२२ बैशाख २०८१, शनिबार | May 4, 2024

प्रधानमन्त्री ओली र नेपालबीच भेटवार्ता हुँदै



काठमाडौं । आपसी तिक्तता बढिरहेका बेला नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता हुने भएको छ ।

एमाले मुख्यालय धुम्बाराहीमा भेटवार्ता तय भएको स्रोतले बताएको छ । प्रधानमन्त्री ओलीले भेटका लागि बालुवाटारमै बोलाए पनि नेपाल त्यहाँ जान नमानेपछि पार्टी कार्यालय धुम्बाराहीमा भेट हुन लागेको हो ।

ओली र नेपालबीच करिब चार महिनापछि भेट हुन लागेको हो । नेकपामा मतान्तर बढेपछि नेपालले ओलीसँग अलग्गै भेट गर्नुभएको थिएन ।

सर्वोच्च अदालतको फैसलापछि ब्यूतिएको नेकपा एमालेमा आन्तरिक रडाको मच्चिएका बेला हुन लागेको भेटवार्तालाई महत्वका साथ हेरिएको छ ।

नेपाल पक्षले पार्टीलाई एकढिक्का बनाएर लैजाने हो भने ओली समूहले पछिल्लो समयमा गरेका निर्णयहरु खारेज हुुनपर्ने माग गरिरहेको छ । पार्टीलाई एकीकरणपूर्वको अवस्थामा फर्काउने हो भने नयाँ ढंगबाट छलफल हुन सक्ने यो समूहको निष्कर्ष छ ।

यसअघि प्रधानमन्त्री ओलीले हिजो राष्ट्रपति विद्या भण्डारीसँग भेटवार्ता गरेका थिए भने वरिष्ठ नेता नेपाल र झलनाथ खनालले माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग भेटघाट गरेका थिए ।

प्रकाशित मिति : २ चैत्र २०७७, सोमबार  ११ : १८ बजे

लुम्बिनी प्रदेशका सभामुखसहितको टोली चीन भ्रमणमा

दाङ । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीसहितको टोली एकसाताका लागि

पत्रकार सुरक्षित नभई समाचारमा निष्पक्षता कायम हुनसक्दैनः कानुनमन्त्री गिरी

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले पत्रकार

धुञ्चे गोसाइँकुण्ड केबुलकार निर्माण गर्नुपर्छ : केपी ओली

रसुवा । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा

बागमती प्रदेशमा नेवारी र तामाङ भाषालाई सरकारी कामकाजमा प्रयोग गरिने

हेटौडा । बागमती प्रदेश संस्कृति, पर्यटन तथा सहकारीमन्त्री शैलेन्द्रमान बज्राचार्यले

तिक्तता र गुटबन्दीलाई लिएर सधैं हिडिराख्नु राम्रो होइन : डा. शेखर कोइराला

कोहलपुरं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले राष्ट्र नै