२९ मंसिर २०८२, सोमबार | December 15, 2025

विप्लप माओवादीका मुस्ताङ ईन्चार्ज म्याग्दीबाट पक्राउ



बेनी । विप्लप नेतृत्वको माओवादीसंग वार्ताको चर्चा चलिरहँदा सरकारले भने अदालतले रिहा गर्न आदेश दिएर रिहा भएका नेता देखि जिल्लामा रहेका विप्लप समर्थकहरुलाई धमाधम पक्राउ गरिरहेको छ । अघिल्लो साता सर्वोच्च अदालतले रिहाईको आदेश गरेपछि थुना मुक्त भएका धर्मेन्द्र वास्तोला अदालतको ढोकैबाट पक्राउ परेका थिए भने बिहिबार विप्लप माओवादीको मुस्ताङ जिल्ला ईन्चार्ज पदम पुन ‘फिल्टर’ लाई म्याग्दीबाट पक्राउ गरिएको छ ।

इलाका प्रहरी कार्यालय दरवाङको टोलीले म्याग्दीको मालिका गाउँपालिका–२ बाट पुनलाई पक्राउ गरेको म्याग्दी प्रहरीले पुष्टि गरेको छ । उनलाई बिहिबार राती सदरमुकाम बेनी पु¥याईएको छ ।

प्रहरीले नेता पुनलाई एनसेलको टावर, डोजरलगायत निर्माण उपकरणमा आगजनी, चन्दा असुलीलगायतका गतिविधिमा संलग्न भएको आरोप लगाएको छ । मुस्ताङ कार्यक्षेत्र रहेका पुन आफ्नो स्थायी घर म्याग्दीको मालिका गाउँपालिका–३मा आईपुगेको सुचनाका आधारमा प्रहरीले उनलाई पक्राउ गरेकोहो ।

पुनको पक्राउका विषयमा विप्लप नेकपाबाट अहिले सम्म कुनै प्रतिक्रिया भने आएको छैन ।

प्रकाशित मिति : १४ फाल्गुन २०७७, शुक्रबार  ९ : ०१ बजे

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको २ लाख ६० हजार नाघ्यो

काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

एमाले ११ औं महाधिवेशन : पोखरेल समूहको पदाधिकारी टिम करिब टुंगियो

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष

एमालेमा मन र मत मिलाउने प्रयास

काठमाडौं । “अध्यक्ष कमरेड, पार्टीभित्र एकताका लागि सङ्ख्या होइन, मन

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार