२२ बैशाख २०८१, शनिबार | May 4, 2024

पूर्वसर्त कार्यान्वयन भए जुनसुकै बेला वार्तामा बस्न विप्लव पक्ष तयार, सरकारले सर्त पालना नगरेकाले मंगलबार वार्ता भएन



काठमाडौं । सरकारले वार्ता टोली बनाएपनि वार्ताको वातावरण नबनाएपछि मंगलबार हुने भनिएको सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको प्रतिवन्धित नेकपासँग वार्ता हुन सकेन । सरकारले वार्ता टोली गठन गरेपनि वार्ताको वातावरण बनाउन नसक्दा मंगलबार वार्ता हुन नसकेको हो । विप्लव पक्षले वार्ताका लागि न्युनतम पार्टीमाथि लागेको प्रतिबन्ध फुकुवा र सरकारले पक्राउ गरेका नेता कार्यकर्ताहरुलाई विनासर्त रिहा गर्ने सर्त राखेको थियो ।

सरकार पक्ष भने विप्लव पक्षका सर्तहरुका सम्बन्धमा पनि वार्ताकै टेवलमा सम्वाद गरेर समाधान गर्ने पक्षमा देखिएको छ । कानुनीरुपमा प्रतिबन्धित पार्टीसँगै वार्ता गरेर सरकारी एजेण्डा विप्लव पक्षलाई स्विकार गराएर मात्र सर्तहरु कार्यान्वयन गर्ने सरकारको रणनीति भएको बुझिएको छ ।

सरकारले गृहमन्त्री रामबहादुर थापा बादल संयोजक र प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई सदस्य रहेको वार्ता टोली गठन गरेको छ भने विप्लवले खड्बहादुर विश्वकर्मा प्रकाण्डको नेतृत्वमा उदय चलाउने दिपक सदस्य रहेको वार्ता टोली सार्वजनिक गरेको छ ।

सार्वजानिकरुपमा शान्ति प्रतिको ईमान्दारिताका लागि वार्ता गर्ने भनिएपनि सरकारको अडानले कमजोर बनेको विप्लव पक्षलाई सम्मानजनक आत्मसमर्पण गराउने रणनीतिमा सरकार रहेको अनुमान गरिएको छ । वार्ताका लागि विप्लव समूहका नेताहरु सोमबार नै राजधानी प्रवेश गरिसकेका छन् ।

विप्लव पक्षको वार्ता टोली निकट स्रोतका अनुसार सरकारले पूर्व सर्तहरु अनुरुप थुनामा रहेका नेता कार्यकर्तालाई रिहा र पार्टीमाथिको प्रतिबन्ध फुकुवा भए जुनसुकै बेला वर्तामा बस्न तयारी अवस्थामा सो पक्षले वार्ता टोलीलाई राखेको छ ।

हिंसात्मक तथा आतंककारी गतिविधि गरेको भनी सरकारले २०७५ फागुन फागुन २८ गते विप्लव समूहमाथि प्रतिबन्ध लगाएको थियो। पार्टीलाई प्रतिबन्ध लगाएसँगै विप्लव पक्षका नेता कार्यकर्ताहरुलाई धरपकड गर्दै पक्राउ गर्ने अभियानमा लागेको सरकारले पक्राउ परेका अधिकांस नेता कार्यकर्ताहरुलाई विस्फोटक पदार्थ, हिंसात्मक तथा गतिबिधि, अराजकता फैलाएको जस्ता आरोपमा मुद्दा चलाएको छ ।

 

प्रकाशित मिति : १९ फाल्गुन २०७७, बुधबार  ७ : ४४ बजे

टी-२० विश्वकप खेल्ने नेपाली टिम आइतबार अमेरिका जाँदै

काठमाडौं । टी-२० विश्वकप क्रिकेट खेल्न जाने नेपाली टिमको बिदाइ

गण्डकीका मुख्यमन्त्रीले आइतबार विश्वासको मत लिने

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आइतबार वैशाख २३

रास्वपाले पार्टी स्थापनादेखिकै समिक्षा गर्ने, महामन्त्रीलाई प्रतिवेदन बनाउने जिम्मेवारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले इलाम-२ को उपनिर्वाचनको

भन्सारबाट उठेको सतप्रतिशत रकम राज्य कोषमा दाखिला हुनुपर्छ, कर्मचारीलाई कमिसन किन ? : सांसद साह

काठमाडौं । आम जनता पार्टी पार्टीले राजस्व छल्नेविरुद्ध नौ महिनादेखि

काठमाडौं महानगरले अग्नि प्रभावित गुल्मी र दाङका २ पालिकालाई १०-१० लाख अनुदान दिने

काठमाडौं । काठमाडौं महानगरपालिकाले अग्नि प्रभावित लुम्बिनी प्रदेश, गुल्मी जिल्लाको