१७ बैशाख २०८१, सोमबार | April 29, 2024

कम्युनिष्ट पार्टी नै एक भएर सरकार चलाउनु पर्छ : राप्रपा अध्यक्ष कमल थापा



भैरहवा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले कम्युनिष्टहरु मिलेर सरकार चलाए आफुहरुलाई मन्जुर रहेको बताएका छन् । राप्रपा रुपन्देहीले आज भैरहवामा गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष थापाले जनताले ५ वर्ष सरकार चलाउन कम्युनिष्ट पार्टीलाई मत दिएकाले कम्युनिष्टले सरकार चलाए राप्रपालाई आपत्ती नहुने बताए ।

थापाले संसद पुनर्स्थापना भएपछि सांसद किनबेच र अपवित्र गठबन्धनको चर्चा चलेको उल्लेख गर्दै अर्को दलसंग साठगाठ गरेर , अपवित्र गठबन्धन गरेर सरकार बनाउने फोहरी खेल खेल्नु भन्दा ताजा जनादेश अर्थात निर्वाचनमा जानु उपयुक्त हुने बताए । थापाले यतिबेला देशको राजनीतिक खेलको मुख्य निर्णायक नेपाली कांग्रेस भएको बताउदैं कांग्रेसले जनपक्षिय भएर स्पष्ट निर्णय लिनुपर्ने बेला आएको स्पष्ट पारे ।

उनले नेपाल सरकार र नेकपा विप्लप समूहबीच वार्ता हुनु सकारात्मक रहेको बताउँदै फरक राजनीतिक मान्यता बोकेर लामो समय भूमिगत रुपमा रहेको विप्लप समूह शान्तिपूर्ण राजनीतिमा आउनु नेपाली राजनीतिका लागि सुखद भएको बताए । ‘विप्लप समूहले हिंसा छाडेर शान्तिपूर्ण राजनीतिमा आएको छ । यो स्वागत योग्य छ । अब हतियार बुझाउने कार्य पनि तत्कालै हुनुपर्दछ । ”उनले भने ।

राप्रपा बरिष्ठ नेता पुर्व मन्त्री दीपक बोहरा, जिल्ला उपाध्यक्ष अजय कुमार गुप्ता, शंकर के.सी लगायतले आगमी बैशाख २५ देखि २८ गते सम्म काठमान्डौंमा आयोजना हुने राप्रपाको महाधिवेसनकोलागि रुपन्देही जिल्लामा प्रतिनिधी चयन गर्ने कार्य शुरु भएको जानकारी दिए ।

राप्रपाका अनुसार राप्रपाले यस पटक हरेक प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र र पालिका स्तरबाट प्रतिनिधी छनौट गर्ने भएको छ । राप्रपाको महाधिवेशनमा देशभरबाट ४५ सय प्रतिनिधी सहभागी हुनेछन् ।

 

प्रकाशित मिति : २१ फाल्गुन २०७७, शुक्रबार  ५ : ३५ बजे

चीनमा भिषण आँधीबेहोरीमा परी ५ को मृत्यु, १४१ कलकारखानामा क्षति

ग्वाङ्झाउ । चीनको दक्षिणी सहर ग्वाङ्झाउमा सप्ताहन्तमा आएको आँधीका कारण

वीरगञ्जमा प्रहरीले गोली चलाएर एक जना अपराधीलाई लियाे नियन्त्रणमा

वीरगन्ज । वीरगञ्जमा प्रहरीले गोली चलाएर एक जना अपराधीलाई नियन्त्रणमा

संस्कृतिमार्फत पर्यटन प्रवर्द्धनमा गङ्गाजमुना गाउँपालिका

धादिङ । धादिङको उत्तरी क्षेत्र गङ्गाजमुना गाउँपालिकाले संस्कृतिमार्फत आन्तरिक तथा

इलाम उपनिर्वाचन : कांग्रेसभन्दा एमाले २ हजार ६१८ मतले अगाडि

काठमाडौं । इलाम-२ उपनिर्वाचनमा नेकपा एमालेको अग्रता कायम छ ।

उच्च गतिको विद्युत् प्रवाह हुँदा ६० घरमा क्षति

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ घरमा आइतबार उच्च गतिको विद्युत्