१६ असार २०८३, मंगलबार | June 30, 2026

प्रकाण्डको नेतृत्वमा विप्लव नेकपाको वार्ता टोली गठन



काठमाडौं । सरकारले वार्ता टोली गठन गरेपछि नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले पनि वार्ता टोली बनाएको छ ।

विप्लव नेकपाले पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’को नेतृत्वमा दुई सदस्यीय वार्ता टोली बनाएको हो । विश्वकर्मासहित दीपक चलाउनेको नेतृत्वमा दुई सदस्यीय टोली गठन गरेको नेकपाले जनाएको छ ।

नेकपाले सरकारसँग वार्ताका लागि सहज वातावरण बनाउन आग्रह गरिरहेको छ । जेल र हिरासतमा रहेका नेता कार्यकर्ताको रिहा, हातहतियारसम्बन्धी मुद्दा फिर्ता गर्नुपर्ने जस्ता शर्त राखेको यो समुहले सरकारसँग अनौपचारिक छलफल सकारात्मक बनेपछि औपचारिक वार्ताका लागि तयार भएको थियो । सोही कारण आज सरकारबाट वार्ता टोली गठन भएलगत्तै यो समुहले वार्ता टोली गठन भएको जानकारी गराएको हो । सरकारी वार्ता टोलीको नेतृत्व गृहमन्त्री रामबहादुर थापाले गरेका छन् । प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई सदस्य रहेका छन्

सरकार र विप्लव समुहबीच छिट्टै वार्ता हुने बताइएको छ । सरकारले यो समुहमाथि लगाएको प्रतिबन्ध हटाउन लागेको जानकारी सरकारका प्रवक्ता पार्वत गुरुङले जानकारी गराएका छन् । विप्लव समुहको वार्ता टोलीले आफ्नो पक्षको बैठक बसेर वार्ताका एजेण्डा तय गर्ने जनाएको छ ।

सरकारले हिंसात्मक गतिविधि बढाएको भन्दै विप्लव नेकपामाथि ०७५ फागुन २८ मा प्रतिबन्ध लगाएको थियो ।

 

प्रकाशित मिति : १८ फाल्गुन २०७७, मंगलबार  २ : १२ बजे

विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा दिपक भट्टको सक्कल मिसिल झिकाउन आदेश

काठमाडौं । सर्वोच्च अदालतले एमाले उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री विष्णु पौडेलसँग

साउदी अरेबियाबाट ३३ नेपाली कैदीलाई आममाफी, कानुनी प्रक्रिया पूरा भएपछि नेपाल फर्काइने

काठमाडौं । साउदी अरेबिया सरकारले आफ्नो कारागारमा रहेका ३३ जना

पाठ्यक्रम प्रारुप पुनरावलोकन कार्यदलले पचास हजार विज्ञसँग सुझाव सङ्कलन गर्ने

काठमाडौँ । विद्यालय तहको राष्ट्रिय पाठ्यक्रम प्रारुप पुनरावलोकन कार्यदलले पाठ्यक्रम

विदेशी पीआर लिएर सम्पर्कविहीन बनेका चार निजामती कर्मचारीलाई कारवाही गरिँदै

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र

नेप्से परिसूचक २४.६३ अङ्कले घट्यो

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज