२३ आश्विन २०८३, शुक्रबार | October 9, 2026

विप्लप माओवादीका मुस्ताङ ईन्चार्ज म्याग्दीबाट पक्राउ



बेनी । विप्लप नेतृत्वको माओवादीसंग वार्ताको चर्चा चलिरहँदा सरकारले भने अदालतले रिहा गर्न आदेश दिएर रिहा भएका नेता देखि जिल्लामा रहेका विप्लप समर्थकहरुलाई धमाधम पक्राउ गरिरहेको छ । अघिल्लो साता सर्वोच्च अदालतले रिहाईको आदेश गरेपछि थुना मुक्त भएका धर्मेन्द्र वास्तोला अदालतको ढोकैबाट पक्राउ परेका थिए भने बिहिबार विप्लप माओवादीको मुस्ताङ जिल्ला ईन्चार्ज पदम पुन ‘फिल्टर’ लाई म्याग्दीबाट पक्राउ गरिएको छ ।

इलाका प्रहरी कार्यालय दरवाङको टोलीले म्याग्दीको मालिका गाउँपालिका–२ बाट पुनलाई पक्राउ गरेको म्याग्दी प्रहरीले पुष्टि गरेको छ । उनलाई बिहिबार राती सदरमुकाम बेनी पु¥याईएको छ ।

प्रहरीले नेता पुनलाई एनसेलको टावर, डोजरलगायत निर्माण उपकरणमा आगजनी, चन्दा असुलीलगायतका गतिविधिमा संलग्न भएको आरोप लगाएको छ । मुस्ताङ कार्यक्षेत्र रहेका पुन आफ्नो स्थायी घर म्याग्दीको मालिका गाउँपालिका–३मा आईपुगेको सुचनाका आधारमा प्रहरीले उनलाई पक्राउ गरेकोहो ।

पुनको पक्राउका विषयमा विप्लप नेकपाबाट अहिले सम्म कुनै प्रतिक्रिया भने आएको छैन ।

प्रकाशित मिति : १४ फाल्गुन २०७७, शुक्रबार  ९ : ०१ बजे

कांग्रेस १५ औँ महाधिवेशन : नयाँ नेतृत्व चयनका लागि बिहान ७ बजेदेखि मतदान हुँदै

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि

दसैँका लागि अग्रिम टिकट बुकिङ आजदेखि खुला, नयाँ बसपार्कमा रातिदेखि नै लाइन

काठमाडौं । दसैँमा घर जाने यात्रुका लागि सरकारले आजदेखि अग्रिम

अख्तियारद्वारा नापी अधिकृत वलीविरुद्ध आरोपपत्र दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौँ नापी कार्यालय, डिल्लीबजारअन्तर्गत

सशस्त्र प्रहरीको चाडपर्व विशेष सुरक्षा लागू, २८ हजार जनशक्ति परिचालित

काठमाडौँ । सशस्त्र प्रहरी बलले ‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना,

नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौँ । नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तरराष्ट्रिय सैनिक अभ्यास ‘एक्सरसाइज