१६ चैत्र २०८०, शुक्रबार | March 29, 2024

विप्लवको एकीकृत जनक्रान्ति र ओलीसँग अंकमाल : राजनीतिको अनौठो प्रयोग



झण्डै २ वर्ष सार्वजानिक जीवनशैलीबाट ओझेल परेका नेत्रविक्रम चन्द ‘विप्लव’ले शुक्रबार प्रधानमन्त्री केपी ओलीको छेउमा उभिँदै आफु सार्वजानिक भएको अभिनय गरेका छन् । अभिनय यस कारण कि नेपालमा राजनीतिमा चासो राख्ने जो कोहीका लागि पनि विप्लवको अनुहार नौलो थिएन । प्रचण्ड नेतृत्वको सरकार रहेका बेला खोजेकै मन्त्रालयमा आफुलाई मन्त्री नबनाएको भन्दै विभिन्न निहुँ निकालेर मोहन वैद्य र रामबहादुर थापा ‘बादल’हरुलाई प्रेसर गर्दै पार्टी छाडेर निस्केको विप्लवलाई कसैले बिर्सेका थिएनन् ।

पार्टीबाट अलग हुनुका पछाडि आन्तरिक कारण जेसुकै हुन सक्छन्, तर विप्लवहरुले त्यतिबेला प्रचण्डलाई लगाएको एउटा आरोप थियो, ’जनयुद्ध सकिएको छैन, प्रचण्डले जनयुद्ध छाडे, हतियार बुझाए, सेना समायोजन गरे, बेपत्ता, सहित परिवारलाई बिर्से आदी आदी ।’ बालाजु औद्योगिक क्षेत्रमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गरेर त्यतिबेलै विप्लवले प्रचण्डको नेतृत्वमा १५ हजारको मृत्यु पछि उनी नेता भए । आफुहरु पनि प्रचण्डले जस्तै गर्न सक्छौं भन्ने आशय विप्लवको थियो । क्रान्तिकारी जोश बटुलेर भर्खर भर्खर जसो खुला जीवनमा आएका उर्जाशील युवालाई विप्वलको जोशिलो सम्बोधनले उद्देलित नबनाउने कुरै थिएन ।

प्रचण्डहरुलाई जनयुद्ध छाडेर गद्दारी गरेको भन्दै एकीकृत जनयुद्धको बाटो अंगिकार गरेको विप्लव समूह दुई अढाई वर्ष जनयुद्धलाई पूर्णता दिंदै केपी ओलीसँगै राष्ट्रियसभागृहमा प्रकट भएका छन् ! यद्यपी विप्लवले पार्टी छाड्दा संगै छुट्टिएका वैद्य र बादलहरुलाई पनि क्रान्तिकारी स्पिरिट समात्न नसकेको भन्दै विप्लवले सशस्त्र संघर्षको बाटो अंगालेका थिए । प्रचण्डहरुले बीचमै अलपत्र पारेको जनयुद्धको लक्ष्यलाई पुरा गर्ने भन्दै तम्सेका विप्लवका कुरा सुनेर जनयुद्धका कतिपय पूर्व लडाकुहरु, घाइते, बेपत्ता परिवार र शहीद परिवार पनि विप्लवकै पक्षमा लागेका थिए । ’बन्दुकको नालबाट जन्मेको सत्ता बाहेक अर्को सत्ता अस्वीकार गर्ने’ उदघोषका साथ मुल प्रवाहबाट अलग भएका विप्लवका पछि लागेका क्रान्तिकारीहरुलाई राष्ट्रिय सभागृहमा गरेको विप्लवको १८ मिनेटको भाषणले कति चित्त बुझाउन सक्यो त्यो समयले अवश्य खोज्ने नै छ । भलै, जेसुकै होस, विप्लव शान्तिपूर्ण राजनीतिको मूलधारमा आएका छन् । अब उनले बुलेट हैन व्यालेटको माध्यमबाट विजय प्राप्त गर्दै राज्यसत्तामा पहुँच पुर्याउन भन्ने सबैले शुभकामना दिनुपर्छ ।

नेपाली राजनीतिमा जनयुद्धलाई हृदयदेखि घृणा गर्ने यदि कोही ब्यक्ति छन् भने ति केपी शर्मा ओली नै हुन् । ओलीको आत्माले जनयुद्ध, माओवाद र वर्गसंघर्ष कहिल्यै स्वीकार गरेको पाईदैन ।

नेपाली राजनीतिमा जनयुद्धलाई हृदयदेखि घृणा गर्ने यदि कोही ब्यक्ति छन् भने ति केपी शर्मा ओली नै हुन् । ओलीको आत्माले जनयुद्ध, माओवाद र वर्गसंघर्ष कहिल्यै स्वीकार गरेको पाईदैन । जनयुद्धकै सारथीहरु रामबहादुर, टोपबहादुर, लेखराज भट्टहरुलाई मञ्चको दाँयाबाँया राखेर ओलीले जनयुद्धलाई ’कुहिएको फर्सी’को उपमा समेत दिइसकेका छन् । ओलीको यो अन्तरआत्माको बुझाई हो, जनयुद्ध ’कुहिएको फर्सी’ नै हो । त्यो उनको विश्लेषण हो । जनयुद्धको बलमा स्थापित संघीयता, धर्मनिरपेक्षता, समावेसी र समानुपातिकता ओलीलाई त्यति मन पर्दैन र पनि त्यही उपलब्धिलाई संस्थागत गर्न बनाइएको संविधानअन्तर्गत उनी प्रधानमन्त्री छन् । संभवतः मनैदेखि मन नपरेर पनि होला, उनले जनयुद्ध र जनआन्दोलनको बलमा स्थापित मान्यतालाई ध्वस्त पार्न प्रतिनिधिसभा भंग गरेको । संविधान, विधि , विधान बैठक, छलफल, सामूहिकताले ओलीलाई ज्वरो निकालेकै छ । हो, आज तिनै ओली विप्लवका लागि प्रिय मान्छे बन्छन् र जनयुद्धको बाँकी कार्यभार पुरा गराउन विप्लवले ओलीको पाउमा भारी बिसाएका छन् ।

गोंगबु टाउन प्लानिङको एक घरमा बसेर आफ्नै १८ मिनेटको भाषण र शान्तिपूर्ण राजनीतिमा पाइला टेकेको विषयको विश्लेषण गरिरहेका विप्लवले अब कस्तो राजनीतिक प्लानिङ बनाउलान ! राजनीतिशास्त्रमा चासो राख्नेहरुले त विप्लवको भविष्यको अनुमान लगाउन नसक्ने भएका छन् । विप्लवले कति उपलब्धी हासिल गरे त्यो त भोलिको दिनले देखाउने नै छ, तर प्रचण्ड–माधव नेपालहरुले वैधानिक ढंगले नेकपा खोस्दै गर्दा पार्टीको महासचिवसम्म अफर गरेर ओलीले आफु पनि कम छैन भन्ने देखाउन भने पाए । जसरी भएपनि विप्लवलाई शान्तिपूर्ण मूलधारमा ल्याएर ओलीले आफ्नो प्रधानमन्त्रीय कार्यकालमा गरेको उपलब्धीलाई सुरक्षित राख्न सफल भएका छन् ।

विना लगानी, विना श्रम भ्रष्टाचार र लुट धन्दा चलाएर रातारात धनी बनेका नव सामन्तका विरुद्ध लड्न (!) तयार गरिएका अघोषित जनमुक्ति सेनाका जवानहरुले ओली र विप्लवले काँध मिलाउँदै एकले अर्काको प्रशंसा गरिरहँदा कस्तो विश्लेषण गर्दै होलान् ?

सभागृहमा ओलीसँगै हात मिलाएर टेलिभिजनका पर्दामा उभिइरहँदा विप्लवले क्रान्तिको सपना देखाएका, जनयुद्ध पछिको समाजका विषयमा प्रशिक्षण पाएका, ओलीसँगै प्रचण्ड, माधव नेपाल शेरबहादुर जस्ता संसदबादी आहालमा डुबुल्की मारेकालाई वर्ग दुश्मन देखिरहेका विप्लवका कार्यकर्ताहरुले कस्तो महसुस गरिरहेका होलान ? विप्लवहरुकै निर्देशनमा २०७०/२०७४ सालको निर्वाचनमा प्रचण्डहरुलाई हराउन बम पड्काएका ती कार्यकर्ताको मन कस्तो बनेको होला ? विना लगानी, विना श्रम भ्रष्टाचार र लुट धन्दा चलाएर रातारात धनी बनेका नव सामन्तका विरुद्ध लड्न (!) तयार गरिएका अघोषित जनमुक्ति सेनाका जवानहरुले ओली र विप्लवले काँध मिलाउँदै एकले अर्काको प्रशंसा गरिरहँदा कस्तो विश्लेषण गर्दै होलान् ? प्रचण्डहरुले बीचमै अलपत्र पारेर सत्ताको चास्नीमा डुबुल्की मारेपछि टुहुरो सम्झिरहेका शहीद परिवार, बेपत्ता र घाइतेका परिवारलाई आशा जगाउने विप्लवले जनयुद्धका नेतृत्व गर्नेहरुलाई हेग पु¥याउने सम्मको धम्की दिने ओलीसँग अंकमाल गर्दा के गरिरहेका होलान ?

हरेक दिन युद्ध, ध्वंस र आतंकका कुरा भईरहेको अवस्थामा हिंसाको बाटो अंगालेको शक्ति शान्ति प्रक्रियामा आउनु सबैको लागि खुसीको कुरा हो र हुनुपर्छ । तर राजनीतिमा नैतिकता हुनेहरुले मुलधार छाडेर विद्रोह गएको हो भने या त विद्रोहमा जानुको कारण पुष्टि गर्दै विद्रोहबाट प्राप्त उपलब्धि देखाउन सक्नुपर्छ या त विद्रोह गलत थियो भन्दै जनतासँग माफी मागेर शान्तिपूर्ण आन्दोलनमा समाहित भएको घोषणा गर्न सक्नुपर्दछ ।

प्रकाशित मिति : २२ फाल्गुन २०७७, शनिबार  ११ : ५३ बजे

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु

सुर्खेत । कर्णालीको विद्युतीकरणका लागि क्रान्ति ल्याउने उद्देश्यले निर्माण कार्य

दुर्गा प्रसाईंको हतियारको इजाजतपत्र र नवीकरण बारे छानबिन गर्न समिति गठन

काठमाडौँ । गृहमन्त्रालयले  दुर्गा प्रसाईंको नाममा रहेको हतियारको इजाजतपत्र र

जलवायु परिवर्तनको सबैभन्दा बढी असर जलस्रोतमा परेको छ : मन्त्री बस्नेत

काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले जलवायु परिवर्तनको

सुनको मूल्यले बनायो अहिले सम्मकै नयाँ रेकर्ड

काठमाडौं । नेपाली बजारमा सुनको भाउले शुक्रबार अहिले सम्मकै नयाँ रेकर्ड

चीनको ‘जीडीआई’बाट नेपालले पनि लाभ लिनसक्छ : एमाले उपाध्यक्ष पौडेल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले