काठमाडौं । नेकपा एमाले र राजपाका बीच सत्ता समिकरण र निलम्बित सांसद रेसम चौधरीको रिहाईका बिषयमा छलफल गर्न भन्दै वार्ता समिति बने लगत्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न बुढानिलकण्ठ पुगेका छन् ।
साँझ ६ बजे देउवा निवास छिरेका प्रचण्ड र देउवाकाबीच छलफल जारी रहेको छ । कांग्रेसका सभापति देउवालाई भेट्न प्रचण्ड मंगलबार साँझ उनको निवास बुढानीलकण्ठ पुगेका हुन् । छलफलको बिषयलाई भने खुलाईएको छैन ।
प्रतिक्रिया