२० मंसिर २०८२, शनिबार | December 6, 2025

जुवा खेल्ने खेलाउने ६ जना नियन्त्रणमा



कञ्चनपुर । कञ्चनपुर प्रहरीले जुवा खेलिरहेका ६ जना जुवाडेलाई जुवा खेल्दै गरेको अवस्थामा पक्राउ गरेको छ । जिल्लको बेदकोट बेदकोट नगरपालिका३ दैजी बजार स्थित अर्जुन सिह भण्डारीले संचालन गरेको अर्जुन होटल
रेष्टुरेन्टबाट ती जुवाडेहरुलाई पक्राउ गरेको हो ।

रेष्टुरेन्टमा जुवातास खेल्ने कार्य भईरहेको छ भन्ने गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोलिले अर्जुन होटल रेष्टुरेन्टमा छापा मार्दाजुवा खेल्दै गरेका कञ्चनपुर भिमदत्त नगरपालिका ६ का सुदिप भट्ट, शिबराज जोशी, केशब कार्की, केशब राज भट्ट, प्रकाश जोशी तथा बिष्णु शाहीलाई पक्राउ गरेको छ ।

जुवा खेलिरहेको स्थानबाट प्रहरीले जुवाडेहरु सहित तास १ गड्डी र नगद ५० अजार ५९५ रुपैयाँ बरामद गरेको जिल्ला प्रहरी प्रवक्ता अमरबहादुर थापाले बताए । पक्राउ परेकाहरुलाई मुलुकी अपराध संहिता २०७४ बमोजिम जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने कसुर अन्तर्गत अनुसन्धान भईरहेको उनले बताए ।

प्रकाशित मिति : २२ फाल्गुन २०७७, शनिबार  ११ : ०५ बजे

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय