१६ असार २०८३, मंगलबार | June 30, 2026

प्रधानमन्त्री ओलीको चुनौती : अविश्वासको प्रस्तावबाट हटाएर त देखाऊ !



झापा। प्रधानमन्त्री केपी शर्मा ओलीले आफुलाई प्रधानमन्त्री पदबाट कसैले हटाउन नसक्ने दाबी गरेका छन् ।

झापामा आइतबार चाइना नेपाल फ्रेण्डसीप इन्डस्ट्रियल पार्कको शिलान्यास गर्दै प्रधामन्त्री ओलीले आफु पहिला भन्दा पनि झन शक्तिशाली भएको दाबी गरे । ओलीले अविश्वासको प्रस्ताव ल्याएर हटाएर देखाउन प्रचण्ड–माधव पक्षलाई चुनौती दिए ।

ओलीले कसैले मुद्दा जिताइदिएर आफु प्रधानमन्त्री नभएको जिकिर गर्दै जनताको साथ रहेसम्म कसैले हटाउन नसक्ने बताए उनले भने, एर कसैले आफूलाई प्रधानमन्त्री नबनाएको बताएका छन्। ‘पहिले पनि अविश्वास राखेर हटाएको हो, म जनताबाट फर्किएर आएको हुँ’, उनले भने, ‘फेरि हटाउन सक्नुभएछ भने जनताबाट दुई तिहाई लिएर आइदिन्छु ।’

पुनर्स्थापना चिन्ताको विषय नभएको बताउँदै ओलीले भने, ‘‘मुद्दा जिताइदिएर कसैले मलाई प्रधानमन्त्री बनाएको होइन। तपाईंहरूले प्रधानमन्त्री बनाउनुभएको हो। जबसम्म नेपाली जनता मेरो साथमा छ, मेरा टाउकामाथि तपाईंको हातको आशिर्वाद जब छ तबसम्म मुद्दा त के भो र ?’

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा पुनर्स्थापनापछि प्रचण्ड र माधव नेपालले नन्दी भृङ्गीसँग मिलेर आफुलाई हटाउन खोजेको आरोप लगाए । चितवनबाट फर्के पछि काठमाडौं एयरपोर्टको रहेको घरको दिशा दक्षिणतिर जानुपर्नेमा उत्तरतिर गएकोमा व्यंग गर्दै ओलीले नन्दी भृंगीहरुसँग मिलेर सरकार बनाउन दर्खास्त हालेको आरोप लगाए । ओलीले भने, ‘प्रभु ! संसद पुनर्स्थापना भइसक्यो, यो केपी ओलीलाई हटाउन सकिँदैन । प्रभुले प्रधानमन्त्री स्वीकार गरिदिनुपर्‍यो । विभिन्न थरी नन्दी भृङ्गी मिलेर सरकार बनाऊँ ।’

प्रचण्ड र माधव नेपाललाई मिस्टर कम्फर्टेवल र हेल्लो मिस्टर भन्दै व्यङ्ग समेत गरे । ‘एउटा मिस्टर हेल्लो अर्को मिस्टर कम्फर्टेबल, दुइटा मिस्टरले देशलाई बरबाद पार्न लागेका छन्,’ उनले भने।

 

 

प्रकाशित मिति : १६ फाल्गुन २०७७, आइतबार  ५ : १५ बजे

विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा दिपक भट्टको सक्कल मिसिल झिकाउन आदेश

काठमाडौं । सर्वोच्च अदालतले एमाले उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री विष्णु पौडेलसँग

साउदी अरेबियाबाट ३३ नेपाली कैदीलाई आममाफी, कानुनी प्रक्रिया पूरा भएपछि नेपाल फर्काइने

काठमाडौं । साउदी अरेबिया सरकारले आफ्नो कारागारमा रहेका ३३ जना

पाठ्यक्रम प्रारुप पुनरावलोकन कार्यदलले पचास हजार विज्ञसँग सुझाव सङ्कलन गर्ने

काठमाडौँ । विद्यालय तहको राष्ट्रिय पाठ्यक्रम प्रारुप पुनरावलोकन कार्यदलले पाठ्यक्रम

विदेशी पीआर लिएर सम्पर्कविहीन बनेका चार निजामती कर्मचारीलाई कारवाही गरिँदै

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र

नेप्से परिसूचक २४.६३ अङ्कले घट्यो

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज