२० मंसिर २०८२, शनिबार | December 6, 2025

स्तरीय खाजा नपाए उजुरी



काठमाडौं । सामुदायिक विद्यालयमा कक्षा ५ सम्म अध्ययन गरिरहेका आफ्ना बालबालिकाले दैनिक कस्तो खाजा पाइरहेका छन् भनेर कहिल्यै चासो लिनुभएको छ ? गुणस्तरीय खाजा पाइरहेका छैनन् वा खाजामा समस्या छ भन्ने लाग्छ भने विद्यालयमा भएको उजुरी पेटिकामा गुनासो खसाल्न नहिच्किचाउनु होला ।

आफै विद्यालयमा गई गुनासो खसाल्न सक्नुभएन भने त्यसका लागि आफ्ना बालबालिकालाई नै प्रेरित गर्नुहोस् । उजुरी दिँदा सम्बन्धित विद्यार्थी वा अभिभावकलाई नियतवश कारबाही गर्न नपाइने व्यवस्था छ ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले देशभरिका सबै विद्यालयले अनिवार्य रूपमा गुनासो पेटिका राख्न कानुनी व्यवस्था गरेको छ । कतिपय विद्यालयले यस्तो पेटिका राखेका छैनन् भने कतिपयमा यसको प्रयोग भइरहेको छ । केन्द्रका महानिर्देशक वैकुण्ठप्रसाद अर्यालले प्रत्येक विद्यालयलाई अनिवार्य रूपमा पेटिका राख्न र एक जना शिक्षकलाई सम्पर्क व्यक्ति तोक्ने व्यवस्था कार्यान्वयनका लागि हालै परिपत्रमार्फत निर्देशन दिइएको जानकारी दिँदै भने, “खाजा खान पाएनन् वा खाजामा समस्या देखियो भने त्यस्ता विषयलाई पनि गुनासाका रूपमा पेटिकामा खसाल्न अभिभावकलाई समेत अनुरोध गरिएको छ । विद्यालयमा कुनै पनि समस्या नहोस् भनेर गुनासो खसाल्ने र त्यसको तत्काल सम्बोधन गर्ने व्यवस्था गरिएको हो ।”

खाजाका बारेमा परेको उजुरीलाई प्रधानाध्यापक एक्लैले चाहेर पनि लुकाउन सक्दैनन् । विद्यालयमा गुनासो सुनुवाइ संयन्त्र नै गठन गर्नुपर्ने हुन्छ र त्यसका लागि केन्द्रले गुनासो सुनुवाइ कार्यविधि कार्यान्वयनमा ल्याएको छ । “खाजामा समस्या भयो भनेर परेको उजुरीलाई विद्यालयले सम्बोधन गर्न नसक्ने भएमा व्यवस्थापन समिति वा त्योभन्दा माथिल्लो निकायमा जान सकिने छ” उनले भने। यसै महिनादेखि सामुदायिक विद्यालयका प्रारम्भिक बाल विकासदेखि कक्षा ५ सम्म हरेक विद्यार्थीलाई दैनिक निःशुल्क खाजाको व्यवस्था गरिएको छ । खाजाका ६० वटा तालिका (मेनु) केन्द्रले सार्वजनिक गरेको छ । उक्त समाचार आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०७७, शुक्रबार  ६ : ३१ बजे

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल

जनकपुरबाट प्रचण्डले भने – “मधेशी जनताप्रतिको मेरो विश्वास अटल छ”

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मधेशी जनताप्रति

धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी ठोक्किए

धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेसी–६ चालिसेमा सात वटा सवारी

अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छ : सभामुख घिमिरे

सुरुङ्गा । सभामुख देवराज घिमिरेले निर्वाचनको विषयलाई लिएर दलहरूबीच अविश्वास

रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी

काठमा । नेपाल प्रिमियर लिग ९एनपिएल०को आजको खेलमा पोखरा एभेन्जर्सले