२१ बैशाख २०८१, शुक्रबार | May 3, 2024

मानव अधिकार तथा शान्ति समाजको केन्द्रिय सभापतिमा खनाल चयन



पोखरा । मानव अधिकार तथा शान्ति समाजको २३ औं राष्ट्रिय परिषद् बैठकले गोबिन्द खनालको नेतृृृत्वमा नयां कार्यसमिति चयन गरेको छ ।

फागुन २१ र २२ गते पोखरामा भएको राष्ट्रिय परिषद् बैठकले आगामी २ बर्षका लागि खनालको नेतृत्वमा २७ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

समितिको बरिष्ठ उपसभापति शुशील बस्नेत, उपसभापति कृष्ण बहादुर रावल, म्हिला उपसभापति रत्नलक्ष्मी श्रेष्ठ, महासचिब रामकृष्ण बराल,कोषाध्यक्ष जगन्नाथ पुडासैनी चयन भएका छन् ।

समाज सचिव प्रदेश १ मा बिकास थापा, सचिव प्रदेश २ मा अमर बहादुर गौतम, सचिव बाग्मती प्रदेशमा बाबुहरी आचार्य, सचिव गण्डकी प्रदेशमा धिरज थापा, सचिव लुम्बिनी प्रदेशमा मिना ढकाल, सचिव कर्णाली प्रदेशमा पुष्पा मल्ल, सचिव सुदुरपश्चिम प्रदेशमा मदन कुवर, सचिव आदीबासी जनजातीमा रामप्रसाद जोशी, सचिव दलितमा निर्मल नेपाली, सचिव मधेशीमा बन्दना सिंह, सचिव महिलामा नम्रता खरेल चयन भए ।

त्यस्तैगरि ४ महिला सदस्यमा निर्मला सुबेदी, सरस्वती कुमारी नेपाली, सुमित्रा बन्जरा र सरस्वती ढकाल चयन भए भने ६ जना खुला सदस्यहरुमा लक्ष्मीनारायण मिश्र, चन्द्रमणी बन्जरा, बिष्णु भुसाल, माधब प्रसाद गौतम, सन्तोष रौनियार र दिलबहादुर कार्की चयन भएका छन् ।

नव निर्वाचित सभापति गोबिन्द खनालले मुलुकमा लोकतन्त्र र मानव अधिकारको अबस्था कमजोर भएको अवस्थामा समाज थप क्रियाशील हुने बताए । उनले सबैलाइ समेटेर अघि बढ्ने बताए । खनालल विश्वलाइ आणबिक अस्त्ररहित बनाउनुपर्नेमा जोड दिए ।

मानव अधिकार तथा शान्ति समाजको बिधान २०५३ को दफा १० ख अनुसार उनीहरु निर्बाचित भएको निर्बाचन अधिकृत महेन्द्र प्रसाद पाण्डे बताए ।

प्रकाशित मिति : २२ फाल्गुन २०७७, शनिबार  ५ : २२ बजे

बागलुङ अमलाचौरका अग्नीपीडितलाई राहत

बागलुङ । घर गोठ जलेर बिचल्लीमा परेका बागलुङ अमलाचौरका दुई

गण्डकीका मुख्यमन्त्रीले वैशाख २३ गते विश्वासको मत लिने

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले यही वैशाख २३

ग्लोबल आइएमईले गर्यो प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता, प्लास्टिकको खपत कम गरिने

काठमाडौ । ग्लोबल आइएमई बैंकले ‘प्ल्यानेट भर्सेस प्लास्टिक’ (प्लास्टिक विरुद्ध

लुम्बिनीमा अन्तराष्ट्रिय बौद्ध गोष्ठी आयोजना

लुम्बिनी । लुम्बिनी बौद्ध विश्वविद्यालय बौद्ध अध्ययन संकायले लुम्बिनीमा अन्तराष्ट्रिय

विश्व प्रेस स्वतन्त्रता दिवसको सान्दर्भिकता

काठमाडौं । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधरहरूले आज संसारभर उत्सव