१७ बैशाख २०८१, सोमबार | April 29, 2024

प्रचण्ड-नेपाललाई गृहमन्त्री थापाको सुझाव : आत्मालोचना गर, पार्टी एकतामा आऊ, सच्चिने अवसर नगुमाऊ !



पोखरा । गृहमन्त्री एवम् ओली नेकपाका नेता रामबहादु थापाले प्रधानमन्त्री विरुद्धको अविश्वासको प्रस्ताव फिर्ता लिएर पार्टीमा फर्किन आग्रह गरेका छन् ।

पोखरामा ओली पक्षीय कार्यकर्ता भेलाललाई सम्बोधन गर्दै नेता गृहमन्त्री थापाले प्रचण्ड नेपाललाई पार्टी एकता जोगाउने अन्तिम अवसर भएको बताउँदै अविश्वासको प्रस्तावतिर नलाग्न सुझाव दिएका हुन् ।

अविश्वासको प्रस्ताव फिर्ता लिएर सच्चिएर भदौ २६ को निर्णयमा फर्किन उनले आग्रह गरे । उनले भने, तपाईंहरुलाई सच्चिने अन्तिम अवसर छ । अविश्वास प्रस्तावलाई फिर्ता गरेर पार्टी एकताका निम्ति भदौ २६ मा फर्किनुहोस् । आत्म आलोचनसहित भदौ २६ को निर्णय पालना गर्नुहोस् र एकतामा सहयोग पुयाउनुहोस् ।’

गृहमन्त्री थापाले प्रचण्डले ‘कर्फर्टेबल सरकार’ को नाममा राष्ट्रिय स्वाधीनातामा अतिक्रमण गर्ने कोसिस गरेको आरोप लगाए । उनले भने, ‘तर, एकथरी हाम्रा कमरेडहरू कम्फर्टेबल सरकार बनाएर राष्ट्रिय स्वाधीनतालाई अतिक्रमण गर्न चाहन्छन् । समाजवाद रोक्न चाहन्छन् ।’

थापाले सर्वोच्च अदालतको फैसलाले देशमा अस्थिरता निम्तिने दाबी गरे । संसद विघटन गर्ने प्रधानमन्त्रीको कदम सही रहेको बताउँदै उनले अदालतको फैसलाबाट देश अस्थिरतामा जान लागिसकेको बताए ।

संसदमा अब हुने लडाईंमा आफुहरुको विजय हुने पनि थापाले दाबी गरे । उनले भने, ‘अब संघर्ष अदालत र सडकबाट संसदमा प्रवेश गरेको छ । यो नयाँ मोर्चामा हामीले विजय प्राप्त गर्ने छौं, हामीले विजय प्राप्त गर्नैपर्छ ।’

प्रकाशित मिति : १७ फाल्गुन २०७७, सोमबार  ३ : ३४ बजे

बुटवल आदर्शनगरको सिद्धेश्वरी सामुदायिक बनको डढेलो बस्ती नजिक झर्दै, सुरक्षा सतर्कता बढाइयो

बुटवल । बुटवल उपमहानगरपालिकाको आदर्शनगर माथिको सिद्धेश्वरी सामुदायिक बनमा लागेको

गुल्मीको छत्रकोटमा पैचो नमुना कृषि उत्पादन केन्द्र सञ्चालनमा

गुल्मी । पैचो पसल प्रालीले गुल्मीको छत्रकोटमा पैचो नमुना कृषि

नक्कली सवारी अनुमति पत्र प्रकरण : यातायात कार्यालय बुटवलका शाखा अधिकृत र इन्जिनीयर सहित ३ जना पक्राउ

बुटवल। नक्कली सवारी चालक अनुमति पत्र (लाइसेन्स) प्रकरणको जालो बुटवल

१७ वर्षीय किशोरको मलामी बोकेको ट्याक्टरले किचेर ३ वर्षीय बालकको मृत्यु

खजुरा । बाँकेको खजुरामा माटोको ढिस्कोले पुरेर मृत्यु भएका एक

सूचना प्रविधिमा लगानी गरी मनग्य लाभ लिन सञ्चारमन्त्रीको आह्वान

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधि