१२ चैत्र २०८२, बिहिबार | March 26, 2026

नेपाल अतिकम विकसित देशबाट विकासशील देशमा स्तरोन्नती सिफारिस



काठमाडौं । नेपाललाई अति कम विकसित देशबाट विकासशील देशमा स्तरोन्नती गर्न संयुक्त राष्ट्रसंघको विकास नीतिसम्बन्धी समितिले सिफारिस गरेको छ ।

समितिले नेपालसहित लाओस र बंगलादेशलाई समेत स्तरोन्नती गर्न सिफारिस गरेको हो । पाँच वर्षको तयारी अवधी पुरा गरेपछि सन् २०२६ बाट यो स्तरोन्नती कार्यान्वयनमा आउनेछ । कम्तिमा तीन क्षेत्रमा तोकिएको मापदण्ड पूरा गरेपछि स्तरोन्नति हुनका लागि योग्य हुनेछ ।

स्तरोन्नतिका मुख्य मापदण्ड रहेका प्रतिव्यक्ति आय, मानव विकास सूचकांक र आर्थिक जोखिम सूचकांक मध्ये नेपालले दुई सूचकांकका तोकिएको मापदण्ड पार गरिसकेको छ । प्रतिव्यक्ति आयको सुचकांक पुरा गर्न बाँकी रहेकोछ । २०१५को भूकम्प र कोरोना महामारीका कारण नेपालको प्रतिव्यक्ति आयको सुचकांक पुरा हुन बाँकी रहेको छ ।

गत फागुन १० गतेदेखि १४ गतेसम्म बसेको बैठकमा स्तरोन्नतीका लागि तोकिएको मापदण्ड नेपालले लगातार तीन समीक्षा बैठकमा पुरा गरेको निस्कर्ष निकालिएको थियो । सोही निस्कर्षका आधारमा नेपाललाई सन् २०२६ देखि लागु हुनेगरी स्तरोन्नती गर्ने सिफारिस भएको हो ।

समितिबाट भएको सिफारिसलाई संयुक्त रास्ट्रसंघको आर्थिक तथा सामाजिक परिसदले स्वीकृत गर्नुपर्ने संयुक्त रास्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगले जनाएको छ ।

२०२६बाट स्तरोन्नती हुनेभएपछि नेपालले अल्पविकसित मुलुकमा रुपमा पाइरहेको सुबिधा सन् २०२२देखि २०२६सम्म निरन्तर पाउनेभएको छ ।

 

 

प्रकाशित मिति : १५ फाल्गुन २०७७, शनिबार  ११ : ५५ बजे

दाङमा धारिलो हतियार प्रहार गरि श्रीमानले गरे श्रीमतीको हत्या

दाङ । दाङमा श्रीमानको धारिलो हतियार प्रहारबाट श्रीमतीको हत्या भएको

बुटवलमा भोलीदेखी दुई दिने बि-टु-सी समिट हुँदै

बुटवल । कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासंघ रूपन्देहीको आयोजनामा सूचना

सञ्चयकर्ता तथा योगदानकर्ताको खातामा मुनाफाको रकम जम्मा

काठमाडौँ । कर्मचारी सञ्चय कोषले गत आर्थिक वर्ष २०८१/८२ मा

जाँदाजाँदै प्रधानमन्त्रीको बिदाइ सम्बोधन (पूर्णपाठ)

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले प्रधानमन्त्री पदबाट बिदा हुने पूर्वसन्ध्यामा

वर्तमान निर्वाचन प्रणालीले कुनै दलले बहुमत ल्याउँदैन भन्ने भाष्यलाई गलत साबित : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान निर्वाचन प्रणालीमा कुनै दलले