ने ८ तरिकाबारे चर्चा गरिएको छ ।

१. निन्द्रा पूरा लिनुहोस

निन्द्रा र इम्यूनिटीबीच निकै गहिरो सम्बन्ध हुन्छ । पर्याप्त निन्द्रा नलिने मानिस धेरै बिरामी भइरहने सम्भावना हुन्छ । अध्ययनका अनुसार, मानिस ६ घन्टाभन्दा कम निन्द्रा लिन्छ भने उसलाई चिसो, रुघाखोकी लाग्ने सम्भावना बढी हुन्छ ।

त्यसकारण स्वस्थ रहनका लागि कम्तिमा पनि ८ घन्टा पर्याप्त निन्द्रा लिनुपर्छ । पर्याप्त निन्द्रा लिँदा प्राकृतिक तरिकाबाट इम्यून बूस्ट हुन्छ ।

२. प्लान्ट फूड धेरै खाने

फल, सागपात, मेवा अथवा फलेका फलफूलहरू, हरियो तरकारीहरूमा पोषक तत्व र एन्टीअक्सिडेन्टको मात्र भरपूर हुन्छ । यसले शरीरमा फ्री रेडिकल्ससँग लड्छ र कोशिकाहरूलाई सुरक्षित राख्दछ ।

यस्तो खानेकुरामा पाइने फाइबरले पेटमा राम्रो ब्याक्टेरियालाई बढाउँछ । यसले इम्यूनिटी बढ्छ भने हानिकारक जीवाणु पाचन प्रणालीको माध्यम हुँदै शरीरमा प्रवेश गर्न पाउँदैन ।

३. सुगर नियन्त्रण गर्नुहोस

अध्ययनका अनुसार, सुगर तथा रिफाइन्ड काब्र्सले मोटोपन बढाउँछ । मोटोपनले शरीरमा विभिन्न रोग निम्त्याउँछ । मोटोपन बढ्दै जाँदा मुटु रोग र मधुमेहको सम्भावना बढी हुन्छ । यसले इम्यूनिटी कमजोर बनाउँछ पनि ।

सुगर नियन्त्रण गर्ने हो भने शरीरको तौल पनि नियन्त्रणमा आउँछ भने इम्यूनिटी पनि बढ्न थाल्छ ।

४. सही मात्रामा पानी पिउनुहोस

शरीरलाई पूरै स्वस्थ राख्नका लागि पानीको मात्रा सही हुनुपर्छ । पानीको कमीका कारण पाचन प्रणाली, किड्नी लगायतको कार्यक्षमतामा समेत असर पर्छ । यसको कारण मानिस बिरामी पर्न जान्छ ।

यसबाट बच्नका लागि पानी सही मात्रामा पानी पिउनुपर्छ । बजारमा पाइने विभिन्न प्रकृतिका जुसहरू पिउनु पनि हानिकारक हुन्छ । त्यसकारण धेरै मात्रामा पानी पिउनुहोस् ।

५. एक्सरसाइज गर्नुहोस

तपाईंले आफ्नो इम्यूनिटीलाई बूस्ट गर्नका लागि शरीरलाई एक्सरसाइज गरिराख्नुपर्छ । सामान्य एक्सरसाइजले पनि इम्यूनिटी बढाउन ठूलो भूमिका हुन्छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०७७, बिहिबार  ६ : ३३ बजे

अर्थमन्त्री र विषयगत मन्त्रालयका मन्त्री तथा सचिवहरुका बीचमा बजेट तयारी छलफल

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णीम वाग्ले र विषयगत सबै मन्त्रालयका

नौ महिनामा १२ खर्ब ६७ अर्ब व्यापार घाटा

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो नौ महिनामा

संसदीय समितिका सभापति र सभामुखबीच भेट

काठमाडौं । संसदीय समितिका नवनिर्वाचित सभापतिहरुले आज सभामुख डोलप्रसाद अर्याललाई

‘लु’ को जोखिम बढ्दै, के हो लु ?, बच्ने कसरी ?

काठमाडौँ । केही दिनयता देशका अधिकांश स्थानमा तापक्रम वृद्धि हुँदा

जीतगढी किल्लालाई राष्ट्रिय सम्पदामा सूचिकृत गर्न पहल लिएका छौं : मुख्यमन्त्री आचार्य

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले ऐतिहासिक जीतगढी किल्ला