१३ बैशाख २०८३, आइतबार | April 26, 2026

जसपा नेताहरुलाई प्रचण्ड-नेपालको प्रस्ताव : प्रतिगमन विरोधी शक्ति मिलेर अघि बढौं



काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गरेपछि विकसित नयाँ राजनीतिक घटनाक्रमबारे प्रचण्ड नेपाल नेकपा र जनता समाजवादी पार्टी जसपाका नेताहरुबीच छलफल भएको छ ।

नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले आज जसपाका शिर्ष नेतृत्वसँग भेट गरेर मिलेर जान प्रस्ताव गरेका छन् ।

अध्यक्षद्वय प्रचण्ड र नेपालले जसपा नेताहरुसँग प्रतिगमन विरुद्ध लडेका दलहरु अब संसदमा पनि एक भएर अघि बढ्नुपर्ने प्रस्ताव गरेका छन् । मधेसका मुद्दाप्रति प्रचण्डले सधै सरकारात्मक रहेको बताएका थिए ।

जवाफमा जसपाका नेताहरुले संविधान बनाउने बेलामा मधेशका मागलाई लत्याएका कारण त्यो प्रतिगमन समेत सच्चिनुपर्ने माग गरेका थिए । पहिला पनि धेरै सम्झौता भएको र ती सम्झौमा धोखा पाएको स्मरण गर्दै जसपा नेताहरुले संविधान संशोधन र रेशम चौधरीको रिहाई लगायतका विषयमा चासो राखेका थिए ।

‘उहाँहरुले मिलेर जाउँ भन्नुभएको छ । हामीले ओलीको प्रतिगमन सच्चिए जस्तै संविधान बनाउने बेलामा भएको प्रतिगमन पनि सच्चिनुपर्छ भनेका छौं’ जसपा नेता राजेन्द्र महतोले भने, ‘हामीले उहाँहरुको पार्टीको आधिकारिकताको सँगसँगै संविधान संशोधन, मधेसका मुद्दाको बारेमा प्रश्न उठाएका छौं ।’

 

प्रकाशित मिति : १३ फाल्गुन २०७७, बिहिबार  १२ : ५० बजे

वर्षाका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध

रुकुमपूर्व । शनिबार साँझ परेको वर्षाका कारण रुकुमपूर्वमा मध्यपहाडी लोकमार्ग

गण्डक नहर किनारका अतिक्रमित संरचना हटाउन थालियो

वीरगञ्ज । नारायण सिँचाइ व्यवस्थापन कार्यालयले गण्डक नहर किनारमा अतिक्रमित

बुटवलका सरकारी जग्गामा बनेका घरटहरामाथि चल्यो डोजर (फोटो फिचर)

लुम्बिनी । उपमहानगरपालिका–४ स्थित उच्च अदालत तुलसीपुर बुटवल इजलास अगाडिको

‘पूर्वप्रधानमन्त्री अधिकारी – प्रतिकूल परिस्थितिमा पनि निष्ठा नत्याग्ने नेता’

काठमाडौं । नेपालका प्रथम जननिर्वाचित कम्युनिष्ट प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य बढेको छ ।