३ आश्विन २०८३, शनिबार | September 19, 2026

रुपन्देही सुपरलिग : बुद्ध क्रिकेट क्लब सेमिफाइनलमा



भैरहवा । भैरहवास्थित सिद्धार्थ रंगशालामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिता अन्तर्गत सोमबार भएको डिभिजन ‘ए’को खेलमा बुद्ध क्रिकेट क्लबले बुटवल–११ लाई ७ रनले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको छ ।

टस जितेर ब्याटिङमा आएकोे बुद्धले निर्धारित ५० ओभरमा ४७.२ ओभर खेल्दै सबै विकेट गुमाएर १९९ रनको योगफल बनायो । उसका लागि रिजन प्रजुले ३५, निखिलेश यादवले २९, अमित अग्रहरीले २४ र निखिल यादवले १५ रन बनाए । बलिङमा बुटवल–११ का सुधन श्रेष्ठ र प्रकाश केसीले ३/३, इशान पाण्डेले २ तथा एजाज आलम र तौसिफ आलमले समान १÷१ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको बुटवल–११ ले ४४.२ ओभरमा सबै विकेट गुमाउँदै १९२ रन बनायो । उसका लागि सोनु तामाङले ४८, हिमाल पुनले ४३, इशान पाण्डेले २५ र तौसिफ आलमले २१ रन बनाए । बलिङमा बुद्धका अमित अग्रहरीले ३, रुपेश कुर्मी र अजय त्रिपाठीले २÷२ तथा विपिन खत्री र रिजन प्रजुले समान १/१ विकेट लिए । अमित अग्रहरी म्यान अफ द म्याच भए । मंगलबार डिभिजन ‘ए’ का एक्सपर्ट जीआर क्रिकेट क्लब र देवदह क्रिकेट युनिटबीच प्रतिस्पर्धा हुने आयोजक संस्था रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्त विक्रम मल्लले जनाकारी दिए ।

प्रतियोगिताको विजेता टिमले ८० हजार रुपैयाँ र ट्रफी तथा उपविजेताले ४० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछन् । यस्तै, म्यान अफ द सिरिजलाई १५ हजार, बेष्ट ब्याट्सम्यान, बेष्ट बलर, उदयीमान खेलाडी र म्यान अफ द फाइनललाई ५÷५ हजार तथा प्रत्येक दिनको म्यान अफ द म्याचलाई १ हजार रुपैयाँ प्रदान गरिने छ । नेपाल टेलिकम मुख्य प्रायोजक रहेको प्रतियोगिताको सहप्रायोजकमा विके ज्वेलर्स र सगरमाथा इन्स्योरेन्स छन् ।

प्रकाशित मिति : १७ फाल्गुन २०७७, सोमबार  ६ : २५ बजे

राष्ट्रिय एकता र हातेमालोबाट विकास र समृद्धितर्फ अघि बढ्नुपर्छ : रेग्मी

काठमाडौं । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले कठिन परिस्थितिमा पनि राष्ट्रिय

संविधानको रक्षा र राष्ट्रिय एकता सुदृढ गर्न एकताबद्ध हुनुपर्छ : ओली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी

संविधानका उपलब्धिलाई जनताको जीवनसँग जोड्नु मुख्य दायित्व : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानसभाबाट

संविधानको पूर्ण पालना र जवाफदेही प्रशासन आजको आवश्यकता : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको पूर्ण पालना र जवाफदेही

आज कागे अष्टमी पर्व मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष भाद्र शुक्ल अष्टमीका दिन मनाइने कागे