१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

देवदहमा बौद्ध विश्वविद्यालय डीन कार्यालय



बुटवल । बुद्ध मावली देवदहमा लुम्बिनी बौद्ध विश्वविद्यालय डीन कार्यालय सञ्चालनमा ल्याएको छ । नया शैक्षिक सत्रदेखि देवदहबाटै तीन वटा कक्षा सञ्चालन गर्ने योजनासहित डीन कार्यालय खोलेको हो ।

सरकारले यस अघिनै विश्वविद्यालयका लागि देवदहमा करिव ९० विगाहा जमिन उपलब्ध गराउने निर्णय गरेको छ । शुक्रबारबाट स्कुल अफ डेभलपमेन्ट स्टडिज एण्ड एप्लाइड साइन्सको डीन कार्यालय देवदहमा खुलेको हो । देवदहमा विश्वविद्यालयले नयाँ पूर्वाधार निर्माण गर्ने योजना समेत बनाएको छ ।

अर्थमन्त्री विष्णु पौडेलले शुक्रबार विहान एक कार्यक्रमकाबीच डीन कार्यालयको उद्घाटन र नयाँ पूर्वाधार निर्माण स्थलको अवलोकन गरेका छन् ।

सो अवसरमा बोल्दै पौडेलले बौद्ध विश्वविद्यालयलाई विश्वस्तरमा चिनिने बनाउनुपर्ने बताए । ‘बौद्ध क्षेत्र, शिक्षामा अनुसन्धानसहित बहुविषयमा यसलाई विश्वस्तरमा चिनिने विश्वविद्यालय बनाउनुपर्छ, उनले भने । विश्वविद्यालको विकासका लागि सरकारले लगानी गर्ने उनले विश्वास दिलाए ।

देवदहमा करिव सय विगाहा जमिन प्राप्तीले समग्र क्षेत्रको विकासमा उचाई पुगेको बताउँदै पौडेलले विश्वविद्यालयको पूर्वाधार र सडक पूर्वाधार एकैसाथ निर्माण गर्दै यसलाई पर्यटकीय क्षेत्रकै रुपमा विकास गर्नुपर्ने आवश्यकता रहेको बताए । देवदहको विकासका लागि सरकारका सकारात्मक रहेको भन्दै आवश्यक योजना बनाएर ल्याउन समेत उनले आग्रह गरे ।

सो अवसरमा बोल्दै प्रतिनिधिसभाका सांसद छबिलाल विश्वकर्माले निकै मेहनतले देवदहमा विश्वविद्यालयले जग्गा प्राप्ती गरेको भन्दै अव यसको पूर्वाधार विकासमा प्राथमिकता दिनुपर्ने बताए । ‘यो हजारौं विद्यार्थीले भरिएको विश्वविद्यालय बन्नेछ, त्यसका लागि अहिलेदेखि नै दीर्घकालका लागि महत्व राख्ने गरी योजना बनाउनुपर्छ, उनले भने ।

सो अवसरमा प्रदेश सांसद कृष्ण न्यौपाने, देवदह नगर उपप्रमुख विद्यालक्ष्मी गुरुङ, कांग्रेसका नेता बासु रिमालले बोल्दै बौद्ध विश्वविद्यालयका पूर्वाधार छिट्टै निर्माण गर्नुपर्ने बताए ।

विश्वविद्यालयले चालु शैक्षिक सत्रबाट देवदहमा तीन वटा विषयको पठनपाठन गरेको उपकुलपति डा. हृदयरत्न बज्राचार्यले जानकारी दिए । एग्रो फोरेष्ट्र, इन्भारन्मेन्ट र डेभलपमेन्ट स्टडिजका स्नातकोत्तर कक्षा देवदहमा शुरु भएका हुन् ।

बुटवल र लुम्बिनीमा पठनपाठन गराइरहेको विश्वविद्यालयले बुटवलमा पनि डीन कार्यालय खोल्ने निर्णय गरेको छ । पछिल्लो विश्वविद्यालय सभाले डीन कार्यालयसहितको आंगिक क्याम्पस बुटवलमा खोल्ने निर्णय गरेको र त्यसको पुर्वाधार नयाँगाउँमा बन्ने विश्वविद्यालयका रजिष्ट्रार डा. तिलक आचार्यले जानकारी दिए । ‘लुम्बिनी, तिलौराकोट र देवदहसहितका बौद्ध स्थलमा बुद्ध दर्शनका पठनपाठन गर्ने योजना बनाएका छौं, अव यसले छिट्टै मूर्त रुप पाउनेछ, उनले भने ।

एग्रो फोरेष्ट्र, इन्भाइरन्मेन्ट र डेभलपमेन्ट स्टडिज नयाँ खुलेका विषय हुने । यो संकायका डीन उकेशराज भुजुले प्राकृतिक स्रोत उपयोग गर्दै आर्थिक उपार्जन गर्ने उद्धेश्य यी पाठ्यक्रमको रहेको बताए । यो प्रयोगात्मक सहितको कक्षा सञ्चालन हुने विषय हुन । देवदहमा तपोवन सहितको पूर्वाधार निर्माण हुने विश्वविद्यालयले जनाएको छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०७७, शुक्रबार  ४ : ५७ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले