३ पुस २०८२, बिहिबार | December 19, 2025

एक्स्पोपछि प्रदेश ५ सरकारको ध्यान लगानी सम्मेलनमा



रुपन्देही । आफ्ना दुई वर्षे उपलब्धि र प्रदेशका उत्पादनहरु देखाउंदै प्रदेश–एक्स्पो सम्पन्न गरेको प्रदेश ५ सरकारले लगानी सम्मेलनको तयारीमा ध्यान केन्द्रित गरेको छ ।

प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०र८१ सम्ममा समृद्ध प्रदेश बनाउन करिब १२ खर्बको लगानी आवश्यक रहेको प्रक्षेपण गरेको छ । सोही प्रक्षेपणअनुसार निजी क्षेत्रलाई लगानीका लागि आह्वान गर्दै सरकारले लगानी सम्मेलनको तयारी गरेको हो । प्रदेशमा कृषि, उद्योग, व्यापार, पर्यटन, पूर्वाधार लगायतका क्षेत्रमा स्वदेशी तथा विदेशी लगानी भित्र्याउने मुख्य उद्देश्यले सरकारले आगामी बैशाख ४ र ५ गते रुपन्देहीमा लगानी सम्मेलन गर्दै छ ।

सम्मेलनमा कृषि, उद्योग, व्यापार, पर्यटन, पूर्वाधार लगायतक क्षेत्रका झण्डै ३० वटा परियोजना प्रस्तुत गर्ने तयारी भइरहेको प्रदेश योजना आयोगका सदस्य डा.विष्णु प्रसाद गौतमले बताउनुभयो । “पहिलो सम्मेलन भएकाले परियोजना छनौटमै धेरै मिहेनत गरेका छौ ।” उहाँले भन्नुभयो । सम्मेलनमा प्रस्तुत गर्ने परियोजनाहरु छनौटका लागि प्रदेश योजना आयोगले अध्ययन गरिरहेको छ । सम्मेलनमा कपिलवस्तुको सेखुनिया ताल, दाङको जखेरा ताल, दाङको लमहीमा रहेको सोलार पावर, पाल्पाको रानीमहल, धार्मिक व्यापार प्रवद्र्धनका लागि कालीगण्डकी नदीको शालीग्राम, बुटवलदेखी गुल्मीसम्म जिओ टुरीजम रुट निर्माण, पाल्पा र रोल्पामा हिल स्टेशन, बुटवलमा बहुआयामिक भवन निर्माण, प्रशोधित दाउरा उद्योग, बायो मल कारखाना, रासायनिक मल कारखाना, हिमाल, पहाड र तराईको झल्को दिने गरी कोशेली घर निर्माण, उखु जुस उत्पादन गर्ने उद्योग, मोतिपुर औद्योगिक करिडोर निर्माण लगायतका परियोजना प्रस्तुत गर्ने तयारी गरिएको सदस्य गौतमले जानकारी दिनुभयो ।

मुलुककै मध्यभागमा हिमाल,पहाड र तराई भूभाग सहित अवस्थित यो प्रदेश लगानीका लागि सवैभन्दा उपयुक्त रहेको निश्कर्ष प्रदेश सरकारको छ । अन्तर्राष्ट्रिय पर्यटकीय तथा शान्ति केन्द्र लुम्विनी, बर्दिया र बांके राष्ट्रिय निकुञ्ज, ढोरपाटन शिकार आरक्ष केन्द्र,देउखुरी र घोराही उपत्यकाका साथै रिडी ,रेसुङ्गा , सुपा देउराली र स्वर्गद्धारी जस्ता प्रसिद्ध धार्मीक क्षेत्रका साथै निर्माणाधिन राष्ट्रिय गौरवका आयोजनाहरुका कारण प्रदेश ५ लगानीका लागि उपयुक्त रहेको प्रदेश योजना आयोगका उपाध्यक्ष डा. ईश्वर गौतमले बताउनुभयो ।

प्रदेश ५ अन्तर्गत भैरहवामा गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल, बाँकेमा सिक्टा सिंचाई, वर्दियामा भेरी–बबई डाइभर्सन, बुटवल–नारायणघाट ६ लेन सडक लगायतका गौरवका आयोजनाहरु सञ्चालनमा छन् । त्यसबाहेक बुटवलमा अन्तरराष्ट्रिय सम्मेलन केन्द्र, अन्तरराष्ट्रिय प्रदर्शनी स्थल, भैरहवा–लुम्विनी–तौलिहवा ४ लेन सडक निर्माणका काम धमाधम भइरहेका छन् । कालिगण्डकी–तिनाउ डाइभर्सनका साथै बुटवल–कोहलपुर ६ लेन सडक निर्माणको तयारी समेत थालिएको छ ।

आवधिक योजना अनुसार प्रदेशको लक्ष्य पूरा गर्नका लागि सरकारले लगानी सम्मेलन गर्न लागेको हो । पूर्वाधार, सडक र यहाँको सम्भावनाका हिसाबले ७ वटा प्रदेशमध्ये प्रदेश ५ लगानीका लागि सुरक्षित रहेको सरकारको दाबी छ । नागरिक तथा निजी क्षेत्रको लगानी समेटेर प्रदेशको विकासका आयोजनामा लगानी गर्न प्रदेश लगानी कोषको अवधारणाअनुसार पुँजीलाई परिचालन गरेर प्रदेशको आर्थिक आय बढाउने, रोजगारी सृजना गर्ने सरकारको लक्ष्य रहेको योजना आयोगका उपाध्यक्ष गौतमले बताउनुभयो ।

पर्यटन, कृषि र उद्योगलाई आर्थिक समृद्धिका प्रमुख आधार बनाएको प्रदेश ५ आर्थिक वृद्धिदरमा सबै प्रदेशभन्दा अगाडी छ । गत आवमा ७.३७ आर्थिक वृद्धिदर रहेको यस प्रदेशले चालू आवमा त्यसलाई अझै बढाएर आठ प्रतिशत पु¥याउने लक्ष्य लिएको छ । प्रदेश योजना आयोगले पाँच वर्षमा यस प्रदेशमा १२ खर्ब सात अर्ब लगानी गर्ने, औसत वृद्धिदर ९.५ बनाउने, प्रतिव्यक्ति आय ८०० डलरबाट बढाएर १६०० डलर पु¥याउने जस्ता महत्वाकाङक्षी योजना पुरा गर्न सम्मेलनले सहयोग गर्ने सरकारको विश्वास छ ।

लगानी सम्मेलन सफल बनाउन सरकारले निजी क्षेत्रका उद्योगी व्यवसायी, विदेशी दातृ निकाय, प्रदेश सभाका सांसदहरु र स्थानीय तहका जनप्रतिनिधिसँगहरु छलफल गरेको छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०७६, बिहिबार  ७ : २५ बजे

कालिका कप २०८२ : भलिवल र कबड्डीमा नकआउट चरणका खेल सकिए

बुटवल । कालिका मानवज्ञान माविको ६५ औ बार्षिक उत्सवको अवसरमा

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका

एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनले समसामयिक विषयमा

तदर्थ समिति गठन गर्ने सहमति पछि वरिष्ठ अधिवक्ता गुप्ताले तोड आमरण अनशन

नेपालगन्ज । अदालतको आदेश कार्यान्वयन नगरिएको भन्दै कार्यान्वयनको माग राखेर

निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु हो : अर्थमन्त्री रामेश्वर खनाल

बुटवल । अर्थमन्त्री रामेश्वर खनालले अहिलेको संकट समाधान गर्न निर्वाचनको