१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

‘ओलीको रणनीति : माधवलाई निचोर्ने, आफुलाई किचिक्क पार्ने’ : प्रचण्ड



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओलीले माधव नेपाललाई निचोरेर आफुलाई किचिक्क पार्ने रणनीतिमा रहेको बताएका छन् ।

शनिबार ललितपुरको जाउलाखेलमा नेकपा सम्बद्ध शिक्षकहरूको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले विगतको स्मरण गर्दै ओलीले माधव नेपाललाई चार जिल्लामा मात्रै सीमित गर्ने र अनेत्र आफुलाई किचिक्कै पार्ने दाउमा रहेको बताएका हुन् ।
प्रचण्डले आफुले ओलीको जालझेल बुझ्न सफल भएको पनि बताए ।

तत्कालिन एमाले र माओवादी केन्द्रबीचको एकताको क्रममा सबैतिर आफ्नो मात्रै बर्चस्व कायम गर्न चाहे पनि ओली सफल नभएको उनले टिप्पणी गरे । उनले भने ‘प्रचण्डलाई उपयोग गर्ने र चार जिल्लामा मात्रै नेपाल पक्षलाई अध्यक्ष र अन्य पदाधिकारी दिने र माधवलाई निमोठेर सिध्याउने र प्रचण्डलाई किचिक्क पार्छु भन्ने रणनीति थियो। उनले एक महिनापछि मात्रै आफूले ओलीको रणनीति बुझेको बताए।

पार्टी एकता पछि ओलीले आफुलाई बैठकको अध्यक्षता गर्न समेत आफूलाई नदिई दुई नम्बरमा झारेको बताए । अध्यक्षता आलोपालो गर्ने भनेको तर ओलीले एक दिन पनि नमानेको बताउँदै प्रचण्डले भने, ‘तीनवटा भोटो बढी फटाएको भनेपछि भैगो त भनेर म फकिईहालेँ । पछि त उहाँले मलाई दुई नम्बरी बनाइदिनुभयो । उहाँ एक नम्बरी, म दुई नम्बरी रे ।’

तर पार्टी एकताको बेलामा भने ओलीले एमाले हाँक्ने दोस्रो नेता कोही नभएको बताएको पनि प्रचण्डले दाबी गरे । ‘अहिले भने एमाले भनेको हामी हो भन्दै भ्रम फिँजाइदैछ । उता प्रचण्डसँग जानेहरु भनेका त माओवादी मात्रै हुन्’, उनले भने, ‘हिजो ओली नै हुन् एमाले सम्हाल्ने मान्छे तपाई नै हो भनेर मैले ल्याएको हुँ भन्थे । त्यो जालझेल त एक महिनामै देखियो ।’

अध्यक्ष प्रचण्डले आधिकारिक नेकपा आफुहरु नै भएको र वैधानिकताको पनि आफूहरुले प्रतिनिधित्व गर्ने बताए।

प्रकाशित मिति : १५ फाल्गुन २०७७, शनिबार  २ : ३१ बजे

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्च अदालतबाट अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम