२५ बैशाख २०८३, शुक्रबार | May 9, 2026

महाशिवरात्रि : पाल्पाको सिद्धबाबा र नेपालगन्जको जुङ्गे महादेव मन्दिरमा दर्शनार्थीको घुईंचो



बुटवल । आज हिन्दु धर्मालम्बीहरुको पर्वहरु मध्यको महत्वपूर्ण पर्व महाशिवरात्रि पर्व । शिवरात्री पर्व आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी देशभर मनाइँदैछ । काठमाडौंको पशुपतिनाथ सहितका देशभरका शिवालयहरु र शक्तिपिठहरुमा शिवको पूजा आराधना गर्नेहरुको विहानैदेखि घुइँचो लागेको छ ।

हिन्दु धर्ममा व्रतमध्येको सर्वोत्तम मानिएको महाशिवरात्रिका दिन भक्तजनले व्रत बस्ने, शुद्ध भई शिव मन्दिरमा पूजा–अर्चना गरी भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् । शिवरात्रीका दिन उपवास गरी रातभर जाग्राम बसे सर्वसिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास विश्वास रहँदै आएको छ ।

आजको दिन प्रत्येक घर, चोक र मठ–मन्दिरमा दाउरा मागेर धुनी जगाई भजनकीर्तनका साथ सोही आगोमा प्रसाद बनाई ग्रहण गरिन्छ ।

राष्ट्रिय सांस्कृतिक पर्वका रूपमा रहेको यो दिन आज पशुपतिनाथमा रातको चार प्रहरमा चार प्रकारका पूजाका अतिरिक्त महादीप, अखण्डदीप, लक्ष्यबत्ती तथा दीपोत्सवका साथै लाख बेलपत्र अर्पण गरिन्छ । कैलाशकुट र किराँतेश्वरका सङ्गीत आश्रममा शास्त्रीय नाचगान गरिन्छ ।

यता लुम्बिनी प्रदेशको बाँकेको बागेश्वरी तथा रूपन्देही र पाल्पाको सिद्धबाबामा विहानैदेखि भक्तजनहरुको घुइँचो लागेको छ ।

अघिल्ला वर्षहरुको तुलनामा यस वर्ष दर्शन गर्न आउने भक्तजनहरुको उपस्थिती बढी रहेको सिद्धबाबा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष दलबहादुर गुरुङले बताए । गुरुङका अनुसार पाल्पा स्थित तिनाउ गाँउपालिकाको पुरानो सिद्धबाबामा शिवरात्रीका दिन मात्र करिव ४० हजार भक्तजनहरुले पुजा अर्चना गर्ने गर्दछन् । यसवर्ष बिहानै देखि भिड लागेकाले अघिल्लो वर्षको तुलनामा बढी भक्तहरु आउन सक्ने गुरुङले अनुमान गरे ।

उता बाँकेको नेपालगन्जमा रहेको जुङ्गे महादेवको दर्शन गर्न आउनेहरुले बागेश्वरी मन्दिर आसपासका क्षेत्रको ट्राफिक अस्तब्यस्त बनाईदिएको छ । संसरमै दुर्लभ भगवान शिवको नटराज स्वरुप जुङ्गे महादेवको मुर्ती नेपालगन्जमा मात्र रहेको बताईन्छ ।

महादेवको दर्शन गर्न र शिवरात्रि पर्वको मेला भर्न आज देशभरका विभिन्न भागलगायत छिमेकी राष्ट्र भारतका तीर्थयात्रीको शिवधामहरूमा मन्दिरमा घुइँचो लाग्दछ ।

आजका दिन भाङ, धतुरो राखेर प्रसाद खाने चलन पनि रहेको छ । यद्देपी भाङ, धतुरो र गाँजा शिवको प्रसादकारुपमा खानु भनेर कुनै धर्मग्रन्थमा नलेखिएको शिवभक्तहरुले बताउने गरेका छन् ।

प्रकाशित मिति : २७ फाल्गुन २०७७, बिहिबार  ८ : १० बजे

यार्सा सिजन सुरु भएसँगै अपी हिमालका विद्यालय १५ दिन बन्द

दार्चुला । दार्चुलाको अपी हिमाल गाउँपालिकामा यार्सागुम्बा सङ्कलनको सिजन सुरु

प्रगतिशील सङ्गीत उत्सवः नौ बुँदे घोषणापत्र जारी

काठमाडौं । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान काठमाडौँको आयोजनामा

अस्थायी बसोबासमा नयाँ सहारा : खरिपाटी ‘होल्डिङ सेन्टर’ मा सुकुमवासीहरूको दैनिकी

काठमाडौँ । भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्र अस्थायी

बाँकेको नरैनापुरमा छोटी भन्सार सञ्चालनमा आउँदै

नेपालगन्ज । द्वन्द्वकालमा बन्द रहेको बाँकेको नरैनापुरस्थित छोटी भन्सार कार्यालय

उचित व्यवस्थापनविना सुकुम्वासीलाई विस्थापन नगर्न अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले उचित व्यवस्थापनविना सुकुम्वासीलाई विस्थापन नगर्न अन्तरिम