१८ बैशाख २०८१, मंगलबार | April 30, 2024

प्रचण्ड-नेपाल नेकपाले स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बोलाउने



काठमाडौं । प्रचण्ड नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले पार्टीको स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बोलाउने भएको छ ।

सिंहदरबारस्थित नेकपा संसदीय दलको कार्यालयमा बसेको सचिवायल बैठकले छिट्टै दुबै कमिटीका बैठक बोलाउने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। केन्द्रीय कमिटीको बैठक यही फागुन १९ गते दिउँसो १ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्नेछ । स्थायी कमिटी बैठक केन्द्रीय कमिटी बैठक अघि बस्नेछ ।

बैठकले पार्टीको आधिकारिकता विवाद छिटो टुंग्याउन निर्वाचन आयोगलाई आग्रह गर्ने निर्णय पनि गरेको छ । बैठकमा पुनर्स्थापित प्रतिनिधिसभा बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल भएको प्रवक्ता श्रेष्ठले बताए । प्रमुख सचेतक देव गुरुङलाई हटाउने निर्णय आफूहरुलाई मान्य नहुने प्रवक्ता श्रेष्ठले बताए ।

प्रतिनिधिसभा पुनर्स्थापित भएपछि पनि प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिए पछि उनी विरुद्ध कस्तो रणनीति बनाउने भन्ने विषयमा पनि सचिवालयमा छलफल भएको छ । प्रधानमन्त्री ओली विरुद्ध सडकको संघर्ष संसदमा प्रवेश गरेपनि प्रचण्ड नेपाल पक्षलाई कतिपय कानुनी अड्चनका कारण समस्या परेको छ ।

निर्वाचन आयोगले पार्टी विभाजनलाई मान्यता नदिँदा त्यसको प्रभाव नेकपा संसदीय दलमा परेको छ । व्यवहारिक रुपमा पार्टी र संसदीय दल फुटे पनि कानुनतः फुट नदेखिएको हुँदा संसदीय दलको नेता उपनेता र मुख्य सचेतकको भूमिकाको विषय पेचिलो बन्ने देखिन्छ । जसका कारण ओली विरुद्धको रणनीति बनाउन प्रच्ण्ड नेपाल पक्षलाई समस्या परिरहेको हो ।

सचिवालय बैठकमा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ सहभागी थिए ।

सर्वोच्च अदालतको आदेशपछि सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिभाको बैठक यही फागुन २३ गते आह्वान गरेकी छिन् ।

प्रकाशित मिति : १७ फाल्गुन २०७७, सोमबार  ११ : २१ बजे

‘पुजार सार्की’ को दोस्रो गीत ‘रिमै’ सार्वजनिक

काठमाडौं । दिनेश राउतको निर्देशनमा बनेको फिल्म ‘पुजार सार्की’ को

कपिलवस्तुको पकडीमा एभरेष्ट बैंकको चौंथो एक्स्टेन्सन काउन्टर उद्घाटन

बुटवल । कपिलवस्तुको पकडीमा एभरेष्ट बैंक लिमिटेडको चौंथो एक्स्टेन्सन काउन्टर

ओलीले भने- इलामको विकासको जिम्मा सुहाङले लिन्छन्

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले इलामको विकासको

मतदाताको शिर झुक्न दिने छैन : सांसद नेम्बाङ

इलाम । इलाम क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित

जापानमा आर्थिक वर्ष २०२३ मा रोजगारीको उपलब्धता घट्यो

टोकियो । जापानको रोजगार उपलब्धता अनुपात आर्थिक वर्ष २०२३ मा