११ भदौ २०८३, बिहिबार | August 27, 2026

देवदहमा बौद्ध विश्वविद्यालय डीन कार्यालय



बुटवल । बुद्ध मावली देवदहमा लुम्बिनी बौद्ध विश्वविद्यालय डीन कार्यालय सञ्चालनमा ल्याएको छ । नया शैक्षिक सत्रदेखि देवदहबाटै तीन वटा कक्षा सञ्चालन गर्ने योजनासहित डीन कार्यालय खोलेको हो ।

सरकारले यस अघिनै विश्वविद्यालयका लागि देवदहमा करिव ९० विगाहा जमिन उपलब्ध गराउने निर्णय गरेको छ । शुक्रबारबाट स्कुल अफ डेभलपमेन्ट स्टडिज एण्ड एप्लाइड साइन्सको डीन कार्यालय देवदहमा खुलेको हो । देवदहमा विश्वविद्यालयले नयाँ पूर्वाधार निर्माण गर्ने योजना समेत बनाएको छ ।

अर्थमन्त्री विष्णु पौडेलले शुक्रबार विहान एक कार्यक्रमकाबीच डीन कार्यालयको उद्घाटन र नयाँ पूर्वाधार निर्माण स्थलको अवलोकन गरेका छन् ।

सो अवसरमा बोल्दै पौडेलले बौद्ध विश्वविद्यालयलाई विश्वस्तरमा चिनिने बनाउनुपर्ने बताए । ‘बौद्ध क्षेत्र, शिक्षामा अनुसन्धानसहित बहुविषयमा यसलाई विश्वस्तरमा चिनिने विश्वविद्यालय बनाउनुपर्छ, उनले भने । विश्वविद्यालको विकासका लागि सरकारले लगानी गर्ने उनले विश्वास दिलाए ।

देवदहमा करिव सय विगाहा जमिन प्राप्तीले समग्र क्षेत्रको विकासमा उचाई पुगेको बताउँदै पौडेलले विश्वविद्यालयको पूर्वाधार र सडक पूर्वाधार एकैसाथ निर्माण गर्दै यसलाई पर्यटकीय क्षेत्रकै रुपमा विकास गर्नुपर्ने आवश्यकता रहेको बताए । देवदहको विकासका लागि सरकारका सकारात्मक रहेको भन्दै आवश्यक योजना बनाएर ल्याउन समेत उनले आग्रह गरे ।

सो अवसरमा बोल्दै प्रतिनिधिसभाका सांसद छबिलाल विश्वकर्माले निकै मेहनतले देवदहमा विश्वविद्यालयले जग्गा प्राप्ती गरेको भन्दै अव यसको पूर्वाधार विकासमा प्राथमिकता दिनुपर्ने बताए । ‘यो हजारौं विद्यार्थीले भरिएको विश्वविद्यालय बन्नेछ, त्यसका लागि अहिलेदेखि नै दीर्घकालका लागि महत्व राख्ने गरी योजना बनाउनुपर्छ, उनले भने ।

सो अवसरमा प्रदेश सांसद कृष्ण न्यौपाने, देवदह नगर उपप्रमुख विद्यालक्ष्मी गुरुङ, कांग्रेसका नेता बासु रिमालले बोल्दै बौद्ध विश्वविद्यालयका पूर्वाधार छिट्टै निर्माण गर्नुपर्ने बताए ।

विश्वविद्यालयले चालु शैक्षिक सत्रबाट देवदहमा तीन वटा विषयको पठनपाठन गरेको उपकुलपति डा. हृदयरत्न बज्राचार्यले जानकारी दिए । एग्रो फोरेष्ट्र, इन्भारन्मेन्ट र डेभलपमेन्ट स्टडिजका स्नातकोत्तर कक्षा देवदहमा शुरु भएका हुन् ।

बुटवल र लुम्बिनीमा पठनपाठन गराइरहेको विश्वविद्यालयले बुटवलमा पनि डीन कार्यालय खोल्ने निर्णय गरेको छ । पछिल्लो विश्वविद्यालय सभाले डीन कार्यालयसहितको आंगिक क्याम्पस बुटवलमा खोल्ने निर्णय गरेको र त्यसको पुर्वाधार नयाँगाउँमा बन्ने विश्वविद्यालयका रजिष्ट्रार डा. तिलक आचार्यले जानकारी दिए । ‘लुम्बिनी, तिलौराकोट र देवदहसहितका बौद्ध स्थलमा बुद्ध दर्शनका पठनपाठन गर्ने योजना बनाएका छौं, अव यसले छिट्टै मूर्त रुप पाउनेछ, उनले भने ।

एग्रो फोरेष्ट्र, इन्भाइरन्मेन्ट र डेभलपमेन्ट स्टडिज नयाँ खुलेका विषय हुने । यो संकायका डीन उकेशराज भुजुले प्राकृतिक स्रोत उपयोग गर्दै आर्थिक उपार्जन गर्ने उद्धेश्य यी पाठ्यक्रमको रहेको बताए । यो प्रयोगात्मक सहितको कक्षा सञ्चालन हुने विषय हुन । देवदहमा तपोवन सहितको पूर्वाधार निर्माण हुने विश्वविद्यालयले जनाएको छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०७७, शुक्रबार  ४ : ५७ बजे

भोटेकोशी बाढी : ३५९ को शव फेला, हेलिकप्टरमार्फत ७९६ जनाको उद्धार

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान गएको बाढीमा परी

भोटेकोशी बाढी : ४० किलोमिटर सडक र ४१ पुल क्षतिग्रस्त

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवामा करिब ४०

भोटेकोशीमा पुनः बाढीको जोखिम, चीनले नेपाललाई गरायो सतर्क

काठमाडौं। भोटेकोशी नदीको माथिल्लो क्षेत्रमा नदी थुनिएर बनेको ताल बढ्दै

सम्पर्कविहीन पत्रकार टेकराज थामीको खोजी कार्यलाई तीव्रता दिन आग्रह

काठमाडौं । नेपाल पत्रकार महासङ्घले रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीका

बाढी प्रभावित क्षेत्र निरीक्षण गर्न चिनियाँ प्रधानमन्त्री ली छ्याङ केरुङ पुगे

काठमाडौँ । चीनका प्रधानमन्त्री ली छ्याङ बाढीबाट प्रभावित तिब्बतको केरुङ