३ आश्विन २०८३, शनिबार | September 19, 2026

यात्रु तानातान गर्ने छ जना बिचौलिया पक्राउ



चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले यात्रु तानातान गर्ने छ जना बिचौलियालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा लमजुङ बेँसीशहर-८ का २२ वर्षीय अमृत परियार, चितवन भरतपुर महानगरपालिका-१० का ४० वर्षीय वसन्त रानामगर, भरतपुर-१२ का ४२ वर्षीय सुजन थापामगर, भरतपुर-११ का ३२ वर्षीय दिलीप अधिकारी, भरतपुर-४ का २५ वर्षीय रोशन खत्री र कास्की पोखरा महानगरपालिका-२६ का २५ वर्षीय निशान तामाङ रहेका छन् ।

उनीहरुलाई नारायणगढको पुल्चोकबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुले यात्रु तानातान गर्ने, जथाभावी भाडा माग्ने, यात्रु तथा सवारी साधनलाई हैरानी पार्ने, अनावश्यक सवारी साधन रोक्न लगाई आवागमनमा बाधा पार्ने गरेकाले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्य थापाले जानकारी दिए । उनीहरुले आफ्नो कार्यक्षेत्रमा खटिएका प्रहरीलाई समेत अवरोध पुर्‍याउने गरेको उनले बताए । रासस

प्रकाशित मिति : ३ चैत्र २०७७, मंगलबार  ७ : ५३ बजे

संविधानको प्रभावकारी कार्यान्वयनबाट लोकतान्त्रिक गणतन्त्र बलियो हुन्छ : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संविधानको प्रभावकारी कार्यान्वयनबाट

विवेकपूर्ण ढङ्गले राष्ट्रिय सहमतिमा संविधान संशोधन गर्नु उपयुक्त हुन्छ : पूर्वप्रधानमन्त्री डा भट्टराई

काठमाडौँ । लामो सङ्घर्षपछि जननिर्वाचित संविधानसभाबाट संविधान जारी भएको आज

आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ : अध्यक्ष दाहाल

काठमाडौं । नेपाली जनताको लामो सङ्घर्ष र बलिदानको परिणामस्वरुप २०७२

सहिदको रगतले लेखेको संविधान, हामी कामले पूरा गर्छौं : प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहले प्रतिस्पर्धात्मक बहुदलीय लोकतन्त्र, मानव अधिकार र

मोदीखोलाको बाढीले भत्काएको बिरेठाँटी सडक सञ्चालन, घान्द्रुक जाने बाटो खुल्यो

कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिका-८ बिरेठाँटीमा मोदी खोलाले भत्काएको सडक