१० चैत्र २०८२, मंगलबार | March 24, 2026

कम्युनिष्ट पार्टी नै एक भएर सरकार चलाउनु पर्छ : राप्रपा अध्यक्ष कमल थापा



भैरहवा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले कम्युनिष्टहरु मिलेर सरकार चलाए आफुहरुलाई मन्जुर रहेको बताएका छन् । राप्रपा रुपन्देहीले आज भैरहवामा गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष थापाले जनताले ५ वर्ष सरकार चलाउन कम्युनिष्ट पार्टीलाई मत दिएकाले कम्युनिष्टले सरकार चलाए राप्रपालाई आपत्ती नहुने बताए ।

थापाले संसद पुनर्स्थापना भएपछि सांसद किनबेच र अपवित्र गठबन्धनको चर्चा चलेको उल्लेख गर्दै अर्को दलसंग साठगाठ गरेर , अपवित्र गठबन्धन गरेर सरकार बनाउने फोहरी खेल खेल्नु भन्दा ताजा जनादेश अर्थात निर्वाचनमा जानु उपयुक्त हुने बताए । थापाले यतिबेला देशको राजनीतिक खेलको मुख्य निर्णायक नेपाली कांग्रेस भएको बताउदैं कांग्रेसले जनपक्षिय भएर स्पष्ट निर्णय लिनुपर्ने बेला आएको स्पष्ट पारे ।

उनले नेपाल सरकार र नेकपा विप्लप समूहबीच वार्ता हुनु सकारात्मक रहेको बताउँदै फरक राजनीतिक मान्यता बोकेर लामो समय भूमिगत रुपमा रहेको विप्लप समूह शान्तिपूर्ण राजनीतिमा आउनु नेपाली राजनीतिका लागि सुखद भएको बताए । ‘विप्लप समूहले हिंसा छाडेर शान्तिपूर्ण राजनीतिमा आएको छ । यो स्वागत योग्य छ । अब हतियार बुझाउने कार्य पनि तत्कालै हुनुपर्दछ । ”उनले भने ।

राप्रपा बरिष्ठ नेता पुर्व मन्त्री दीपक बोहरा, जिल्ला उपाध्यक्ष अजय कुमार गुप्ता, शंकर के.सी लगायतले आगमी बैशाख २५ देखि २८ गते सम्म काठमान्डौंमा आयोजना हुने राप्रपाको महाधिवेसनकोलागि रुपन्देही जिल्लामा प्रतिनिधी चयन गर्ने कार्य शुरु भएको जानकारी दिए ।

राप्रपाका अनुसार राप्रपाले यस पटक हरेक प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र र पालिका स्तरबाट प्रतिनिधी छनौट गर्ने भएको छ । राप्रपाको महाधिवेशनमा देशभरबाट ४५ सय प्रतिनिधी सहभागी हुनेछन् ।

 

प्रकाशित मिति : २१ फाल्गुन २०७७, शुक्रबार  ५ : ३५ बजे

सुनको मूल्य आजपनि घट्यो, चाँदीमा भने सामान्य वृद्धि

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य आज पनि घटेको छ।

काम नगर्ने ठेकेदारलाई कारबाही अघि बढायो टेम्केमैयुङले

भोजपुर । भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले ठेक्का सम्झौताअनुसार निर्माण नगर्ने ठेकेदारलाई

महिलाको हत्या अभियोगमा किशोर पक्राउ

भैरहवा । शुद्धोधन गाउँपालिका-१ सिसइचोककी ६० वर्षीया रेनु पटवाको हत्या

रास्वपा केन्द्रीय समितिको बैठक आगामी बिहीबार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको नेतासम्बन्धी विषयमा

चितवन राष्ट्रिय निकुञ्जमा सुरक्षार्थ तालिमप्राप्त कुकुर परिचालन

चितवन । चितवन राष्ट्रिय निकुञ्जले सुरक्षाका लागि प्रविधिको प्रयोगमा ल्याएको