२७ बैशाख २०८३, आइतबार | May 10, 2026

आज पुनर्स्थापित संसदको दोस्रो बैठक बस्दै, ७ वटा अध्यादेश पेस हुने



काठमाडौं । प्रतिनिधि सभाको पुनर्स्थापनापछि आज दोस्रो बैठक बस्ने भएको छ। फागुन २३ गते बसेको पहिलो बैठक पमुख प्रतिपक्ष नेपाली कांग्रेस सहित जसपाले अवरुद्ध गरेपछि आजका दिउँसो २ बजे बस्ने गरि बैठक स्थगित गरिएको थियो ।

संसद सचिवालयका अनुसार आजको बैठकमा ७ वटा अध्यादेश पेस गर्ने सम्भावित कार्यसूची रहेको  छ। फागुन २३ गतेको पहिलो बैठकमा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश अस्विकार गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सहित जनता समाजवादी पार्टीले रोष्टम घेराउ गरी नाराबाजी गर्दै बैठक अवरुद्ध गरेको थियो। तत्कालिन सत्तारुढ दल नेकपाको प्रचण्ड(नेपाल पक्षले बैठक बहिस्कार गरेर बैठक कक्षबाट बाहिरिएको थियो ।

बहिष्कार र अवरोधका कारण सभामुख अग्नि सापकोटाले बैठक स्थगन गरेका थिए भने आजका लागि गर्दै आजका लागि बैठक तोकेका थिए।

संघीय संसद सचिवालयले सार्वजनिक गरेको कार्यसूचीअनुसार आजको बैठकमा गृहमन्त्री रामबहादुर थापा ‘बादलले’ नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय (पहिलो संशोधन), सामाजिक सुरक्षा (पहिलो संशोधन), तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश पेस गर्ने कार्यसूची रहेको छ।

त्यसैगरी स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले औषधि (तेस्रो संशोधन) अध्यादेश, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री लीलानाथ श्रेष्ठले फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश र बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) अध्यादेश पेस गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

उल्लेखित अध्यादेश मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट जारी गरिएका थिए। अध्यादेश जारी भएको ६ महिनाभित्र संसदबाट पारित गर्नुपर्ने संवैधानिक व्यवस्था छ। संवैधानिक परिषदको काम कर्तब्य र अधिकार सम्बन्धि अध्यादेश आजपनि पेश गर्ने प्रयास भए आज पनि संसद बैठक विपक्षीदलहरुले अवरुद्ध पार्ने सम्भावना देखिएको छ ।

त्यस्तै आजको कार्यसूचीमा पूर्व तथा बहालवाला गरी १४ सांसदको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने पनि रहेको छ।

प्रकाशित मिति : २६ फाल्गुन २०७७, बुधबार  ७ : ३८ बजे

वीरगञ्जका विभिन्न क्यासिनोबाट छ जना पक्राउ

वीरगञ्ज । वीरगञ्जका विभिन्न क्यासिनोमा अनधिकृत प्रवेश गरेर शङ्कास्पद गतिविधि

यसरी हेर्न सकिन्छ एसईईको नतिजा

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा

प्रभावकारी बन्दै आवास बीमा कार्यक्रम

नेपालगन्ज । गत वर्षको भदौमा परेको अविरल वर्षाले नेपालगन्ज उपमहानगरपालिका–७

लेक लागेर सगरमाथा आरोहीको निधन

सोलुखुम्बु । सगरमाथा आरोहणमा जाने क्रममा लेक लागेर एक जनाको

दार्चुलामा भूकम्पको धक्का

काठमाडौं । दार्चुलाको तपोवन आसपासलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ