२७ बैशाख २०८३, आइतबार | May 10, 2026

भ्रष्टाचार विरुद्ध महिला अघि आउनु पर्छ : ट्रान्सपरेन्सी ईन्टरनेशनल नेपाल अध्यक्ष प्रधानाङ्ग



बुटवल । ट्रान्सपरेन्सी नेपालका नवनिर्वाचित अध्यक्ष पद्मिनी प्रधानाङ्गले भष्ट्राचार न्युनिकरणका लागि महिलाहरु नै लाग्नुपर्ने सुझाव दिएकी छिन ।

भष्ट्राचार हरेक क्षेत्रमा हाबि रहेको भन्दै उनले यसलाई हटाउन महिलाहरु समाजमा नेतृत्व तहमा आउनुपर्ने सुझाव दिईन । फोनिज रुपन्देहीको आयोजनामा सोमबार भएको पत्रकार सम्मेलनमा बोल्दै उनले भष्ट आचरण सबै भष्ट्राचार भएको उनले दाबि गरिन । ‘मानव अधिकार हनन पनि एक प्रकारको भष्ट्चार हो । ‘ उनले भनिन ।

उनले एक दशकदेखि नेपालमा भष्ट्राचारको तालिका स्थिर रहेको बताउँदै अनुगमनको दृष्टिले नेपालको ५० भन्दा कम अंक रहेकाले नेपाल भष्ट्राचारको जोखिम बढी भएको मुलुकमा पर्ने जानकारी दिईन ।

यो वर्ष नेपाल ३३ अंकमा रहेको छ ।

भ्रष्टाचार न्युनिकरणका लागि नारी दिवसमै दिनबाट संकल्प गरेर अघि बढ्न उनले सरोकारवालालाई आग्रह गरिन ।

भष्ट्रचार केवल पुरुषको मुद्दाका रुपमा हेरिने दृष्टिकोण परिवर्तन गर्न जरुरी रहेको भन्दै उनले महिलाहरु यो मुद्दा लाग्नुपर्ने सुझाव दिईन् । ५२ प्रतिशत संख्यामा रहेका महिला अगाडि नआउदासम्म भष्ट्राचार न्युन नहुने भन्दै महिलाहरू आम्दानीको श्रोत पहिचान गरेर तडकभडक विनाको जिवनी जिउनुपर्ने बताईन ।

मुहार सफा भए खोला संग्लो हुने तर्क दिदै उनले यसका लागि महिलाको भुमिका रहने दाबी गरिन । नेपालमा भुकम्पपछिको पुनस्थापनामा विदेशी दातृराष्टबाट भएको सहयोगमा समेत भष्ट्राचार भएको उनले दुखेसो गरिन । राहत रकममा समेत भष्ट्राचार हुने देश नेपालको पहिचान बनाउन निक्कै गलत भएको उनले बताईन ।
कार्यक्रममा फोनिज रुपन्देहीका अध्यक्ष सोनु थापा, टिआई नेपालका महेन्द्र नारायण श्रेष्ठ, पारदर्शी नेपालका महेन्द्र पाण्डेले समाज परिवर्तन गर्न भष्ट्रचार न्युनिकरण अभियान थाल्नुपर्ने बताए ।

प्रकाशित मिति : २४ फाल्गुन २०७७, सोमबार  ३ : ०५ बजे

पर्यटकको बसाइ अवधि लम्ब्याउन नसकेकोप्रति चिन्ता व्यक्त

बुटवल । नेपाल पत्रकार महासंघ, रुपन्देहीको आयोजनामा शनिबार (हिजो) देखि

सङ्घीय संसद्को बजेट अधिवेशन सोमबारदेखि, भोलि नै नीति कार्यक्रम प्रस्तुत हुने

काठमाडौँ । सङ्घीय संसद्को बजेट अधिवेशन भोलि सोमबारदेखि प्रारम्भ हुँदैछ

अन्तरराष्ट्रिय ज्येष्ठ नागरिक सम्मेलनमा सम्मान र सुरक्षाबारे विमर्श

काठमाडौँ । मनमोहन स्मृति प्रतिष्ठानले यहाँ आयोजना गरेको अन्तरराष्ट्रिय ज्येष्ठ

कम्युनिस्ट एकताको आवश्यकता बढ्यो : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले

जङ्गली च्याउ खाँदा ११ जना बिरामी

झापा । जङ्गली च्याउ खाएर एकै परिवारका ११ जना बिरामी