१५ फाल्गुन २०८२, शुक्रबार | February 27, 2026

बेलुकाको खाना यसकारण चाँडै खानुहोस !



एजेन्सी । धेरैजसो मानिसहरुको बेलुका ढिला खाना खाने बानी हुन्छ । तर बेलुका ढिला खाना खानु स्वास्थ्यको लागि हानिकारक मानिन्छ । सकभर बेलुकीको खाना छिटो खानु स्वास्थ्यको दृष्टिले धेरै राम्रो मानिन्छ ।

हेर्नुहोस् बेलुकी छिटो खाना खानुको फाइदाहरु के-के छन् ?

१. तौल नियन्त्रणमा रहन्छ । यदि तपाईं तौल नियन्त्रणमा राख्न चाहनुहुन्छ भने बेलुकीको खाना चाँडै खानुहोस ।

२. छाति पोल्दैन । अधिकांश मानिसको खाना खाएपछि सिधै बेडमा जाने बानी हुन्छ । यसो गर्नाले स्वास्थ्य खराब हुन सक्छ र छाति पोल्ने समस्या आउन सक्छ । चाँडै खाना खानुहुन्छ भने यो समस्या आउँदैंन ।

३. अधिक उर्जा पाउँन सकिन्छ । बेलुकाको खाना अबेर खाने हो भने बिहानको नास्ता खान त्यति मन लाग्दैन, जसबाट दिनभर उर्जाको कमी हुन सक्छ ।

४. हल्का महसूस हुन्छ । यदि बेलुकाको खाना सही समयमा खाइन्छ भने अर्को दिन भोक लाग्छ र समयमै तपाईंले खाना खानुहुन्छ ।

५. गहिरो निन्द्रा पर्छ। राति ढिला खाना खानाले निन्द्रा पनि ढिलै लाग्छ र निद्रा पूरै लाग्दैन । यसविपरित चाँडै खाना खानाले निद्रा नआउने समस्या केही हदसम्म कम गर्न सकिन्छ र यसबाट शरीरको चक्र पनि व्यवस्थित हुन्छ ।

६. पाचनका लागि बढी समय उपलब्ध हुन्छ । जति खाना खायो, उति नै पच्नुपनि पर्छ । खाना खाएपछि त्यसलाई पच्न समय लाग्छ । यदि चाँडै खाना खाने हो भने त्यसलाई पचाउने समय पनि पाइन्छ र यसबाट बिहान ताजा अनुभूति पनि हुन्छ ।

७. पेटको रोग कम हुन्छ । सही समयमा खाना खानाले पूर्ण रुपमा पच्छ, यसबाट पेट सधैं सफा रहन्छ । पेट दुख्ने, ग्यास र अपचको समस्या पनि हुँदैंन । यसका अलावा छाला पनि चम्किलो हुन्छ।

८. चाहेको खान सकिन्छ । चाँडै खाना खाँदा तपाईं आफैं निर्धारण गर्न सक्नुहुन्छ के-के खाने भनेर । यदि खाना खाएपछि डेजर्ट खान मन लाग्छ भने तपाईं आरामले खान सक्नुहुन्छ, किनकि खाना पहिले नै पचिसकेको हुनेछ । एजेन्सीको सहयोगबाट

प्रकाशित मिति : १५ फाल्गुन २०७७, शनिबार  ७ : ३२ बजे

निर्वाचन दुई अतिवाद विरुद्धको संघर्ष हो, नेकपा पहिलो पार्टी बन्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले

भ्रष्टाचार प्रकरणमा आप प्रमुख अरविन्द केजरीवाललाई अदालतको क्लिनचिट

नयाँ दिल्ली। दिल्लीका पूर्व मुख्यमन्त्री तथा आम आदमी पार्टी (आप)का

आगामी वर्षको कर नीतिबारे सुझाव दिन राजस्व परामर्श समिति गठन

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माण प्रक्रिया

भड्किला भाषणले देश बन्दैन, समस्या समाधानका लागि कानुन सुधार आवश्यक छ : सभापति थापा

बुटवल । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले भड्किला र उत्तेजक

होलीका नाममा सार्वजनिक स्थानमा भीड जम्मा नगर्न काठमाडौं प्रशासनको निर्देशन, मदिरा वेचविखनमा रोक

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले होली पर्व मनाउँदा शान्तिसुरक्षा