१ पुस २०८२, मंगलबार | December 16, 2025

आज पुनर्स्थापित संसदको दोस्रो बैठक बस्दै, ७ वटा अध्यादेश पेस हुने



काठमाडौं । प्रतिनिधि सभाको पुनर्स्थापनापछि आज दोस्रो बैठक बस्ने भएको छ। फागुन २३ गते बसेको पहिलो बैठक पमुख प्रतिपक्ष नेपाली कांग्रेस सहित जसपाले अवरुद्ध गरेपछि आजका दिउँसो २ बजे बस्ने गरि बैठक स्थगित गरिएको थियो ।

संसद सचिवालयका अनुसार आजको बैठकमा ७ वटा अध्यादेश पेस गर्ने सम्भावित कार्यसूची रहेको  छ। फागुन २३ गतेको पहिलो बैठकमा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश अस्विकार गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सहित जनता समाजवादी पार्टीले रोष्टम घेराउ गरी नाराबाजी गर्दै बैठक अवरुद्ध गरेको थियो। तत्कालिन सत्तारुढ दल नेकपाको प्रचण्ड(नेपाल पक्षले बैठक बहिस्कार गरेर बैठक कक्षबाट बाहिरिएको थियो ।

बहिष्कार र अवरोधका कारण सभामुख अग्नि सापकोटाले बैठक स्थगन गरेका थिए भने आजका लागि गर्दै आजका लागि बैठक तोकेका थिए।

संघीय संसद सचिवालयले सार्वजनिक गरेको कार्यसूचीअनुसार आजको बैठकमा गृहमन्त्री रामबहादुर थापा ‘बादलले’ नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय (पहिलो संशोधन), सामाजिक सुरक्षा (पहिलो संशोधन), तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश पेस गर्ने कार्यसूची रहेको छ।

त्यसैगरी स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले औषधि (तेस्रो संशोधन) अध्यादेश, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री लीलानाथ श्रेष्ठले फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश र बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) अध्यादेश पेस गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

उल्लेखित अध्यादेश मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट जारी गरिएका थिए। अध्यादेश जारी भएको ६ महिनाभित्र संसदबाट पारित गर्नुपर्ने संवैधानिक व्यवस्था छ। संवैधानिक परिषदको काम कर्तब्य र अधिकार सम्बन्धि अध्यादेश आजपनि पेश गर्ने प्रयास भए आज पनि संसद बैठक विपक्षीदलहरुले अवरुद्ध पार्ने सम्भावना देखिएको छ ।

त्यस्तै आजको कार्यसूचीमा पूर्व तथा बहालवाला गरी १४ सांसदको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने पनि रहेको छ।

प्रकाशित मिति : २६ फाल्गुन २०७७, बुधबार  ७ : ३८ बजे

एडिबीबाट १४ अर्ब ३८ करोड सहुलियत ऋण स्वीकार गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौँ । सरकारले सार्वजनिक वित्त व्यवस्थापन र हस्तान्तरणसम्बन्धी कार्यक्रमका लागि

एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा