२५ बैशाख २०८१, मंगलबार | May 7, 2024

एमाले माओवादी केन्द्रलाई आयोगले भन्यो, – नयाँ दल बनाउने भए १५ दिनभित्र केन्द्रीय कमिटीको निर्णयसहित आऊ



काठमाडौं । निर्वाचन आयोगले नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई पुनः पार्टी एकीकरण गर्ने भए १५ दिनभित्र उपस्थित हुन आग्रह गरेको छ ।

आयोगको मंगलबार बसेको बैठकले एकीकृत दलको रुपमा रहन चाहे १५ दिनभित्र केन्द्रीय कमिटीको निर्णयसहित उपस्थित हुन आग्रह गरेको हो । सर्वोच्च अदालतको फैसलाअनुसार एमाले र माओवादी केन्द्रबीच भएको एकीकरण खारेज भैसकेको छ ।

फैसलाले एकीकृत पार्टीको रुपमा रहेको नेपाल कम्युनिष्ट पार्टी नेकपालाई खारेज गरेपछि नेकपा एमाले र नेकपा माओवादी केन्द्र पुनः सक्रिय भैसकेका छन् ।

निर्वाचन आयोगको निर्णमा भनिएको छ, ‘आयोगको फागुन २३ गतेको निर्णयबाट नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बीच एकीकरण भई बनेको नेपाल कम्युनिष्ट पार्टी (ने क पा) नामक राजनीतिक दल सम्मानित सर्वोच्च अदातलतको फागुन २३ गतेको फैसलाले बदर भएकोले अव यी दुई दलले दल एकीकरण गर्ने भएमा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ र राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ विपरित नहुने गरी दुवै दलले आ–आफ्नो केन्द्रीय समितिबाट दल एकीकरण गर्ने निर्णय गरी सो निर्णयसहित नयाँ दलको रूपमा एकीकरण गर्ने भएमा एकिकरणपछि बन्ने दलको नयाँ नाम र चिन्ह समेत प्रस्ताव गरी १५ दिनभित्र आयोगमा निवेदनसहित उपस्थित हुनका लागि नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) लाई जानकारी गराउने,’ भनी निर्वाचन आयोगले निर्णय गरेको छ।

आयोगले सर्वोच्चको आदेशअनुसार नेपाल कम्युनिष्ट पार्टी (ने क पा)लाई खारेज गरेको छ । दर्ता नम्वर १४५ मा रहेको नेकपा खारेज गरेको विषय सो दलका अध्यक्ष रहेका केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई दिने निर्णय समेत आयोगले गरेको छ ।

प्रकाशित मिति : २५ फाल्गुन २०७७, मंगलबार  ४ : ०५ बजे

रास्वपाको बैठकमा बजेट अधिवेशनबारे छलफल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक सुरु

एकीकृत समाजवादीको स्थायी समिति बैठक शनिबार

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को स्थायी समिति बैठक

चट्याङ लागेर बालकको मृत्यु

अछाम । चट्याङ लागेर रामारोशन गाउँपालिका-७ मेलकाटिया निवासी कमल भण्डारीका

उपप्रधानमन्त्री यादव स्वदेश फिर्ता

काठमाडौं । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादव संयुक्त

हमासले स्वीकार गर्यो युद्धविरामको प्रस्ताव

काठमाडौं । हमासले सात महिना लामो युद्ध अन्त्य गर्न युद्धविरामको