२३ मंसिर २०८२, मंगलबार | December 9, 2025

कम्युनिष्ट सर्वसत्तावाद विरुद्ध लड्ने बेला भयो : देउवा



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिष्ट पार्टी सर्वसत्तावाद विरुद्ध लड्नुपर्ने बेला भएको बताएका छन् ।

शनिबार नेपाली कांग्रेसको केन्द्रीय महिला विभागले आयोजना गरेको महिला भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले कम्युनिष्ट पार्टीले एकदलीय सर्वसत्तावाद लागु गर्न चाहेका कारण प्रजातन्त्रलाई स्थायी बनाउनका लागि कम्युनिष्ट पार्टीको खिलाफमा लड्नुपर्ने बेला आएको बताएका हुन् । कम्युनिष्टहरु प्रजातन्त्रको खिलाफमा रहेको भन्दै सभापति देउवाले नेपालमा कसैले हटाउन नसक्ने स्थायी प्रजातन्त्र स्थापना गर्नुपर्ने बताए ।

देउवाले भने, – ‘प्रजातन्त्र सबैभन्दा महत्वपूर्ण कुरा हो अहिले । अहिले ओली सरकारको कस्तो प्रजातान्त्रिक संस्कार नभएको पार्टी । कम्युनिष्ट एकदलीय सर्वसत्तावाद लागु गर्न चाहान्छ । झुठा नारा दिएर, जनतालाई बहकाएर आफु सत्तामा बसिरहने कुरा छ । कम्युनिष्टको खिलाफमा प्रजातन्त्रकै लागि लड्नुुपर्ने बेला भएको छ ।’

कार्यक्रममा सभापति देउवाले देशको राजनीति अत्यन्तै तरल अवस्थामा रहेको पनि बताए । नेपाली कांग्रेसले लोभ र हतार गर्नुनहुने भन्दै उहाँले परिस्थिति आइप-यो भने जिम्मेवारीबाट नभाग्ने पनि स्पष्ट पारे । उनले भने, – ‘नेपालको राजनीति अत्यन्तै तरल अवस्थामा छ । हाम्रो पार्टीले धेरै हतार गर्ने लोभ गर्ने काम पनि छैन । र परिस्थिति प¥यो भने जिम्मेवारीबाट भाग्ने काम पनि छैन ।’

सभापति देउवाले नेपाली कांग्रेस पार्टी भित्र महिलालाई ३३ प्रतिशत आरक्षणको व्यवस्था गरेको बताए । महिलाहरुलाई पार्टीमा आकर्षित नगराए पार्टीको जित नहुने उनको भनाइ छ । उनले महिला मतदातालाई नेपाली कांग्रेसमा आकर्षित गराउनुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : २९ फाल्गुन २०७७, शनिबार  ४ : ०८ बजे

दार्चुला जिल्लाको उत्तरी क्षेत्र कालापानी आसपास केन्द्रविन्दु भएर भूकम्प

काठमाडौँ । दार्चुला जिल्लाको उत्तरी क्षेत्र कालापानी र चीनको नाका

नबिल बैंक र त्रिभुवन विश्वविद्यालयबीच ‘नबिल एसएसई’ कार्यक्रम नवीकरण सम्झौता

काठमाडौँ । नबिल बैंक लिमिटेड र त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायबीच

पार्टीभित्रको आन्तरिक विवाद समाधान गर्न नसक्ने नेतृत्वले मुलुकको नेतृत्व गर्न नहुने : उपाध्यक्ष शाक्य

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले

नेपालगन्जको एउटै अस्पतालमा १७४ नयाँ कुष्ठरोगी फेलापरे

नेपालगन्ज । नेपालगन्जको एउटै अस्पतालमा उपचारका लागि आएका मध्य १७४

‘जेनजी सहिद’ का सपना पूरा गर्नु नै सरकारको प्रमुख दायित्व होः मन्त्री अर्याल

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले ‘जेनजी सहिद’ योद्धाका अधुरा सपना