१० भदौ २०८३, बुधबार | August 26, 2026

कम्युनिष्ट सर्वसत्तावाद विरुद्ध लड्ने बेला भयो : देउवा



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिष्ट पार्टी सर्वसत्तावाद विरुद्ध लड्नुपर्ने बेला भएको बताएका छन् ।

शनिबार नेपाली कांग्रेसको केन्द्रीय महिला विभागले आयोजना गरेको महिला भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले कम्युनिष्ट पार्टीले एकदलीय सर्वसत्तावाद लागु गर्न चाहेका कारण प्रजातन्त्रलाई स्थायी बनाउनका लागि कम्युनिष्ट पार्टीको खिलाफमा लड्नुपर्ने बेला आएको बताएका हुन् । कम्युनिष्टहरु प्रजातन्त्रको खिलाफमा रहेको भन्दै सभापति देउवाले नेपालमा कसैले हटाउन नसक्ने स्थायी प्रजातन्त्र स्थापना गर्नुपर्ने बताए ।

देउवाले भने, – ‘प्रजातन्त्र सबैभन्दा महत्वपूर्ण कुरा हो अहिले । अहिले ओली सरकारको कस्तो प्रजातान्त्रिक संस्कार नभएको पार्टी । कम्युनिष्ट एकदलीय सर्वसत्तावाद लागु गर्न चाहान्छ । झुठा नारा दिएर, जनतालाई बहकाएर आफु सत्तामा बसिरहने कुरा छ । कम्युनिष्टको खिलाफमा प्रजातन्त्रकै लागि लड्नुुपर्ने बेला भएको छ ।’

कार्यक्रममा सभापति देउवाले देशको राजनीति अत्यन्तै तरल अवस्थामा रहेको पनि बताए । नेपाली कांग्रेसले लोभ र हतार गर्नुनहुने भन्दै उहाँले परिस्थिति आइप-यो भने जिम्मेवारीबाट नभाग्ने पनि स्पष्ट पारे । उनले भने, – ‘नेपालको राजनीति अत्यन्तै तरल अवस्थामा छ । हाम्रो पार्टीले धेरै हतार गर्ने लोभ गर्ने काम पनि छैन । र परिस्थिति प¥यो भने जिम्मेवारीबाट भाग्ने काम पनि छैन ।’

सभापति देउवाले नेपाली कांग्रेस पार्टी भित्र महिलालाई ३३ प्रतिशत आरक्षणको व्यवस्था गरेको बताए । महिलाहरुलाई पार्टीमा आकर्षित नगराए पार्टीको जित नहुने उनको भनाइ छ । उनले महिला मतदातालाई नेपाली कांग्रेसमा आकर्षित गराउनुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : २९ फाल्गुन २०७७, शनिबार  ४ : ०८ बजे

दुई वर्षमा सक्नुपर्ने सडक १० वर्षमा पनि उस्तै

बागलुङ । कुनै सडक कालोपत्र गर्न कति वर्ष लाग्ला रु

उपभोक्ताको रोजाइमा कर्णालीको स्याउ

बाँके । भारतीय सीमावर्ती सहर नेपालगञ्जमा यतिबेला कर्णालीको स्याउले भारतीय

उत्तिसको गोलिया काठ बरामद

खोटाङ । डिभिजन वन कार्यालय खोटाङले अवैधानिक रुपमा निकासी गर्न

हेलो सरकारमा गुनासा : विद्यालय र अभिभावकले कपाल छोटो बनाउन दबाब दिए

चितवन । यहाँस्थित कृष्णपुरका विनोद ढकाललाई कक्षा ९ मा अध्ययनरत

टप एण्ड टी-२० सिरिज : नेपाल ‘ए’ र अष्ट्रेलियन क्यापिटल मैदानमा

काठमाडौं । अष्ट्रेलियामा जारी टप एण्ड टी-२० सिरिजमा नेपाल ‘ए’