२९ मंसिर २०८२, सोमबार | December 15, 2025

राजनीतिक दल र नेताहरूको भूमिका अपेक्षित स्तरको भएन,जसपा त्यो मुसादौडमा छैन : डा.भट्टराई



काठमाडौं । प्रधानमन्त्री, जसपा शिर्ष नेताहरु र एकाले नेताहरुबीच भएको भेटवार्ता सकारात्मक दिशा तर्फ अगाडी बढेको दाबी गरिएकै बेला जसपा संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईले भने आफ्नो फरक धारणा र्सावजानिक गरेका छन् ।

सत्तासमिकरण सहित जसपाका ३ बुंदे मागमा प्रधानमन्त्री केपी ओली सकारात्मक बन्दै गएको भनाई बाहिर आएकै भोलिपल्ट परिषदका अध्यक्ष डा.भट्टराईले आफुहरु कुर्सीको दौडमा नरहेको भनाई सार्वजानिक गरेका हुन् । ।

जसपाका नेताहरु महन्त ठाकुर, राजेन्द्र महतो, अशोक राई र उपेन्द्र यादवको प्रधानमन्त्री केपी शर्मा ओली सहित एमालेका नेताहरु सुवास नेम्वाङ, विष्णु पौडेल, राजन भट्टराईका बीच बिहीबार साँझ बालुवाटारमा ३ घण्टा बढी छलफल भएको थियो ।

जसपा नेताहरुले आफ्नो पूर्ववत ३ बुंदे माग निलम्बित सांसद रेसम चोधरीको रिहाई, मधेस मुद्दामा बिभिन्न बहानामा लगाइृएका मुद्दाहरु फिर्ता तथा मधेसलाई विभेदहुने गरि संविधानका धाराहरु संशोधन हुनुपर्ने माग प्रधानमन्त्री समक्ष राखेका थिए । त्यस सम्बन्धमा प्रधानमन्त्रीले सकारात्मक संकेत दिएको प्रधानमन्त्रीको प्रेस सल्लाहकार सुर्यथापाले जनाएका छन् ।

प्रधानमन्त्री ओलीसंगको छलफलमा डा. भट्टराई सहित ४ शिर्ष नेताहरु सहभागी हुने भनेर पार्टीको पदाधिकारी बैठकले निर्णय गरेको भए पनि डा. भट्टराई अन्तिम समयमा बालुवाटार गएका थिएनन् ।

‘देश अत्यन्तै गम्भीर संकटमा फँसेका बेला राजनीतिक दल र नेताहरूको भूमिका अपेक्षित स्तरको भएन है ! अदालतको कृपाले अलिअलि लाज बचेका बेला पुनः उही म्युजिकल चेयरको खेलमा लाग्नुको सट्टा समस्याका संरचनात्मक कारण खोतल्ने, आफ्नो आत्मसमीक्षा गर्ने र अग्रगामी निकास दिने पो हो त,’बिहीबार राति डा. भट्टराई आफ्नो ट्यीटरमा पोष्ट गरेका छन्, ‘जसपा त्यो मुसादौडमा छैन है !’

प्रकाशित मिति : २८ फाल्गुन २०७७, शुक्रबार  ८ : १४ बजे

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै

काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले

एमाले ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु, आज उमेदवारी दर्ता हुँदै

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा नयाँ